अठार दिनदेखि बेपत्ता बालक भेटिएनन्

इनेप्लिज २०७३ असार २० गते ५:१५ मा प्रकाशित

बैतडी, २० असार । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक १८ दिनसम्म पनि भेटिएका छैनन् ।

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द १८ दिनदेखि बेपत्ता भएका छन् ।

असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

असार ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको हो उहाँले भन्नुभयो “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन ।”

भारततिर गयो भन्ने सुनेका छौँ उहाँले दुखेसो पोख्नुभयो “कतै दलालको हातमा प¥यो कि भन्ने चिन्ता लागेको छ ।” बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।

बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । भारत गएको आशङ्कामा भारतका विभिन्न सहरमा पनि खोजी गर्नुका साथै भारतमा बालबालिका उद्घार गर्ने संस्थासँग समन्वय गरी खोजी कार्य जारी राखेको बेपत्ता बालकका मामा देवबहादुर चन्दले बताउनु भयो ।

गहँुगोरो वर्ण, पाँच फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको बताउनुभयो ।
बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाट र भारतीय प्रहरीसँग समन्वय गरी बेपत्ता बालकको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय बैतडीमा बालक बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ ।

प्रतिक्रिया