मेरो देश मेरो दायीत्व बिषयक भेलामा उपस्थितिका निम्ति अनुरोध

इनेप्लिज २०७३ साउन १८ गते १३:०४ मा प्रकाशित
आदरणीय देशप्रेमी मानुभाव तथा मित्रहरु,
देशबाहिर बसेका नेपालीहरुले स्थापना गरेरपनि नेपाल भित्र र बाहिर रहेका नेपालीको सेवामा कार्यरत प्राईड नेपाल संस्थालाई चिनाउन पाउँदा गौरव महशुस भएको छ । यससंस्थाले कुनैपनि जात, धर्म, राजनीतिक गुट भन्दा माथि उठेर सम्पुर्ण नेपालीको हितमा विभिन्न कार्य गरिरहेको अवगत गराउँदछु ।
समृद्ध नेपाल बनाउने हाम्रो जीवन भरको सपना पुरा हुने संभावना झन्झन् कमजोर हुँदैछ । नेपालमा लोकतन्त्र र विकासकालागि जनताले जति संघर्ष गरेतापनि जनताकैप्रतिनिधिहरुले त्यो सपनालाई लत्याई रहेको यथार्थ हो ।
तसर्थ, अब हामी आफैँ जागरुक भएर राज्यलाई सहि दिशामा ल्याउने पद्धतिको विकास गर्न जरुरी भै सकेको छ । अन्यथा देशको दुराबस्था अझ बढ्ने निश्चित छ । हामी देशभित्र र बाहिर बसेका नागरिकहरु जतिदिन मौन रहन्छौँ, देशमा उपद्रो गर्नेलाई अझ सहज भईरहने छ । तर हामीले सत्य र विकासका पक्षमा आवाज मात्रै बुलन्द गर्ने हो भनेपनिनेपाल विकासकालागि महत्वपुर्ण योगदान हुनेछ । अतः शुसासनयुक्त नेपालको निर्माण गर्न हामी आफैले कम्मर कस्न जरुरी भईसकेको छ ।
समृद्ध र भ्रष्टाचाररहित नेपाल निर्माणकालागि विश्वव्यापी अभियान अन्तर्गत भर्जिनियामा बसेका नेपालीहरुले मेरो देश मेरो दायीत्व बिषयक भेलाको आयोजना गर्ने भएकाछन् ।
नेपालको विग्रदो राजनीति र शुसासनलाई सुधार्न देश बाहिर र भित्र रहेका नागरिकहरुले उक्त अभियान संचालन गर्ने भएका छन्् । कुनै राजनीतिक दल, धर्म र सम्प्रदायनभएर विशुद्ध नेपालको समृद्धिको भावना भएकाहरु भेला भएर सो कार्यक्रम आयोजना गर्दैछन् । राजनीति, न्याय, कर्मचारीतन्त्र र समाजमा व्याप्त भ्रष्टाचारलाई न्युन गर्दैनेपाललाई सभ्य, विकसित र शुसासनयुक्त बनाउनकालागि देश भित्र र बाहिर रहेका लाखौँ नेपालीलाई उक्त अभियानमा सहभागी गराउने सो कार्यक्रमको लक्ष्य रहेको छ ।जसकालागि नेपाल भित्र र बाहिरका हजारौ नेपालीहरु यस अभियानमा सहभागी हुने छन् ।
उक्त कार्यक्रममा विश्व मानववादी युवा अभियान्ता उत्तम निरौलाले प्रस्तुती राख्नुहुने छ । निरौला नेपालका प्रभावशाली सामाजिक अभियान्ताका साथै मानववादीहरुको विश्वमहासंघका निर्वाचित पदाधिकारीपनि हुनुहुन्छ । वहाँले नेपाल लगायत विश्वभर कुरीति र कुसँस्कारका विरुद्ध कार्य गरिरहनु भएको छ ।
उक्त कार्यक्रमका अतिथिहरुले अभियानको आवश्यकता र रणनीतिका बारेमा प्रष्ट पार्नु हुनेछ ।
तपाईको साथ र सहयोगबिना उक्त अभियानलाई सफल बनाउन असंभव छ ।  तसर्थ, उक्त कार्यक्रममा उपस्थित भएर आफ्ना महत्वपुर्ण सुझाव सल्लाह राखेर अभियानलाईमजबुत बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । यहाँको सल्लाहसुझाव नै अभियानको प्राण हो ।
 
धन्यवाद,
कृष्ण श्रेष्ठ
कार्यक्रम संयोजक
प्राईड नेपाल यू एस, भर्जिनिया
कार्यक्रमः मेरो देश, मेरो दायीत्व बिषयक भेला
मितिः ७ August, २०१६
समयः दिनको २ बजेदेखि ५ बजेसम्म
स्थानः MBC Community Hall, 8925 Leesburg Pike, Vienna, VA, 22182
प्रवेश शुल्कः निः शुल्क
सम्पर्कः ७०३ ९६३ ५८८७, ५७१३२०९२१३,७०३ ९४५ ५८५६
ईमेलः [email protected]
My Country My Responsibility (मेरो देश मेरो दायीत्व बिषयक भेला)

प्रतिक्रिया