चक्र बिस्ट अमेरिकामा जम्दै !

इनेप्लिज २०७३ असार १२ गते १६:०९ मा प्रकाशित

chakra bista

सुदुरपुर्बी नेपालको ताप्लेजुङ जिल्ला आम्बेगुदिन गाबिस वडा ७ लासा मा मध्यम परिवार जन्मेका चक्र बिष्ट एक युवा जगत को उदाउँदो ताराको नामले चर्चित हुन् थालेका छन् । उनि बिगत केही बर्ष अघि देखि कलाकारिता क्षेत्रमा प्रवेश गरे पछि केही एल्बमहरु लिएर दर्शक तथा श्रोता वर्गमा आई पुगेका छन् l

हुने बिरुवाको चिल्लो पात भनेझैं बाल्यकाल देखि नै लेख पढ् गर्ने, नृत्य गर्ने, सबै सग मिलेर अघि बढनु उनको स्वभाव छ । सानै देखि मिलनसार स्वभाव र सबैसग मुसुक्क हास्ने उहाँको व्यबहार देखेर उनलाई मन पराउछन l

उनि केही महीना अगाडि देखि अफ्ना बुबा आमा दाजुभाइ र भाउजूको साथमा अमेरिकामा बस्दै आएका छन् l उनको बसाई अमेरिका भए पनि आफ्नो जन्मभुमि नेपाल प्रती गहिरो माया रहेको बताएका छन् l

यसरी आफ्नो जीवन का कदमलाई अगाडि बढाउने क्रममा नेपाली हरुको नयाँ बर्ष २०७३ सालको सुरुवात सगै अमेरिकामा एउटा कार्यक्रम सुसम्पन्न गरि सकेका छन । जस्मा स्वयं चक्र बिष्ट ले सन्नानी तिमिलाइ भन्ने गितमा आफ्नो नृत्य कला प्रदर्शन गरेका छन् ।कार्यक्रम मा सहभागीहरु दिलिप रायमाझी,मधु क्षेत्री तथा कुमार बस्नेत को पनि विशेष सहभागीता रहेको थियो l

यस् अघि उनका किर्तिहरुमा पहिलो एल्बम (दुखी ) बाध्यता ले जादैछु छु प्रदेश थियो भने दोस्रो एल्बम (स्पर्श ) नेपाल हाम्रो थियो यसै गरि तेस्रो एल्बम (मनको मलम)२०७२बैशाख १२को भुकम्प तथा चौथो एल्बम (सम्बन्ध ) रहेका छन भने उनलेे नेपाली टेलिसृङ्खला तितो सत्य मा समेत अभिनय गरि सकेका छन् l

हाल अमेरिकामा पनि बिभिन्न कार्येक्रमहरमा सक्रियताका साथ् आफ्ना प्रस्तुतिहरु देखी रहेका छन् l

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो कमिटी अमेरिका द्वारा आयोजना गरेको राम प्रशाद खनालको कविता कृति” देश हराएको मान्छे ” बिमोचन कार्यक्रममा गजल प्रस्तुति समेत गर्न उनले भ्याएका छन् l

प्रतिक्रिया