यो भिडियो हेरेर कसको मन नरोला र?-छाडी हिँड्यौ

इनेप्लिज २०७३ साउन २३ गते १३:१९ मा प्रकाशित

गास,बास, कपास अनि सुन्दर भविस्यको खोजीमा आफ्नो जन्मभूमि छाडी ,संसारको बिभिन्न कुनामा प्रवासी जिवन विताउन विवस हामी सम्पूर्ण नेपाली जातीको गीत हो ‘छाडी हिड्यौ मोडी पाइला…… ‘ मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्छ होला र? तैपनि हामी नेपालीहरु राजनितिक अस्थिरता, गरिबी जस्ता -बिभिन्न कारणहरूले गर्दा आफ्नो परिवारबाट छुटिनु परेको तितो यथार्थलाई आफ्नो गीत मार्फत गीतकार राकेश काफ्लेले दर्शाउन खोजेका छन्  संसारको जुनै कुनामा रहेपनि हाम्रो कला संस्कृति भाषा जोगाउॅदै आफ्नो जन्मभूमिलाई संसार माझ चिनाउदै जाऊँ यसैमा छ हामी नेपाली जातिको जीत अनि हित भन्ने भाव वोकेको उक्त गीतमा संगीत ढकाल वर्दसको र स्वर उदियमान गायक/गायिका सिडी विजय अधिकारी र मनिशा राईको रहेको छ भने उक्त गीतलाई ‘तुलसी मञ्जरी’ एल्वममा समावेस गरी सिडिएम् म्यूजिकले वजारमा ल्याएको छ।

अमेरिकाको कोलम्वस शहरमा गरगहनाको व्यवसाय गर्दै आएका फराकिलो मन भएका समाजसेवी व्यक्तित्व पाथीभरा ज्वेलर्सकास सञ्चालक उत्तम रसाइलीको आर्थिक सहयोगमा वनेको भिडियोमा आफ्ना सन्तानहरुले घर छोडेर विदेश लाग्दा अभिभावकलाई कस्तो असर पर्छ भन्ने भाव दर्शाउॅदै निर्दशेक रमेश वावा नेपालले कलाकार मिथिला शर्मा,रवि गिरी,वावु भण्डारी र विधा काफ्लेलाई भिडियोमा समावेस गरी गीतको मर्म र भाव अनुसारको म्यूजिक भिडियो निर्माण गरेका छन् भने सोही भिडियोमा कुशल छायाॅकार धिरज जंग शाह र अव्वल सम्पादक निशान घिमिरेले रमेशलाई साथ दिएका छन्।

प्रतिक्रिया