देवघाटको यात्रा

इनेप्लिज २०७३ असार २० गते १२:२० मा प्रकाशित

mahesh bhattrai

घरै अगाडी Taxi रोकियो। Driver ले सोध्यो “कहाँसम्म पुग्ने ?” बुढाबुढीले आखा जुधाए र आखा भरि आसुँ टिलपिलाउदै भने “देवघाट” !

राती सुत्ने बेलामा ७५ नाघेका बुढाले भन्यो “बुढी तेरो पोको पार, भोली बिहानै हामीले घर छाड्नु पर्छ” मन भित्र गुम्सिएका प्रश्नका उकुसमुकुस दुबैतिर बराबरै थियो।

छोराछोरी नभएको पनि होइन, ४ छोरा र ३ छोरीका बाबुआमा। बिहेवारी भए, बुहारी, ज्वाइ, नाती नातीना सबै भए। छोरीहरू विहे गरेर दिइयो, ज्वाइका भए। छोराहरू विहे गरि ल्याए बुहारीका भए। हामी बुढाबुढी टुहुरा टुहुरी र अपुताली झै बाच्नु पर्ने बाध्यता , यो बुढेसकालमा !

सबै नाती नातीनाहरू हार्मै काखमा हुकिए।अहिले नाती नातीनाहरू ठुला भए। हाम्रो कुरा सुन्ने दिन गए, आफ्नै बाबुआमाका कुरा सुन्छन आजभोलि ।

हामी बुढाबुढी कुनै छोरालाइ मन नपर्ने त कुनै बुहारी लाई। आ-आफ्नै सुरमा ब्यस्त छन् सबै छोरा छोरीहरू “ठुला भएछन्”। हामी अब आफ्नो खुट्टामा उभिन सकिदैन, अर्घेलो पो भइएछ अब ।छोरी ज्वाइ कहाँ बस्न जाउ हाम्रो सस्कृति र परम्पराले दिदैन , मनले नि मान्दैन ।

एउटा छोरो विदेश पलायन भयो , अति गर्यो , ६ महिनाको लागि बिदेश गइयो, नातिनातिना हेरेर घरमा धराले, थुनुवा भै बसियो, । ठुलो नाती नेपाली बोल्र्दैन अनि बुज्दैन पनि । मेरा काख चिलाई रहे, नाती खेलाउने रहर पनि रहर मै सकियो । हजुरआमा हजुरबा भन्ने शब्द सुन्न कानहरु सुसाई रहे। विदेश बुढाबुढीलाई जेल हो भन्छन ! विदेश बस्ने रहर पनि पुग्यो !

नेपालका नातिनातिना पनि स्कूल, कलेजबाट सिधै आफ्नै कोठामा, Iphone, Ipad, Computer मा ब्यस्त, हजुरआमा, हजुरबा भनि दैलो कुचो गर्दा धोती समाएर पछी लागेको हिजो जस्तो लाग्छ । आज तेही सब्द सुन्न पनि कान रसाइ रहंछ। पटुका फुकाएर ढाडमा बाधेर ढिंकी धातो गरेको हिजो जस्तो लाग्छ ,नातिनातिना ठुला भएको थाहै भएन।

मुखमा चपाएर, आधा टुक्रा टोकेर नातिनातिना कति खुवाइयो ।आज झुठो खान घिन मान्छन ।खाने बेलामा छुट्टै बस्छन्, हामीलाई टेबुल म्यानर थाहा छैन रे । नातिनातिना ठुला भएको थाहै भएन।

साना छँदा दिसा पिसाब थाङ्ना कति पखालियो, आची कति पुछियो,भान्सामा खादाँ खादै एउटा हातले आची पुछियो, अर्को हातले खाइयो। धोतीको आचलमा आची थापी सप्कोले पुछेको हिजो जस्तो लाग्छ ।

खुशीले धोइयो, पुछियो, घिन कहिल्यै मानिएन । आज हजुरआमा हजुरबा बाथरूम प्रयोग गर्न नजान्ने भए ।नजिक बस्दा गनाउने भएम रे, टाढा बस्न मा परौउछन् नातिहरु ! हामी पाखे भयैां रे !

छोरा बुहारी संग मुस्किलले भेटघाट हुन्छ । समय मिलाउनु पर्छ कुरा गर्न । अन्त्यन्तै ब्यस्त छन्, २ छोरा छोरी पाल्न धैा धैा छ रे भन्ने सुन्छु। जागिर र व्यवसाय बाट राम्रै कमाउछन् भन्ने सुन्छु गाउलेबाट। छोरा बुहारी काममा, नातिनातिना स्कूल, हामी बुढाबुढी घर कुरुवा । यस्तै यस्तै थियो दिनचर्या !

छोराहरू ठुला भए, सम्पति कमाए, अलग अलग घर चाहियो, सम्पति चाहियो, भागवण्डा गरिदिए। हामी डाडा माथी घामलाई के को सम्पति चाहियो भनि हाम्रो सम्पति तिमीहरु त हौ नि भनि सबै बाडिदियैां।

छोराछोरी सबैको आ-आफ्नो जागिर, ब्यबसाय राम्रै छ भन्ने सुन्छु गाउलेवाट, निधीखोधी गर्ने कुरा भएन । 2-४ दिन गयो बस्यो, राम्रै गर्छन, २ दिन पछि सोध्न थाल्छन, आमा ! कति बस्ने गरि आउनु भएको छ, कहिले जानुहुन्छ । छोराछोरी केहि नभने पनि उनीहरुको ब्यबहार र अनुहारले सफा देखाउछ । हामी पनि त उनि हरु को बाबु आमा हो ! उनीहरु को मन को कुरा बुझ्न बेर लाग्दैन ।

बुढाबुढीलाई आफ्नो घर, पुजा कोठी,चुलो चैाकी,आगन, दलान, तुलसी मैरो,अम्मा ,मेवा, केरा बोट,गाई गोठ, मलखातो, भकारि सबै आफ्नो लाग्ने, माया लाग्ने, छोडेर जाने मन पटक्कै थिएन ।

वल्ला घरे, तल्ला घरे, पल्ला घरे, काइली, माइली, साइली, ठुली संग छट्टीनु पर्ला भनि कल्पना सम्म पनि गरेका थिएनन ।

के खाइस, के लाइस, दातले चपाउन मिल्छ, मिल्दैन ,खाना मीठो लाग्छ लाग्दैन , खाना पच्छ पच्दैन, औषधी छ, छैन, डाक्टर कहाँ जानु पर्छ कि , राति नीद लाग्छ लाग्दैन, नसोधेको पनि बर्षयैाँ भयो। आश लाग्न पनि छाडी सकेको थियो ।

हिज साझ छोरा बुहारी कुरा गरेको ठ्याकै आफ्नै कानले सुने “सधै यो यो बुढाबुढी हामी संग मात्र टासिएर बस्नु पर्ने , खाने बस्ने 2-४ हजार मात्र दिएर पुग्छ र यत्रो बर्ष सेवा गरेको पैसा खै ? सबै भाईले पालै पालो पाल्नु पर्छ । मैले मात्र ठेक्का लिएकी छु र । सधै भरि यो बुढाबुढीलाइ कुरेर म तिमी संग बस्न सक्दिन ।” बुहारीले भनि।

“विस्तारै वोल बुढाबुढीले सुन्लान,” छोरो ले भन्यो ” राखे वापत महिनावारी तेरै हातले बुझेकै छस्।घुप्पलुक्क भए पछी सबै सम्पति हाम्रो नाममा गराउला नी !घर बाट निस्की हाल त कसरि भन्नु । “

बुढाको यति कुरा सुने पछि श्रीमति भक्कानो छाडेर रुन थालिन ।
“हेर बुढी भोली बिहानै यो डेरा छाडेर हामी हिड्नु पर्छ। कुनै धर्मशाला या घाटमा गएर मृत्यु कुरैला ।“
दुवै बुढाबुढी रोगि, उमेर ले पनि होला दम,मुटु, BP,सुगर, वात सबै रोगहरु को खानी छ । समय मिलाई औषधी खानु पर्ने वाध्यता थियो ।

डाइभरले भन्यो देवघाटको आइपुग्यो ।” खै औषधीको पोको त देखिन त” बुढिले Taxyबाट उत्रिदै भनि ! “छोडी दे अब किन र कस्का लागी औषधी खाइ राख्नु पर्यो र मैले जानी जानी छाडी दिए “ बुढाले जवाफ दियो !

” हे भगवान मेरो छोराछोरीहरू यसरी देवघाट आउन नपरोस्।” बुढाबुढी ले प्राथना गरे ।

प्रतिक्रिया