भने जस्तो केटो भेटेकी छैन, पाए बिहे गर्छु : सालु

इनेप्लिज २०७३ असार ३१ गते ५:३७ मा प्रकाशित

Shalu-Gautam-1-450x600

सालु गौतम, मोडल तथा गायिका बेली डान्समा निपुण मानिने सालु गौतम आफैमा गायिका पनि हुन् । स्टेज प्रोग्रामहरूमा बेली डान्सले दर्शकलाई लठ्ठै बनाउने सालुले तीजको अवसर पारेर गीत पनि ल्याएकी छिन् । सालुले शिवजीसँग राम्रो केटोको अपेक्षासहित गीत ल्याएको हुनुपर्छ । ललितपुरमा आफ्नै व्यवसाय गर्दै आएकी सालु कलाक्षेत्रमा सक्रिय भएर लागेको थुप्रै भइसकेको छ । उनीसँग कलाक्षेत्रका विषयमा   विमल योगीले गर्नुभएको कुराकानी : ०

तपाईले नयाँ गीत ल्याउन भएको छ रे हो ?

– हो ल्याएको छु । तीजको गीत ल्याएकी हुँ । ‘बेइमान शिवजी’ भनेर तीजको गीत निकालेको छु ।

० शिवजी कसरी बेइमान भए नि ?

– उमेर पुगेको केटी मान्छेको पुकार के हुन्छ ? इच्छा के छ ? चाहना के छ बुझ्नु पर्दैन ? राम्रो श्रीमान पाइयोस् । मनमा आँट भएको हिम्मत भएको केटा चाहियो भनेर पुकार गर्न तीजको गीत ल्याएको हुँ ।

० शिवजीसँग किन घुर्की लगाएको नि ?

– अघिल्लो वर्ष मागेको इच्छा पूरा भएन । मागेको कुरा पाइन । अहिले चाहिँ शिवजीसँग गीतमार्फत घर्की लगाएकी हुँ ।

० तपाईको यो गीतमा कोमल ओलीको गीतको प्रभाव परेको हो ?

– कोमल ओलीको गीतसँग प्रभावित भएर तीजको गीत निकालेको होइन । कोमल ओली दिदीसँग सिक्ने धेरै कुरा छ । उहाँ धेरै सिनियर आर्टिस हो । सिक्न चाहिँ खोज्नु राम्रो तर कपी गरेको चाहिँ होइन ।

० तपाई विवाहित कि अविवाहित ?

– म एक्दैम सिंगल छु ।

० विवाह कहिले गर्ने ?

– विवाह गर्नका लागि भने जस्तो केटा पाएको छैन । त्यही भएर चुप लागेर बसेको छु ।

० विवाहको अफर आउँछ कि आउँदैन ?

– किन नआउने ? विवाहको प्रस्ताव टन्नै आउँछ । अहिलेसम्म अनगिन्ती अफर आएका छन् । तर मन पर्ने प्रस्ताव कुनै पनि छैन ।

० फेसबुक म्यासेन्जरमा कत्तिको सेक्सी कुरा गर्नु हुन्छ ?

– भल्गर कुरा गरेको छैन । म च्याट गरेर बस्दिन । त्यही भएर होला भल्गर कुरा हुँदैन । मेरा साथीहरूले पनि अहिलेसम्म त्यस्तो नचाहिने कुरा म्यासेज गर्नु भएको छैन ।

० फेसबुक र ट्वीटरमा तपाईका फलोअर्स कति छन् ?

– फेसबुक र ट्वीटर सबै चलाउँछु । फलोअर हुनुहुन्छ । खासै धेरै त हुनुहुन्न । फलो गर्ने क्रम जारी ।

० फेसबुक र ट्वीटरमा तपाईका फोटो उत्तेजक हुन्छन् हो ?

– फेसबुक र ट्वीटरमा फोटो राखेको स्वइच्छाले हो । त्यति धेरै पनि उत्तेजक छैनन् । फोटो राख्न मन पर्छ त्यही भएर हाल्छु । पिक्चर राख्नु छुट्टै कुरा हो । प्रोफेश्नल काम गर्नु छुट्टै तरिका हो ।

० तपाईको तस्बिरमा आउने कमेन्ट हेर्नु भएको छ ?

– हेर्ने गरेको छु । हेर्छु । राम्रो आएकोलाई राम्रो तरिकाले लिन्छु । नराम्रो आएकोलाई पनि राम्रो तरिकाले हेर्नुपर्छ ।

० तस्बिर खिच्ने तरिका अलग किसिमको छ है ?

– मेरो मात्रै होइन फोटो खिच्ने तरिका सबैको उस्तै हो ।

० फोटो खिच्दा गोप्य अंग किन देखाउनु हुन्छ ?

– तपाईलाई त्यस्तो लाग्यो होला । मैले तस्बिर आफ्नो स्वइच्छाले लिने गरेको छु । यसलाई अन्यथा लिनुपर्ने जस्तो लाग्दैन ।

० तपाईले त गीत पनि लेख्नु हुन्छ है ?

– हो लेख्छु । मेरो तीजको गीत आफैले लेखेको हुँ ।

० नेपाली फिल्म खेल्ने इच्छा छ कि छैन ? प्रस्तावहरू कत्तिको आउँछ ?

– नेपाली फिल्म चाहिँ नखेल्ने भनेर बसेको छु । प्रस्तावहरू आउँछ । जस्तो प्रस्ताव आए पनि मूभि नखेल्ने । म नायिका हुनुभन्दा गायिका हुनुमै राम्रो ठान्छु ।

० स्टेज कार्यक्रमका लागि कत्तिको निम्तो आउँछ ?

– प्रसस्त निम्तो आउँछ । स्टेज प्रोग्राममा गइरहेको छु । बोलाउनु हुन्छ । तीजको लागि पनि धेरै ठाउँबाट बोलाउनु भएको छ । केही स्थानका लागि प्याक भइसकेको छु ।

० तपाईलाई मन पर्ने कलाकारहरू छन् ?

– मिथिला शर्मा मन पर्छ । अञ्जु पन्त मन पर्छ । गायक मन पर्नेमा नोटिस गरेको छैन ।

० मायाका कुरा गर्न फोन त आउँछ होला नि ?

– फोन आउँछन् । कामको फोनमा राम्रोसँग कुरा गर्छु । कसैले अनावश्यक कुरा गर्न खोज्यो भने फोन काटिदिन्छु ।

shalus

प्रतिक्रिया