मुलुकभर भारी वर्षा

इनेप्लिज २०७३ असार १७ गते ६:५१ मा प्रकाशित

काठमाडौँ, १७ असार । मुलुकभर यसवर्ष बिहीबारदेखि मनसुन सक्रिय भएपछि भारी वर्षा सुरु भएको छ ।

बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्कादेखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

सक्रिय मनसुनका कारण आज दिनभरी वर्षा हुने र अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो ।

भारी वर्षासँगै कृषकहरु समयमै रोपाइँ हुने आशाले हर्षित देखिएका छन् रोपाइँ सुरु भएको छ ।

यद्यपि भारी वर्षाले १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारीरहेका भूकम्मपीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।

सक्रिय मनसुनका कारण मौसमका खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएका छन् ।

त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय विमान अवतरण गर्न नसकेपछि अन्यत्रै मोडिएको विमानस्थलले जनाएको छ ।
भारी वर्षासँगै मुलुकभर सडक यातायातमा अवरुद्ध हुनुका साथै बाढी पहिरोले सयौँ जनता प्रभावित भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया