भीषण वर्षाले क्षति

इनेप्लिज २०७३ असार ३१ गते १२:४३ मा प्रकाशित

2016051360दुनै (डोल्पा), ३१ असार । बिहीबार राति परेको भीषण वर्षाले डोल्पाका विभिन्न स्थानमा भौतिक क्षति पुयाएको छ ।

वर्षाले त्रिपुराकोट गाविसमा पर्ने १०० मिटरभन्दा धेरै सिँचाइ कुलो पुरिएको स्थानीयवासी लवचन्द्र रोकायले बताउनुभयो ।

त्रिपुराकोटका दर्जनौं घरमा बाढी पसेर क्षति पुयाएको र घरका आलु र खुर्सानी लगाइएका खेतसमेत पुरिएको उहाँले बताउनुभयो ।

‘‘वर्षाको समय सुरु भएपछि कतिखेर बस्ती नै बाढीले बगाउने भन्ने त्रास हुन्छ’’ स्थानीयवासी पार्वती न्यौपानेले भन्नुभयो ।

त्रिपुराकोट बस्ती भिरालो पाखोमा टाँसिएकाले दुई घन्टाभन्दा बढी समय भीषण वर्षा भएपछि ६० भन्दा धेरै घर पहिरोको जोखिममा भएकाले समयमै तटबन्धनका लागि स्थानीयवासीले सम्बन्धित निकायमा माग गरेका छन् ।

वर्षात्ले डोल्पाका पहाडा, जुफाल, रह, काइगाउँलगायतका दर्जनांै गाविसका अन्नबाली लगाइएका खेतसमेत चिराचिरा पारेर क्षति पुयाएको छ भने अधिकांश सिँचाइ कुलो तथा खानेपानी मुहान अवरुद्ध भएको बताइएको छ ।

वर्षातले विभिन्न ठाउँमा पहिरो खसेर बाटाघाटा समेत अवरुद्ध भएको बताइएको छ ।

प्रतिक्रिया