समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला- ९

इनेप्लिज २०७३ असार १७ गते १२:५८ मा प्रकाशित
Upendra-Karna-200x300
अमेरिकामा बस्दै आएका नेपाली मूलका अमेरिकीहरुको माझमा उपेन्द्रलाल कर्ण (पिएचडी) पहिलो पुस्ताका नेपाली हुनुहुन्छ । सन् १९८६वाट अमेरिकामा बसोवास गर्दे आउनु भएका कर्ण आफनो प्रारम्भका दिनहरुको स्मरण गर्दे भन्नुहुन्छ
-” पहिला नेपालीहरु अध्ययनको ध्येयले अमेरिका आउने गरेको भएता पनि पछिल्ला दशकमा अवसरको खोजीमा अमेरिका भित्रने समूह बढदै गएको छ ।” अमेरिका मानव सभ्यताको उपल्लो खुटकिलोमा विकसित देशको मजवुत पूर्वाधार सहित विश्व समुदायको ध्यान आकर्षित गर्न सफल भएको छ । अमेरिकी भूमि अवसर र मिहनेतको खानी भएको ठान्नुहुने पेशाले ईन्जिनियर कर्ण नेपालको सानो भूगोल, प्रचुर प्राकृतिक सम्पदाका वावजुद विकासको गतिमा कछुवाको तालमा हिडिरहेको र यसको प्रमुख कारण भिजन नभएका नेताको नेतृत्व नै भएको ठान्नुहुन्छ् । जियो टेक्निकल ईन्जिनियरिङ्गमा विद्यावारिधी गर्नु भएका कर्णले २६ वर्ष देखि अमेरिकामा प्रोफेशनल ईन्जिनियरिङ्ग मार्फत कन्सल्टेन्सी सञ्चालन गर्दे आउनुभएको छ । समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना अन्र्तगत श्रृङ्खला-९ का लागि मधुकर अधिकारीले कर्णसँग गर्नु भएको कुराकानीको सम्पादित अंशहरु :
तपाईलाई पाठकले कसरी चिन्ने ? तपाईको छोटो परिचय कसरी दिनुहुन्छ?
म नेपालको धनुषा  जिल्लामा जन्मिएको एक सामान्य नेपाली हुँ, अवसरको खोजी गर्ने क्रममा सन् १९८६ मा स्नातक अध्ययनको लागि अमेरिका आएको हुँ । मैले अमेरिकाको न्यूजर्सी स्कूल अफ टेक्नोलोजीवाट विद्यावारिधिको उपाधि लिएको छु । विगत ३० वर्ष देखि यही कर्म भूमिमा आफनो पढाई अनुसारको काममा व्यस्त छु ।
तपाईको क्षेत्र कस्तो हो ? के विषयमा केन्द्रित हुनुहन्छ ?
तपाईको जिज्ञासा ईन्जिनियरिङ्ग भित्रको कुन विषय भन्ने होला, म सिभिल ईन्जिनियर हुँ । खासमा मैले अमेरिकामा जियोटेक्निकल ईन्जिनियरिङ्ग अन्र्तगत भौतिक संरचनाको जग डिजाईन ( फाउण्डेशन डिजाईन),डयाम डिजाईन, पुल डिजाईन र मूल्यांकनको काम गर्दछु ।
नेपालको पूर्वाधार विकासमा वामे सर्दे गर्दा तपाई नेपालले के कुरामा ध्यान दिनुपर्ने देख्नुहुन्छ ?
हेर्नोस, नेपालको भू-वनोटको आधारले ठूला र चौडा सडक, सयौ तल्ले भवनको संभावना कम छ । तसर्थ आफूसँग जे छ, त्यसमा अभ्यस्त हुने हो । नेपालको विकास गर्ने हो भने पहिलो र अत्यावश्यक क्षेत्र विद्युत हो । यसको विकास गर्नु परयो । दोश्रो, पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने पूर्वाधार वनाउनु परयो र तेश्रो छिमेकी देशहरुको दाँजोमा सूचना प्रविधिमा फडको मार्नु परयो । तपाईले अमेरिकाको जस्तो पूर्वाधार र सडक सञ्जालको परिकल्पना नेपाली भूमिमा गर्ने भन्ने आशयको प्रश्न गर्नु भएको हो भने त्यस्तो संभावना हुँदैंन् ।
तर पूर्वाधार त पर्यटन र जलविद्युतको विकासको लागि पनि चाहिन्छ नि होईन ?
हो, त्यसको लागि हामीलाई चाहिने र आवश्यकता के हो भन्ने छनौट गरेर त्यसको आधारमा पूर्वाधारको विकास गर्नु परयो । हामी कहाँ एउटा कुनै योजना आयो भने त्यो बनेर लाभ लिने भन्दा पनि त्यसलाई कसरी अप्ठयारोमा पार्ने भन्ने प्रवृत्ति देखिन्छ । त्यसकै लागि  चिन्ता गरेर समय बर्वाद गरेको पाएको छु । यही कारणले गर्दा नेपाल राम्रो योजना कार्यान्वयनमा चुकिरहेको छ । यसको दोष राजनीतिक दल र तिनका नेतालाई स्वाभाविक रुपमा जान्छ ।  जब  सम्म राजनीति गर्ने व्यक्तिहरुले विना योजना काम गर्ने सोच राखिरहन्छन् । तव सम्म देश विकास हुन असंभव छ  ।
तपाईले भने जस्तै जलविद्युत विकासको त्यत्रो संभावना रहेको देशमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नभएर नै जनताले दुख पाएका छन् । नीति नै बनाउन सकेनन् । आगामी पन्ध्र वीस वर्षमा देशको माग र आपूर्तिको सन्तुलन कसरी गर्ने भन्ने विषयमा नेताहरुको ध्यान जान सकेन् । राम्रो आयोजना निर्माण गर्दा त्यसको पूर्वाधार देखि उतपदन र वितरण सम्मको आँकलन गरेर त्यसको लागि नीति वनाउनु पर्ने हो त्यो हुन नसकेको जस्ते लाग्छ ।
तपाईलाई के लाग्छ आगामी पन्ध्र वर्ष भित्र नेपाल समृद्ध देश वन्न सक्छ ?
अहिलेको विद्यमान कार्यशैली र सोचको आधारमा मलाई यो संभव होला भन्ने विश्वास नै छैंन् , किनकि सन् १९९० देखि हामी र भारतले सँगसँगै आर्थिक व्यवस्थालाई खुला गरेका हौं । भारतले स्थिर नीति नियम वनाएर आफूलाई विश्व जगतमा आर्थिक रुपले सवल वनाउँदै लग्यो, हामी उससँगै हिडनु पर्नेमा नीतिगत असफलताका कारणले अहिले पनि ढुङ्गे युगमा जसरी जीवन विताउन जनतालाई वाध्य पारेका छौं । त्यो हाम्रो नेतृत्व, राजनीति र त्यसमा वस्नेहरुको कमजोरी हो ।
अर्को, आगामी पन्ध्र वीस वर्ष त हामीहरुको अहिले वनेको संविधानको कार्यान्वयनमा जाने भयो । किनकि संविधान त बनिसक्यो ,तर त्यसमा अझै धेरै विषयहरुको सम्बोधन गर्नु पर्ने आवश्यकता देखिएको छ । यसैले अब  पन्ध्र वीस वर्ष यो संविधान कार्यान्वयनमा जान समय लाग्छ, त्यसपछि योजना वनेर बल्ल देश समृद्ध बन्ने तिर अग्रसर हुन सक्छ जस्तो लाग्छ मलाई ।
तर जनताको चाहना त समृद्ध हुने छ नि , तपाईलाई त्यस्तो लाग्दैंन् ?
हेर्नोस, अहिले नेपालमा जे प्रगति भएको छ, त्यो जनताले आफैले गर्दे आएका छन्, आज जनतासँग पैसा नभएको होईन तर त्यो पैसालाई एकत्रित गर्ने र सर्कुलेशनमा लैजाने सरकारी नीति नियम खोई ? चिन्ता त त्यो पो हो त । दीर्घकालिन नीतिहरु खोई, अनि जनता देशमा केही हुन्न भन्दै दैनिक रुपले १५ सयको दरले वाहिरिएका छन् । मैले जोडन खोजेको के हो भने प्रक्रियागत रुपमा जनताको पूँजी परिचालन गर्ने पद्धति वसाउन हामीहरु चुकेका छां ।
एउटा उदाहरण लिउँ, भोलि नेपालमा जलविद्युत उत्पादन भयो, हजारौ मेगावाट उत्पादन भयो ,तर त्यसलाई निर्यात गर्ने स्थान भएन भने त्यो उत्पादन के गर्ने रु यसको लागि सोच हुनु पर्छ । छिमेकी देशहरुको माग कति हो रु उनीहरु कत्तिको रुचि गरेका छन् । उनीहरुको देश सम्म पुरयाउने हामीहरुको पूर्वाधार कस्तो छ रु क्षमता कस्तो छ रु यी सवै विषयमा ध्यान दिनुपर्छ । त्यसैले मैले माथि भनेको दीर्घकालीन सोच भएको नेतृत्व र नीति हुनु परयो नेपाललाई विकास गर्न त्यति गाह्रो छदै छैंन् त्यसमाथि नेपालीहरु मिहिनेत धेरै गर्छन त्यो हाम्रो अतिरिक्त पूँजी पनि हो । नेपाली जनताले गरेको प्रयासकै कारण विस्तारै शिक्षा स्वास्थ्य मा सुधार हुँदै आएके छ नि ।
नेपालमा सरकारी निकायले विभिन्न तरिकाको नीति तर्जुमा गर्दे लगानी मैत्री वातावरण वनाईरहेको भन्छन नि ?
हेर्नोस,तपाई हामी अहिले संसारको एउटा कुनामा बसेर अर्को कुनाको गतिविधि लाईभ हेर्न सक्ने भईसकेका छौं । यस्तो जमानामा हामीले गर्ने र भन्ने भन्दा पनि व्यवहारमा उत्रिनु परयो । किन अमेरिकी सूचना प्रविधिको कम्पनी भारतमा जान्छ रुनेपालमा जान्न रु अर्थात्, किन वैदेशिक लगानी भुटान पुग्छ नेपाल पुग्दैंन त रु यसको सिधा उत्तर छ (नेपालको वस्तुगत अवस्था सवैलाई जानकारी छ । म तपाई मार्फत नै के भन्छु भने केवल हामी तीन कुरामा केन्द्रित हौं,त्यसले नेपाललाई विश्वमा चिनाउन सक्छ । हामी साना जलविद्युत वनाऔं,जुन आफनै सीप र क्षमता अनि पूँजी र पूर्वाधारले सम्पन्न वनाउन सकोस् । दोश्रो पर्यटनको विकासको लागि काम गरौं।,त्यसमा विदेशमा वस्नेहरुले कमाएको रकमलाई च्यानलाईज गरौं । तेश्रो, सूचना प्रविधिको युग छ यसलाई ध्यानमा राखेर भारतीय , अमेरिकी कम्पनीहरुलाई आकर्षित गरौं ।
यसको लागि स्रोत र पूँजी दुवैको समस्या छैंन् । यसलाई राजनीति गर्नेहरुले मनन गरेर नीति वनाए पुग्छ ।त्यसपछि समृद्ध देश वनाउने भनेर जप्दै हिडन पर्देन ,देश समृद्धि तर्फ लम्किन्छ  ।
तीन दशक विदेशमा वस्नु भयो, तपाईले मातृभूमिमा केही गर्ने सोच वनाउनु भएको छ ?
अवश्य नै,प्रवासमा वसेपछि देशको माया अझ वढी हन्छ । यो भन्ने भन्दा पनि अन्तर आत्माले सोच्ने कुरा हो । यो कुरा विदेशमा वस्ने नेपालीहरुले सन् २०१५ को अप्रिलमा गएको महाभुकम्पको वेलामा देखाईसकेका छन् । त्यस मध्येको म पनि एक हुँ,  हामीहरुले विभिन्न सामाजिक कामहरुमा सहयोग गर्दे आएका छौं । गत वर्ष गएको भुकम्प पश्चात सहयोग गर्ने,घर वनाउने जस्ता काममा सहयोग गर्दे आएका छौं । साथै मेरो जन्मस्थलमा रेडक्रस जस्ता संस्थालाई सहयोग पनि गरेको छु । त्यसको अलावामा प्रोफेसनल रुपमा यहाँको अनुभवलाई शेयर गर्ने क्रममा काम गर्दे आएको पछि छु । हाम्रो क्षेत्र नै परामर्शदाताको भूमिका हुने भएकाले आवश्यक परेको खण्डमा आफूले जानेको सीप र ज्ञान वाँडनका लागि म सदैव तत्पर छु । हामी अमेरिकामा रहेका ईन्जिनियरहरु जुटदै पनि छौं । शायद यसवाट पनि संगठित रुपमा केही काम गर्न सकिन्छ भन्ने लागेको छ ।
Madhukar Adhikari
Logo of patner agency_final

प्रतिक्रिया