अमेरिकामा बालबालिकाले अंग्रेजीमा धारा प्रवाह भट्याए भने हामी किन दंग हुन्छौ ?

इनेप्लिज २०७३ असार १९ गते १८:५२ मा प्रकाशित

bijay

नेपालको घरमा जहिले पनि नेपाली मै बोल्ने l तर अमेरिका आए पछि घरमा नेपाली नै नजान्ने धेरै नेपालीका सन्तान छन् lअमेरिकाको शैक्षिक संस्था तथा पाठशालामा शत प्रतिशत ठिक हुन्छ किनभने नेपाली बोलिदैन l र अमेरिकामा चल्दैन पनि l हामी अभिभावक आफ्ना सन्तानले मकै भुटेको जस्तो बोलेमा दंग हुन्छौ l मानौ उनीहरुले ठुलो युद्ध जितेर आएको जस्तो गर्दछौ l प्रोत्साहन गर्नु पर्छ तर घरमा चाही नेपाली भाषामा बोल्न सिकाउनु पर्छ l

नेपाली मुलका बालबालिकाले अंग्रेजी मात्र भट्याए भने हामी खुशी हुने कि नेपाली चै भटभट्याउन सकेनन भने हामी दुखि हुने ?नेपाली नै बिर्सेको छ ,अंग्रेजी मात्र जान्दछ भनि हामि छाती ठुलो पार्छौ l अंग्रेजीमा सशक्त हुने र नेपाली भाषामा अशक्त बनाउनमा मात्र हामी रमाउनु हुदैन l

तर मात्री भाषालाई मृत अवस्थामा पुर्याउनु कदापी हुदैन l अमेरिकामा पनि नेपाली भाषालाई मौलाउन दिन पर्छ l अमेरिकाको वाशिंगटन राज्यमा अरु केहि भाषा जस्तै नेपाली भाषा बोल्न र लेख्न जान्नेले केहि लाभ उठाउने भएका छन् l

अमेरिका अमेरिकामा आए पछि बोलि रहेको नेपाली भाषा कदापी भुलीदैन l अमेरिका आएको केहि अवधि पछि नेपाली बोल्न गार्हो लाग्छ भन्नेहरु पनि भेटिन्छन l नेपाली भाषा बोल्न अप्ठ्यारो लाग्छ भन्ने दोश्रो पुस्ताका  युवा र वयस्क पनि छन l तसर्थ उनीहरुले अंग्रेजीमा नेपाली भाषा मिलाएको हो कि नेपाली भाषामा अंग्रेजी मिसाएको हो छुट्याउन गार्हो पनि हुन् थालेको छ l मातृभाषा र पठन पाठनमा नेपाली भाषा मै कम्तिमा दुई दशक बिताएका युवा तथा वयस्कले यस्तो सम्बाद भनि दिदा मन कट्टक्क खान्छ l

बालबालिकाहरुले अमेरिकामा आए पछि नेपाली भाषा पोलेर खादै गरेको अवस्था देखिएको छ l तर दुई या तिन दशक नेपालमा बसेर अमेरिका आएकाले कसरि नेपाली भाषा बिर्सन सक्छन त ? मानिसले बकितममा हत्तपत्त बिर्सदैन तर लिखितम भने बिर्सन सक्छन  l तसर्थ मातृभाषा नेपाली भएता पनि अमेरिकामा पुन नेपाली समुदायले संचालनमा ल्याएको नेपाली पाठशालामा भर्ना गरि सिकाउनु पर्ने बाध्यता पनि भएको छ l

नेपाल बहु जाति, बहु संस्कृति र बहुभाषी राष्ट्र भनेर विश्व मानचित्रमा पृथक पहिचान बनाउन सफल भएको छ । नेपाली भाषा ८७ प्रतिशत नेपाली जनताको साझा सम्पर्कको माध्यम बनेको छ । सत्रौँ शताब्दी पूर्वदेखि नेपाल बाहिर फैलिएको नेपाली भाषा र साहित्य एसिया महाद्वीपको जिउँदो र शक्तिशाली सामाजिक सम्पति भएको छ ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे जस्तै भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तले नेपाली भाषामा दिएको योगदानको कारण नै विश्वभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सम्भव भएको छ । नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्’ भनि लेखनाथ पौडेलले भन्नु भएको थियो ।

हामी हाम्रो भाषा प्रति गर्व गर्दछौ किनभने यसले हाम्रो अस्तित्वलाई जोगाई रहेको छ । यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाएको हुन्छ । हामी सबै नेपालीका आ-आफ्ना मातृभाषा छन् । भाषाप्रति कसैले पनि वैरभाव किमार्थ राख्नु हुदैन । एकले अर्काको भाषा एवं साहित्यको सम्मान गर्न सिक्नु पर्छ ।

भाषालाई राजनीतिक रुपले कदापी हेर्नु हुन्न । एक भाषाले अर्को भाषालाई घृणाको दृष्टिले होइन, सम्मान दिन सिक्नुपर्छ । भाषिक सम्मान सभ्यताको परिचय हो । विश्वमा अस्तित्वमा रहेका ६ हजार भाषा मध्ये अहिले ३ हजारमात्र अस्तित्वमा छन् । भाषिक अपनत्वमा मात्र जोड दिने राष्ट्रहरु विकासमा पछाडि परेका छन् । नेपाली भाषाले गरेको उन्नतिलाई पाखा लगाउने सोच राख्नु कदापी स्वीकार नहुन् सक्दछ । हजारौं वर्ष देखि संस्कृत व्याकरण अटल र स्थिर रहेको देखेका छौ । ११औं शताब्दीमा अस्तित्वमा आएको यो भाषाको आफ्नो छुट्टै पहिचान छ l

संस्कृत भाषाको तुलनामा नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले आफ्नो मात्री भाषा तथा नेपाली भाषालाई जीवन्त दिने काम गरे । भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ ।

यहाँहरु पनि अमेरिका आउने हुनु हुन्छ भने यस कुराको ख्याल गरौ l यस बिषयमा एक पटक घोत्लियौ l अमेरिका आएको केहि समयमा नै नेपाली भाषा बोल्न अप्ठ्यारो लाग्छ भन्ने सम्बाद भरसक मुख बाट ननिकाली दिऔ l घरमा आफु र आफ्ना सन्तान संग नेपालीमा बोल्ने अभ्यास गरौ l

अमेरिकामा छोराछोरीले धारा प्रभाव अंग्रेजी बोलेमा हामी किन हर्षित हुन्छौ ? तर नेपाली भाषा कनीकुथी बोलेमा किन दुखि हुदैनौ त ?अमेरिकामा बालबालिकाले अंग्रेजी भटभट्याए भने हामी किन दंग हुन्छौ ? घरमा बोल्ने समेत अभ्यास गर्दैनन् भने हामीलाई किन  बिस्मात लाग्दैन त ? अब अमेरिकामा पनि नेपाली भाषाले काम दिने हुनाले हातमा दहि जमाएर नबसौ l

सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ l हाम्रो पहिचान कालजयी हुनेछ । किनभने हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो ।

प्रतिक्रिया