पशुपतिनाथको मूलद्वार कलात्मक बनाइने

इनेप्लिज २०७३ साउन २२ गते ७:०३ मा प्रकाशित

pasupatinath1-e1422843820115काठमाडौँ, २२ साउन । पशुपतिनाथ दक्षिण मूलद्वार कलात्मक रुपमा निर्माण हुने भएको छ ।

कलात्मक द्वार निर्माणका लागि पशुपति विकास कोषलाई नेपाल एसबिआई बैंकले रु एक करोड ७५ लाख दिने सम्झौता शुक्रबार भयो ।

द्वारसँग टिकट घर, सुरक्षाकर्मी घर, फूलप्रसाद बिक्री केन्द्र, एटिएम र शौचालय पनि निर्माण हुने सम्झौता भएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो ।

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया