मानव अधिकार उल्लङ्घनका अट्ठाइस घटना

इनेप्लिज २०७३ असार १० गते ५:१३ मा प्रकाशित

बैतडी, १० असार । बैतडीमा ६ महिनाको अवधिमा २८ मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१६ जनवरी महिनादेखि हालसम्म जिल्लामा २८ मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना भएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि नरी बडूले उक्त अवधिमा जिल्लामा महिला तथा घरेलु हिंसासम्बन्धी १४, जबर्जस्तीकरणी पाँच, जबर्जस्तीकरणी उद्योगका एक, हत्याका ६, दुव्र्यवहारका एक र बहुविवाहका एक गरी जम्मा २८ मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना घटेको बताउनुभयो ।

उक्त घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ मा समावेश गरिने बताइएको छ ।

प्रतिक्रिया