“बिपुल क्षेत्री – लाईभ कन्सर्ट” जुलाई १७ तारिख बाल्टिमोर, मेरिल्याण्डमा

इनेप्लिज २०७३ साउन २ गते १५:३९ मा प्रकाशित
DMV Events को आयोजनामा, भब्य हल, भब्य साउण्ड सिस्टम अनि नेपाली सांगीतिक क्षेत्रका अहिलेका ज्यादै नै चर्चित कलाकार “बिपुल क्षेत्री” को भब्य कार्यक्रम तपाई हाम्रै बाल्टिमोरको आँगनमा यहि आईतवारका दिन, बेजोड संयोग!!
https://m.facebook.com/story.php…

कार्यक्रम यहि आउँदो July 17, 2016 आईतबार साँझ 7:00PM मा, 1021 Dulaney Valley Rd, Towson, Maryland 21286 स्थित GOUCHER College को भब्य Kraushaar Auditorium हलमा हुने भएको छ।
नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका प्रतिभाशाली युवा गायक बिपुल क्षेत्रीको गित/ संगीत अहिले नेपाली गित संगीतको बजारमा ज्यादै चर्चित छन्। उनले गाएका डढेलो, सिन्डिकेट, असार, जुनकीरी, राम-साईली जस्ता गितहरु अहिले युवाहरु बिच ज्यादै नै चर्चामा छन। प्राय: ज्यादै सरल शब्दहरुमा नेपालीपनका समसामयिक घटना, परिवेशलाई सरल संगित र ज्यादै सरल प्रकारको आफ्नै भिन्न शैलीमा प्रस्तुत गर्ने उनको कला नै अहिले जिवन्त रहेका उनका गीतहरुको विशेषताहरु हुन।
नेपाली सांगीतिक फाँटमा उदाउँदै रहेका यी प्रतिभाशाली कलाकार र उनको समुहको उत्कृष्ट सृजनाहरुलाई तपाईं हामी परदेशमा रहेका श्रोताहरुले साथ दिनै पर्छ। एउटा राम्रो कलाकार र उनका कृतिहरुलाई सुनेर/ हेरेर साथ दिनु नै नेपाली गितसंगित क्षेत्र र यिनका सर्जकहरु प्रतिको माया र सम्मान हुनेछ।
तपाईं हाम्रो यो समय फेरि आउँदैन त्यसैले आउनुहोस् हाम्रै मेरिल्याण्डका स्थानीय युवाहरूको सक्रियतामा प्रदर्सन हुन गैइरहेको यो भब्य कार्यक्रमलाई अबिस्वास्निय बनाऔं। आउनुहोस् सबै जाऔं।

आज नै आफ्नो र परिवारको टिकट किनौं र नेपाली गीत-संगित र कलाकारलाई माया गरौं।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।

https://www.facebook.com/events/199029153827089/?ti=cl

..कार्यक्रमहरु बारे थप बिस्तृत जानकारीहरु प्रस्तुत गर्दै जाने नै छौं।
© मेरिल्याण्डका हामी नेपाली, 2016

प्रतिक्रिया