अमेरिकामा काममा सम्झौता गरे फिलिम नत्र चिलिम।

इनेप्लिज २०७३ असार १७ गते २३:५८ मा प्रकाशित

bijay 1

अमेरिका अवसर को भुमि हो l विश्वका हरेक मानिसको अन्तिम लक्ष्य अमेरिका भए झैँ नेपालीहरुको पनि अन्तिम गन्तब्य मुलुक पनि अमेरिका नै हो l अमेरिकामा सबै वर्ग र उमेरका मानिसले मौका पाउछन l जुन कुरामा नेपालमा कहिले सम्भव हुदैन l अमेरिकामा सम्झौता गर्ने मानिस सदैब सुखी रहन्छन l

ठुलो सानो भन्ने अमेरिकामा सोच्यो भने जहाज डुब्ने सम्भावना हुन्छ l परिस्थिति अनुसार चल्न सक्नु पर्छ l अमेरिकामा म यहि काम गर्छु भनि प्रतिक्षा गर्यो भने सडकमा पनि आउने सम्भावना हुन्छ l मानिसले जे पनि काम गर्ने गर्छन l एसियाली मुलकका मानिस आफ्नो देशमा गरे झैँ गर्ने अधिकांश पाईएको आंकडाले देखाएको छ l पर्खेर भए पनि आफुले काम गरेको बराबरको काम सर सापटी तथा अन्य ऋणपान खोजेर भए पनि त्यस्तै जागिर खाने पनि हुन्छन l

किनभने जुन पद र त्यहि स्तरको जागिर खान खोज्दा निकै अप्ठ्यारो स्थिति बाट गुज्रनु पर्ने पनि हुन्छ l नेपालमा जस्तो त्यहि काम खोज्ने र काम गर्ने भन्ने अमेरिकामा हुदैन l किनभने अमेरिकामा मानिसको सबै भन्दा ठुलो शत्रु ३० बर्षे घर किस्ता हुन्छ l ६ महिना सम्म जागिर पाईएन भने कमाउने मूल व्यक्ति छ भने ठुलो आर्थिक संकटको भुमरीमा फस्दछ l आर्थिक रुपले टाट पल्टनु भनेको अमेरिकामा जीवन भर चुक्नु पर्ने पनि हुन्छ l सबै कुराले पछि परिन्छ र त्यो हुन् अमेरिकाका मानिस साबधान रहन्छन l

तर अमेरिकनहरू ज्यादै संबेदनशील हुन्छन l आर्थिक मन्दीमा लाखौ यसका शिकार भएका छन् l सन् २००७ देखि चलेको आर्थिक मन्दीमा ठुलो राशी कमाउने मानिस सामान्य काम गर्न पनि तयार भए l अमेरिकामा राष्ट्रपति ओबामाको पालामा ठुलो आर्थिक मन्दी हुन् पुग्यो l आर्थिक रुपले जागिर गए पछि महिनौ महिना जागिर नभए पछि घर लिलाम देखि जस्तो सुकै पनि अमेरिकनले काम गरेको लाखौ समाचार प्रकाशित भए l अमेरिकाका ईतिहास मै सबै भन्दा ज्यादा आर्थिक मन्दी सन् १९३० ताका भएको हो l आर्थिक मन्दीको प्रभाव निकै अवधि सम्म चल्यो l

सबै जना अहिलेका रिपब्लिकनका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रंप जस्ता भाग्यवानी हुदैनन् l टाट पल्टेर करोड पति बनेका हुन् ट्रम l त्यो जोखिम अमेरिकनले धेरैले लिदैनन l किनभने घर नेपालमा जस्तो आफ्नै लगानी तथा जीवन भर बचत गरेर राखेको धनले घर किनीदैन l तपाईले नियमित रुपमा ईमान्दारीको साथ बिबिध खर्च समयमा भुक्तानी गरेको अमेरिकन प्रणालीले अभिलेख राख्दछ l अमेरिकामा यसरी घर किन्ने पद्धति हुन्छ भने तपाईले जति राम्रो ख्याती (क्रेडिट )बनाउनु हुन्छ त्यति तपाई समाज र राष्ट्रको प्रतिष्टित व्यक्ति कहलिनु हुन्छ l

अमेरिकामा काम गर्न चाहना छ भने काम को फ्याला फ्याल छ l अमेरिकन र अन्य देशका कतिपय मानिस जस्तो तस्तो काम पनि गर्दैनन् अनि उनीहरु ठुलो द्रब्य संकटमा परेका पनि हुन्छन l अमेरिकाले बनाएको कानुन,नीति तथा प्रणालीको कारण सबैले काम पाउने वातावरण पनि हुन्छ l कतिपय मानिस व्यक्तिगत रुपमा काम गर्न रुचाउदैन l साधारण काम गर्न आनाकानी गर्ने हुनाले धेरै दुख पनि भोग्नु पर्छ l

समग्रमा अमेरिकामा अन्य चिज भन्दा काममा सम्झौता गर्नु पर्छ l परिस्थिति अनुसार छेपारोले जस्तो रंग र रुप बदलिएन भने कुकुरको दशा लाग्न अमेरिकामा केहि बेर लाग्दैन l पैसाको तत्काल मुख हेर्ने भन्दा दालभात र केहि तिर्न सक्ने मात्र पुग्ने भए त्यो भन्दा ठुलो सौभाग्य केहि हुदैन l

राष्ट्रपति ओबामा को पहिलो कार्यकालमा आर्थिक मन्दीमा बार्षिक १ लाख २० हजार तलब थाप्ने मानिसले जागिर नपाउदा केवल २५ हजार को मात्र जागिर पिज्जा बाढ्ने पनि गरेको समाचार आयो l किनभने त्यो नगरेको भए घर लिलामी हुन्थ्यो भनि उनले त्यो काम गर्न बाध्य भएका थिए l त्यस्तै बार्षिक ६० हजार अधिकृत पदमा काम गर्ने मानिसको जागिर ज्यादा सानो गाडी कुदाई जीविकोपार्जन गरेको बताएका थिए l हजारौ यस्ता उदाहरणहरु छन् l

नेपालमा एउटा शाखा अधिकृतको जागिर गए उ गाडी चालक कहिले बन्दैन र हुदैन पनि किनभने सामाजिक प्रतिष्ठा र ईज्जतको कुरा भनिन्छ l अमेरिका अवसरको देश हो l अमेरिका सम्झौता गर्ने देश हो l यहाहरु पनि अमेरिका आउदै हुनु हुन्छ र तयारी गर्दै हुनु हुन्छ भने नेपालको जस्तै सोच लिएर नआउनु बेस हुने छ l अमेरिकामा तपाईको दुख अरुले हैन तपाईले स्वयमले भोग्नु पर्ने हुन्छ l

मर्ता क्या नही कर्ता भन्ने सिद्धान्त लिएर अवसरको भुमि अमेरिका आउनु हुन्छ भने तपाईको भबिष्य उज्ज्वलमय छ र हुन्छ पनि l किनभने अमेरिकामा काम गर्ने मानिसको ईज्जत हुन्छ l के काम गर्ने भन्दा पनि काममा जान्छ भन्ने सरोकार हुने हुनाले सम्झौता गर्ने कि नगर्ने हाम्रो हातमा छ l

फिलिम भनेको चलचित्र ,चिलिम भनेको समाप्त हुनु ,सक्किनु र शेष हुनु l

सम्झौता गरे ———————फिलिम —————-नत्र चिलिम।

प्रतिक्रिया