चितवनको मनकामना अस्पतालद्वारा निशुल्क स्वास्थ्य परीक्षण

इनेप्लिज २०७३ असार ११ गते १२:१७ मा प्रकाशित

2

भरतपुर, चितवन ११ असार ।
मनकामना अस्पताल भरतपुरको आयोजनामा आज निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भरतपुर एयरपोर्ट अगाडि अस्पताल परीसरमा र नवलपरासीको पितौजीघाटमा स्वास्थ्य परीक्षण गरिएको हो । भरतपुरमा आयोजित हाड जोर्नी तथा नसा रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षणमा १ सय ८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । सो कार्यक्रममा हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठ, डा. सुरेश पाण्डे, डा. शंकर ढकाल लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

1

त्यस्तै नवलपरासीको पितौजीघाटमा ज्येष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो कार्यक्रममा २ सय ४८ जना वृद्धवृद्धाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा महिला तथा प्रसुती रोग विशेषज्ञ डा. बन्दना खनाल, छाती मुटु पेट तथा थाइराइड रोग विशेषज्ञ डा. महेन्द्र अग्रहरी, मेडिकल अफिसर डा. विजय गुप्ता लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा स्वास्थ्य परीक्षण गरेको बिरामीहरुको सो अस्पतालले ओ.पि.डी. शुल्क नलाग्ने र सम्पूर्ण परीक्षणमा छुटको समेत व्यवस्था गरेको अस्पतालका अहेव बुद्धि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया