दाजुभाई तथा दिदि बहिनीहरु ,
नायक भूवन केसीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’ आगामी जुलाई ३१ तारिख लोम्यान्स चलचित्र मन्दिर भर्जिनियाको आर्लिंगटनमा प्रदर्शन हुने भएको छ l
चलचित्रमा सदाबहार नायक भूवन केसीका छोरा अनमोल केसी मुख्य भूमिकामा देखिएका छन् । अनमोलसँगै चलचित्रमा दर्शना केसी, अमित श्रेष्ठ, न्यान्सी थापाको अभिनय रहेको छ ।
अनमोलको यसअघि चलचित्र ‘जेरी’ निक्कै लोकप्रिय भएको थियो । उनी चलचित्र ‘ड्रिम्स’ मार्फत जुलाई ३१ मा दर्शक माँझ आउने र नायक अनमोल केसी पनि दर्शक माझ उपस्थित हुने भएका छन् lचलचित्र को मुल्य १५ डलर राखिएको छ भने चलचित्र २ बजे सुरु हुने छ l
प्रतिक्रिया