अमेरिका पतिले पत्नीलाई यस्ता बहाना बनाई बिश्वासघात किन गर्छन ?

इनेप्लिज २०७३ असार २३ गते २:१० मा प्रकाशित

bijay

ब्रम्हाण्ड बिश्वासमा अडिएको छ l अब कस्लाई विश्वास गर्ने या नर्गने भन्ने बिषयले मानव जातिलाई पिरोल्न थालेको छ l लोग्नेले स्वास्नीलाई विश्वास नगर्ने र स्वास्नीले लोग्नेलाई विश्वास नगर्ने सामान्य बन्दै छ l पितामाता र छोराछोरीमा पनि त्यस्तै अवस्था झाँगिदै छ l

कलियुगमा अविश्वासको बढ्दै गइ रहेको छ l संगै जिउने र संगै मर्ने किरिया खाएका लोग्ने स्वास्नीमा खटपट भै सम्बन्ध बिच्छेदको दर भयावह बन्दै छ l अमेरिकामा महिलाको दाजोमा पुरुष ज्यादा धोखेबाज हुन्छन भनि तथ्यांकले देखाउदछ l मानिस अत्यधिक आधुनिकीकरण भएर होला अहिले लोग्ने स्वास्नी बीच विश्वास भन्ने कुरा निकै पातलिदै गइ रहेको महसुस हुन् थालेको छ l

किन पुरुषहरु आखिर बेईमानी हुन्छ त ? बिश्वास गर्नुस या नगर्नुस ? मूल चुरो शारीरिक सम्पर्कको मुद्धा मात्र हुदैन l एक अध्ययन अनुसार आधा भन्दा ज्यादा पुरुषले आफ्नी धर्मपत्नी बाट तिरस्कार भएको लागे पछि धोका दिने गरेको खुलासा गरेका छन् l केवल ७ प्रतिसतले मात्र वासनाको कारण भएको बताए l

पहिलो कारण ,पत्नीले आफ्नो पतिलाई पहिलाको जस्तो आकर्षित छैन भन्ने सोच्ने गरे पछि धोका दिने वातावरण बन्ने गरेको बताए l उमेर बढ्दै जादा मानिस तरुनो अवस्थाको नहुने हुदा र चलचित्रका कलाकार संग तुलना गर्ने कारण पनि यस्तो छलकपट गर्ने देखिएको अन्तर्वातामा जवाफ दिएका छन् l

दोश्रो कारण ,पत्नीले आफ्नो पतिको कुनै महिलासंग चक्कर छ भन्ने थाहा पाए पछि पत्नी दुखि हुने निश्चित हुदाहुदै पत्नीले माफ गरि दिदा उचित सम्झने पतिको सोचाईको कारण सम्बन्ध बिच्छेदमा पुग्ने देखिएको छ l पत्नीले माफ नदिदा झन् धोखा दिने बढ्ने देखाएको छ l

तेश्रो ,पुरुषको अहमता माथि आघात हुने पनि हुन्छ l कहिलेकाही पति लामो समय सम्म बेरोजगार भै दिन भर केवल समाचार र चलचित्र मात्र हेरेर बस्दा बस्दा आफुलाई ग्लानी महसुस गर्छन l आफ्नी पत्नी बिहान उठेर काममा जाने तर आफु एक्लो घरमा बस्दा मनमा एक प्रकारको अहम पैदा हुने भनि पुरुषले बताए l दिन भर खाली दिमाग सैतानका घर भन्ने हिन्दि उखान झैँ कि दिनभर रक्सि पिएर बस्नु पर्यो कि काममा भएको पत्नीलाई धोका दिएर महिलासंग चक्कर लगाउने परिस्थिति पनि आई लागेको पतिले बताए l

चौथो ,पुरुषहरु ज्यादा स्त्री प्रति आकर्षित हुने स्वभावको कारण घरकि पत्नीलाई छोड्दै अर्को संग मित्रता गास्दै जाने हुँदा पत्नीलाई छोड्ने गरेको अनुसन्धान र अन्तर्वार्ताबाट निस्कर्ष निकालेको छ l यस्ता कुरामा महिलाले आफ्नो लोग्ने गल्ति गरेको भएता पनि आम माफी दिएर लामो जीवन यापन गर्ने दम्पत्तिमा पतिले पत्नी को तारिफ पनि गरेको अन्तर्वार्तामा बताएका छन् l

पाचौ , जब पतिले आफु पत्नीका लागि त्यति महत्वपूर्ण छैन जस्तो लाग्न थाले पछि कुरा बिग्रिएको देखाएको छ l जतिनै महत्वपूर्ण भए पनि निरन्तर कामको तिब्र चापको कारण पत्नीलाई भुल्ने सरल उपाय हुन्छ भन्ने पुरुषहरुले अनुसन्धानमा जानकारी दिए l अनि बिस्तारै लोग्नेले स्वास्नीलाई विश्वासघात गर्ने गरेको बताए l

छैठौ ,जब पुरुष अन्य महिला संग सम्बन्ध स्थापित हुन्छ त्यस समयमा झर्कने र त्यस बिषयमा ज्यादा कुरा गर्न चाहदैनन भनि अन्तर्वार्तामा उल्लेख गरेको छ l जब बिबाहित पुरुषको चक्कर अन्य कोहि संग छ भने आफै चिढचिढापन भै ज्यादै आक्रामक पनि हुने स्वभाव देखाउने गरेको अनुसन्धानले देखाएको छ l अनि धोखा दिने क्रम बढ्ने भएको अन्तर्वार्तामा उल्लेख गरेका छन् l

सातौ ,कति पुरुषहरु पत्नी संग आभार नभएको सम्झन्छन l यद्धपि शारीरिक सम्बन्ध जति नै बलियो र प्रसंशा योग्य भएता पनि अन्य महिलाले गरेको ब्यबहार अति नै राम्रो लाग्ने भएको अन्तर्वार्तामा पतिले भनेका छन l यस्तो ब्यबहार आफ्नो पत्नी बाट आशा गर्न नसके पछि त्यस्तो परिकल्पनामा डुब्ने हुनाले बिस्तारै पत्नीलाई धोका दिने गरेको बताएका छन् l

आठौ ,पति माथि लगातार धोखाको आरोप लगाए पछि त्यहि बिषयमा विवादको कारण बनि अझ धोका दिने क्रम बढ्दो हुन् गएको अन्तर्वार्तामा पुरुषले बताए l

नवौ ,आफ्नी पत्नीले केवल बदला लिनको लागि आफ्नी पत्नीलाई धोखा दिने गरेको अध्ययनले देखाएको छ l महिला र पुरुष दुवै अन्य संग सम्बन्ध भएको अवस्थामा पुरुषले निरन्तर छल कपट गर्ने र धोखा दिने गरेको पाईएको छ l

दसौ , पुरुषहरुले घरमा सदैब झगडा गर्ने प्रवृति भएमा दिक्क भएर सदैब त्यस्तो बातावरण बाट मुक्ति चाहने भएकोले बिश्वासघात गर्ने गरेको सवालको जवाफ दिएका छन् l

प्रतिक्रिया