अमेरिकामा फुकेनाश शरीर र सुकेनाश शरीरका राम कहानी

इनेप्लिज २०७३ असार १४ गते १:५६ मा प्रकाशित

bijay

मानिसको शरीर फुकेनाश या सुकेनाश दुवै भए पनि कुरा काट्ने को कमि हुँदैन l हामी यसमा निकै आगाडी छौ l बिश्वमा सबै भन्दा ज्यादा मोटा मानिस भएको देश अमेरिका हो l मोटो भए देश र ठाउँ अनुसार उसका टिका टिप्पणी गरिन्छ l पातलो भयो उस्का पनि नाना थरिका कुरा गरिन्छ l मोटो या पातलो जे भए पनि कुरा चै काटिन्छ l मानिसको शरीर कस्तो हुनु पर्छ त्यो नै छलफलको बिषय बन्न सक्छ l योगले शरीर यस्तो हुनु पर्छ भन्छ भने शारीरिक सुगठन गर्नेले अर्को कुरा भन्छ l कसको कुरा मान्ने हो दुबिधा बनाई दिन्छ l

अमेरिकामा फुकेनास (मोटाई भएका )मानिस ज्यादै भेटिन्छन l अमेरिकामा प्वाक्क पुक्क ,मोटो ,डोलो ,भ्वाकभुक्क ,शरीर फुकेको र ठुलो ज्यान भएको पाइन्छ l भिम जस्ता बलिया फुकेनाश हुन्छन l एक क्विन्टल वजन त केहि पनि हैन जस्तो पनि हुन्छ l

अमेरिकनहरु नेपालीहरुको तुलनामा अग्ला र फुकेनास शरीर भएका हुन्छन l शरीर भद्धा र गणेश भगवानको जस्तो भुडी या ज्यादा आराम कुर्सीमा बस्ने मानिसहरुको फुकेनाश शरीर हुन्छ l कुपोषणको कारण मानिसलाई सुकेनाश लाग्छ l पौष्टिक आहारा तथा अन्य चिजको कारणले शरीर सुकेनाश हुन्छ l उचाई र उमेर भन्दा निकै कम तौल भए सुकेनाश शरीर पो रहेछ भनि कुनै रोग या केहि चिज त छैन भनि शंका उप शंका गरिन्छ l

अन्य देश जस्तै अमेरिकामा फुकेनास देह छ भने कसैले भाउ दिदैनन l जताततै फुकेनाश मानिसहरुको भिड देखिन्छ l फुकेनाश शरीर भएकालाई गनेर नै साध्यै हुदैन l जता हेर्यो उतै फुकेनास l असाधारण शरीर भएको मानिस देख्दा फर्केर हेर्ने पनि गरिन्छ l

16essay-popup

पुरुषको दाजोमा महिला अझ फुकेनाश शरीर भएका देखिन्छन l ड्याम्म डुम्म् हुन्छन l अमेरिकामा मोटोपनले ज्यादै बितृष्णा पैदा गरेको छ l अमेरिकामा मोटाईको कारण जीवन गम्भीर समस्यामा परेको छ l

अहिलेको युगमा जो सुकै पनि आफ्नो शरीर ,देह तथा ज्यान राम्रो बनाउन ईक्षा राख्दछन l पुरुषले शरीरमा ६ वटा गाठा ( सिक्स प्याक्स ) बनाउन चाहन्छन भने महिलाले शुन्य ज्यान (जिरो फिगर )बनाउन चाहन्छन l

पुरुष तथा महिला दुवै फुकेनाश शरीरबाट मुक्ति चाहन्छन l सुकेनाश शरीर बनाउन तर्फ रुपान्तरित हुन् चाहन्छन l २१ औ शताब्दीमा खिरिलो र मिलेको देह भई दिए हुन्छ भन्ने परिकल्पना गर्दछन l जो कोहि पनि आफ्नो शरीर चिटिक्क मिलेको बनाउन चाहन्छन l अहिले सारा पृथ्वीका मानिस फुकेनाश शरीरलाई तिस्कार गर्दै सुकेनाश शरीरलाई स्वीकार गर्ने तर्फ लम्की रहेका छन् l

अमेरिकामा फुकेनाश नभई पुरुषको छरितो शरीर र ६ वटा पेटमा गाँठा भए उ सबैको प्यारो हुन्छ l त्यस्तै गरि महिलाले पातलो ज्यान बनाई सुन्य शरीर (जिरो फिगर )बनाए सबैको आँखाको तारो हुन्छन l फुकेनाश शरीर छ भने चासो राख्दैनन् तर सुकेनाश शरीर छ भने जिज्ञाशा र प्रशंसाको पात्र पनि हुन्छन l

हाम्रो मुलकमा पुरुष या महिला दुवै प्वाक्क पुक्क भएको शरीर छ भने खानदानी मानिन्छ l उ या उनि खाईलाग्दो कहलिन्छ l तर पुरुष या महिला सुकेनाश जस्तै छन् भने क्षयरोग (टीबी )लागेको होला भन्ने शंका हुन्छ l पातलो र मरण च्यासे जस्तै पुरुष भए अभिभावकले खाने बेलामा ढोका थुनेको जस्तो नामाकरण गरिन्छ l

बैबाहिक जीवनको गाँठो पार्ने सम्बन्धमा महिला पातली छ भने केटी रोगि छ ,गरेर खान सक्दिन भनेर विभिन्न मन गढ़न्ते कुरा एक आपसमा खेलाइञ्छ l तर अहिले परिस्थिति फरक छ l अमेरिकामा भने ठिक बिपरित ,पुरुष मोटो घाटो तथा महिला मोटीघाटी भए काम गर्न सक्ने बिषयमा शंकाले हेरिन्छ l

Latest-Jeans-Fashion-Style-2013-For-Women-08

यस अर्थमा फुकेनाश अझ फुर्तिला पनि नहुने हैन l सुकेनास शरीर भन्दा फुकेनास शरीर तेज र बारुद पनि हुन्छन l फुकेनाश शरीर भएकालाई केहि हिनता बोध भएको पनि देखिन्छ l अमेरिकामा फुकेनाश शरीर भएका जनघनत्व यत्र तत्र सर्बत्र भएकोले उनीहरुको मागँ कम हुन्छ l तर वंशानुगतको कारणले होस् या साचो रोग लागेर सुकेनाश भए पनि खिरिलो ,पातलो दुब्लो छन् भने पनि उसको माँग अमेरिकामा ज्यादा पाईएको छ l

ज्यान हिरिक्क र साच्चै कुपोषण नै भएको छ भने पनि पुरुष या महिलाको देहको प्रशंसा हुन्छ l ख्याउटे छ भने पनि अति सुन्दर मिलेको शरीर भनिन्छ l अचेल अधिकांश यस कुरामा संबेदनशील छन् l फुकेनासबाट सुकेनाशमा परिणत गर्न जो पनि चाहना राख्दछन l फुकेनास शरीर हुने देशहरुमा अमेरिका ,चिन ,भारत ,रसिया ,ब्राजिल ,मेक्सिको ,इजिप्ट ,जर्मनी , पाकिस्तान तथा इन्डोनेसिया पर्दछन l

अमेरिकाका अधिकांस नायक तथा नायिका सुकेनास शरीर बनाउन हुन् चाहन्छन l सुकेनाश शरीर बनाउने क्रममा हुईपा र सास जान आटेको जस्तो पनि हैन l सुकेनास शरीर भनेको करंग नै करंग देखिने जस्तोको पनि मागँ भन्ने हैन l ज्यान छरितो ,फुर्तिलो ,उमेर अनुसार ठिक ज्यान भएको पुरुष तथा महिलाको अमेरिकामा ज्यादा मागँ देखिएको छ l

अमेरिका जस्तो मुलुकमा हुदा अनियन्त्रित रुपमा खाए फुकेनास र नियन्त्रित रुपमा खाए सुकेनाश हुईञ्छ l यहाँ कुपोषण लागेको व्यक्ति बिशेषलाई मात्र सुकेनाश भन्ने अर्थमा व्याख्या गरिएको हैन l ज्यान घटाउने क्रममा वजन घटाउदा घटाउदा अस्ति पंजर (कंकाल-)मात्र देखाउने रिति रिवाज (फेसन )ले गर्दा हड्डी मात्र शरीरमा देखाउने परिपाटी को अर्थमा सुकेनाश शब्द प्रयोगमा ल्याईएको हो l

फुकेनास देह र सुकेनास देह भन्दा पनि मानिस स्वस्थ हुनु पर्छ l दुवै फुकेनाश शरीर र सुकेनाश शरीरका आ-आफ्ना राम कहानी जिन्दगि भर बोकेर हिडेका हुन्छन l आफ्नो उमेर र उचाई अनुसार सुकेनास र फुकेनास बनाउन ठोस कदम चाल्नु आवस्यक हुन्छ l

प्रतिक्रिया