घुससहित अधिकृत पक्राउ

इनेप्लिज २०७३ असार ३१ गते ११:३४ मा प्रकाशित

काठमाडौँ, ३१ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।

आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको अनुसन्धान कार्य जारी रहेको आयोगले जनाएको छ

प्रतिक्रिया