उर्लाबारी (मोरङ), १७ असार । मोरङको कोसीहरैचा–४ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले आज यात्रुबाहक बससहित २७५ लिटर घरेलु मदिरा बरामद गरेको छ ।
ना५ख ४८८९ नम्बरको यात्रुबाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा अवैध घरेलु मदिरा (रक्सी) २७५ लिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
घरेलु मदिराका साथै बस चालक डिल्लीराम दर्जी समेतलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएकोमा रु १४ हजार १२५ जरिवाना गराएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया