नेजाद्धारा सामाजिक बिकासमा संचार क्षेत्रको भूमिका र पेशागत चूनौति विषयक मिडिया फोरम

इनेप्लिज २०७३ असार २१ गते १२:०९ मा प्रकाशित

unnamed

प्रेस विज्ञप्ति
मिति अगष्ट ४, २०१६
नेजाद्धारा सामाजिक विकाशमा सञ्चार क्षेत्रको भूमिका र पेशागत चुनौती विषयक मिडिया फोरम
यस नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले सामाजिक रूपान्तरणमा सञ्चारको भूमिका र पेशागत चुनौतीको विषयक मिडिया फोरम सन्चालन सन्चालन गरेको छ । यहाँ स्थित नेपालीहरूको प्रतिनिधिमूलक संस्था एएनएको जर्जियाको एटलान्टामा आयोजित कन्भेन्सनमा नेजाले आयोजना गरेको मिडिया फोरममा वक्ताको रूपमा नेपाली राजनीतिका लोकप्रिय युवा एवं सभासद्द्धय गगन थापा र रविन्द्र अधिकारी, वरिष्ठ संचारकर्मी एवं टेलिभिजन कार्यक्रम प्रस्तोता भुषण दाहाल, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की र एएनएका अध्यक्ष रोजर अधिकारी सहभागी हुनुहुन्थ्यो ।

unnamed (5)

नेजा फोरममा बोल्दै वरिष्ठ संन्चारकर्मी दाहालले दुईदशक अगाडि भन्दा आज संख्यात्मक रूपमा सञ्चार माध्यम थपिएका भए पनि गुणात्मक रूपमा वृद्धि हुन नसकिरहेको बताउनु भयो । समाचारलाई अतिरञ्जित गर्दै पहिला प्रसारण गर्ने होडबाजीमा लाग्दा समाचारमाध्यमले विश्वासनियता गुमाउन थालेको बताउुन भयो । समाचारमाको चाडो भन्दा पनि सत्य र तथ्यलाई बाहिर लाउन सक्नु पर्ने उहाँको भनाई छ । ’समाजमा प्रतिकुल असर पार्न सक्ने खालका सामाग्रीहरुलाई प्रश्रय दिने नहुने’ पत्रकारिताको आधारभूत कुरामा समेत सञ्चारकर्मीहरुले वेला बखत हेक्का पु¥याउन नसकेको औल्याउनु भयो । समाचार र सूचनालाई प्रभावमा पार्ने विभिन्न पक्षको चर्चा गर्दै मिडिया हाउस र पत्रकारले त्यस्ता पक्षबाट जोगिदै निश्पक्षता र सामाजिक उत्तरदायित्वको भावनालाई समेत ख्याल गर्नु पर्ने उहाँको मत रहेको छ । देश, समाज र समुदाय विभिन्न खालका संवेदनसिलतालाई नेपाली मिडियाले ख्याल गर्दै यथार्थ बाहिर ल्याउनु नै मडियाको सामाजिक दायित्व हुने दाहालको भनाई छ । पत्रकारितलाई राज्यको चौथो अङ्ग बनाई राख्न आवाज विहिनहरुको अवाज र नसुनियका कुरा सुनाउने माध्यम बन्न सक्नु जरुरी छ ।

unnamed (3)

मिडिया फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले सूचनाको पहुँच शहरी क्षेत्र मात्र नभएर दुर्गम क्षेत्रमा समेत पुगेका उदारण प्रस्तुत गर्नु भयो । सहरवाजरमा बसेर वोलेका कुराहरू कर्णालिका हुम्ला, जुम्ला, डोल्पा लगायत जिल्लावासीले सजिलै प्राप्त गरी ’फिडब्याक’ समेत दिन थालेको दृष्टान्त प्रस्तुत गर्नु भयो । मिडिया जवाफदेही हुँदा र नहुँदा आफूले भोगेका घटनाको अनुभव थापाले सुनाउनु भयो । सूचना प्रविधि र न्यू मिडियाको बढ्दो प्रभावले केही वर्ष अगाडिसम्म केही मिडिया हाउसमा सीमित एकाधिकार तोडिएपनि जवाफदेहिता र विश्वासनियतामा कमी कमजोरी बढेको थापाले उदाहरण प्रस्तुत गर्नु भयो ।

unnamed (4)

आगामी दिनमा मिडियाले समाचारको गहिराइमा पुगेर यथार्थलाई सार्वजनिक गर्दै सत्य छुट्टाउने जिम्मेवारी पाठकलाई दिनुपर्ने धारणाराख्नु भयो । नेपाली मिडिया जुनसुकै एजेण्डा सेट गर्न साथै जनमत तयार गर्न सक्ने प्रभावशालि र शक्तिशाली भए पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्न संंरचनाको विकास, विस्तारमा जनमत निर्माण र दबाब सिर्जना गर्न अग्रसर हुन नसकेको दुखेसो गर्नु भयो ।

unnamed (2)

नेकपा एमालेका युवा नेता तथा सांसद रबिन्द्र अधिकारीले प्रविधिले छलांग मारेको अहिलेको समयमा हामीले बोलेको भन्दा मिडियाले लेखेको कुरा समाजले बुझ्ने हुँदा सही कुरा सम्प्रेषण गर्नु सञ्चार क्षेत्रको जिम्मेवारी भएको बताउनुभयो । लेखा समितिमा रहेर कार्य गर्दाको अनुभव सुनाउदै बाहिरबाट आएका हजारौँ उजुरी भन्दा सञ्चार क्षेत्रमा उठेका कुरामा पहिला कारबाही बढ्ने हुँदा मिडियाको पहुँच कति सम्म छ र यसले कसरी जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्न आवश्यक छ भनी बताउनुभयो । धारणाको क्रममा सञ्चारको परिवर्तित स्वरूपमा आएका न्युमिडियामा देखिएको कमजोरीलाई आधार मानेर नियन्त्रित गर्ने भन्दा पनि कसरी व्यवस्थित र जिम्मेवार बनाउने भन्नेमा स्वय सञ्चारकर्मीले धान पु¥याउनु पर्ने धारणा राख्नुभयो । सन्चार माध्यम समाजका विभिन्न पक्षको रूपान्तरणमा प्रभावशाली भूमिका खेल्ने हुँदा यस संक्रमणकालिन अवस्थाबाट देशलाई बाहिर निकाल्न जिम्मेवार ढङ्गले प्रस्तुत हुनु पर्ने बताउनु भयो ।

unnamed (6)

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले समाचार माध्यममा कुनै वाद र राजनीतिक आवरणवाट बाहिर आएर आग्रह र पुर्वग्रवाट माथि उठेर समाचार तयार पार्न सक्नु नै जिम्मेवारी बोधको पहिलो कडि हुने बताउनु भयो । पत्रकारिताको धर्म र कर्मलाई अनुसरण गर्न सक्ने पत्रकारले नै समाजका विभिन्न पक्षलाई जवाफदेही बनाउन सक्ने उल्लेख गर्नु भयो । पत्रकारिता समाजको ऐना भएका कारण पत्रकारिता क्षेत्र थप जिम्मेवार हुनु पर्ने उहाँको भनाई छ । कानुन वा विधिविधानले कसेर भन्दा पनि पत्रकारितालाई थप सम्मानित र मर्यादित बनाउन यसका आचार संहितानै पालना गराउन विकसित देशमा भइरहेका अभ्यासको अनुसरण गर्नु पर्ने राजदूत कार्कीले बताउनु भयो । प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको अभिन्न कडि भएको हुँदा यसले जनताका नैसर्गिक अधिकारको रक्षाका लागि पहरेदारी गर्ने राजदूत कार्कीको भनई रहेको छ ।

डेढसय वर्ष लामो इतिहास भएको नेपाली पत्रकारिता विभिन्न उत्तार चढाववाट गुज्रदै आएको छ । २०४६ साल पछि भने नेपालमा व्यावसायिक पत्रकारिताका केही राम्रा अभ्यास भएका छन् । यद्यपि पत्रकारितालाई कसरी सबैको भरोसायोग्य बनाउने भन्ने चुनौती छदैछ । नेपाल भित्र मात्र होइन नेपाल बाहिर बसेर पत्रकारिताको अभ्यास गरिरहेका नेपाली मूलका पत्रकारका लागि पनि यो चुनौती छ । विश्वका विकसित देशहरूमा आकर्षक दश पेसा मध्येको एक पत्रकारितामा टिकिरहन हरेक दृष्टिकोणले व्यावसायिक दक्षता र आचरणमा रहनसक्नु पर्छ । विभिन्न चुनौतीको सामना गर्दै नेपाल र नेपालीको विषयलाई प्राथमिकता दिँदै अमेरिकाबाट प्रकाशित र प्रसारित सञ्चारमाध्यमहरु माथि ओइरिरहेका प्रश्नको वजाफ सन्तुलित र विस्वासनियताको धरातलमा उभिएर दिनसक्नु पर्छ । नेजा मिडिया फोरममा यो विषयमा पनि चार्चा गरिएको थियो ।

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)का महासचिव तोया दाहालले सन्चालन गरेको नेजा मिडिया फोरममा पत्रकारिता र सञ्चार माध्यमका विभिन्न आयमका बारेमा चर्चा भयो । कार्यक्रममा एएनएका अध्यक्ष रोजर अधिकारीले समाज विकाशमा सञ्चारको महत्त्वपूर्ण भूमिका रहने हुँदा यस क्षेत्रले जिम्मेवारी पूर्वक आफूलाई प्रस्तुत गर्नु पर्ने धारणा राख्दै सञ्चार क्षेत्र राज्यले समेत चौथो अङ्गको रूपमा प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा नेजाका सचिव अग्नि चौलागाँईले नेजाको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अमेरिकाको भ्रमणमा रहनुभएका संन्चारकर्मी रवि धामीका साथसाथै अमेरिकामा रहनुभएका दर्जनवढि सन्चारकर्मीहरु र नेपाली अमेरिकी समुदायका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई वीआरटी नेपाल, इनेप्लिज डटकम, डिसी नेपाल लगायतले प्रत्यक्ष प्रसारण गरेका थिए ।

तोया दाहाल, महासचिव
नेपाल अमेरिका पत्रकार सङ्घ- नेजा

प्रतिक्रिया