मधेसी मोर्चाका नेता एवं सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले दशगजामा भारतले बाँध बनाउनु स्वभाविक कदम भन्दै त्यसले भएको डुबानलाई राष्ट्रियतासँग जोड्न नहुने बताएका छन् ।
उनले बाँध भत्काउनु गलत भएको भन्दै घुमाउरो भाषामा त्यसको विरोध गरे ।
हिमालय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- ‘भारतले तटबन्ध बनायो होला, सडक बनायो होला । सडक बनाएपछि पानी त जम्मा भइहाल्छ । डुब्यो ठीक छ नि, पानी पर्न छोडेपछि पानी निकास भइहाल्छ, बन्द भइहाल्छ । भारतको जनताले नेपालको जनतालाई कुट्यो भनेर विज्ञप्ति निकाल्न मिल्छ ? दुई देशको जनता लडाईं गरेको विषयमा विज्ञप्ति निकाल्नुपर्छ भन्ने तपाईंहरुको मानसिकता नै गलत छ ।’
हेर्नुस् भिडियोः
प्रतिक्रिया