एएनए प्रेस बिज्ञप्ति !

इनेप्लिज २०७३ असार ८ गते २:४७ मा प्रकाशित
अशोसिएसन ऑफ नेपलिज इन अमेरिका’ (एएनए) को आगामी २०१६ जुलाई १ देखि ४ सम्म जर्जिया राज्य को एटलाण्टा शहरमा रास्ट्रिय सम्मेलन हुन लागेको जानकारी यहाहरुका बिभिन्न पत्र-पत्रिका मार्फत सम्प्रेषण गरि गर्नु भएको सहयोग प्रति हामी आभारी छौ।
उत्तरी अमेरिका तथा क्यानाडा मा रहेको पत्रकारहरु को छाता संस्था NEAJA लाई हामीले सम्पूर्ण पत्रकारहरुको उपस्थितिको निमित्त अनुरोध गर्दै निमन्त्रणा सम्प्रेषण गरि सकेका छौ। यदि कोही सो निमन्त्रणा मा छुट हुन गएको भए एएनए को तर्फबाट यसै इमेललाई औपचारिक निमन्त्रणा सम्झी यहाँ को उपस्थिति को निमित्त हार्दिक अनुरोध गर्दछौ।
साथै यस इमेल मा टाँस गरिएको एएनए कार्यकारिणी समितिको तर्फबाट अध्यक्ष श्री रोजर अधिकारी ज्यू ले जारी गर्नु भएको को प्रेस बक्तब्य सम्प्रेषण गरि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ। इमेल लिस्ट लामो नहोस भन्नका लागी तपाई तथा तपाईको मेडियालाई BCC मा राखिएको जानकारी गराउदछु।
संस्थाको बिस्तृत जानकारीको लागी तलको लिंक मा क्लिक गर्नु होला:
http://www.ana1983.org/
धन्यबाद,
विजयराज भट्टराई
उपाध्यक्ष, अशोसिएसन ऑफ नेपलिज इन अमेरिका (एएनए)
०१-६८२-४३३-३९४७
——————–
   ….…… प्रेस बिज्ञप्ति जस्ता को त्यस्तै ………
 
– : हार्दिक निमन्त्रणा : –
सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु,
उत्तरी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो रास्ट्रिय संस्था ‘अशोसिएसन ऑफ नेपलिज इन अमेरिका’ (एएनए) को आगामी २०१६ जुलाई १ देखि ४ सम्म जर्जिया राज्य को एटलाण्टा शहरमा भब्य रास्ट्रिय सम्मेलन हुदै छ। आफ्नो स्थापना काल देखि नै जुलाई को पहिलो हप्ता को लामो बिदा पारेर यस संस्थाले आफ्नो रास्ट्रिय सम्मेलन गर्दै आइरहेको छ।
प्रवाश मा नेपाली पहिचानको स्थापना तथा अधिकारको रक्षा अनि मातृ-भूमी को दु:ख-सुखमा सहभागी हुने पवित्र उद्देश्य का साथ सन् १९८३ मा स्थापित यस संस्थाले स्थापना काल देखि नै क्यानाडा तथा उत्तरी अमेरिका मा रहेको नेपालीहरुलाई आफ्नो उदेश्य अनुसार बिभिन्न गतिविधिहरु मा साथ माग्दै, साथ दिदै आएको कुरा छर्लंग नै छ।
आफ्नो यात्राको ३३सौं सम्मेलन भव्यता पूर्वक मनाउने हाम्रो तयारी लगभग अन्तिम अवस्था मा पुगेको छ। हरेक बर्ग, धर्म, उमेर र सबै खाले इच्छा-चाहना सबैलाई समेट्न सकु भनेर धेरै थरी का कार्यक्रमहरु को आयोजना गर्न गइरहेका छौ। बिभिन्न पत्र-पत्रिका, कार्यक्रम तथा सामाजिक संजालहरु मार्फत हामीले यहाहरु सबैलाई कार्यक्रमको बिस्तृत जानकारी गराइरहेका छौ।
यदि तपाई कुनै पनि नेपाली संघ-संस्थाहरु,दाजु-भाई तथा दिदी-बहिनीहरु ले हाम्रो निमन्त्रणा प्राप्त गर्नु भएको छैन भने यसैलाई आधिकारिक निमन्त्रणा मानि आफ्ना साथी-संगी, छर-छिमेक सबै तिर यस सम्मेलनको जानकारी गराउदै यहाहरु सबैको सपरिवार उपस्थितिको निमित्त हार्दिक अनुरोध गर्दै सादर निमन्त्रणा गर्दछौ।
सम्मेलन स्थल: 2000 Century Boulevard NE, Atlanta, GA – 30345 (Marriott Hotel)
सम्मेलन को बिस्तृत जानकारी का लागी:  http://anaconvention2016.dwork.co/
रोजर अधिकारी
अध्यक्ष तथा एएनए कार्यकारिणी समिति
ANA Press Release 21st June 2016-page-001

प्रतिक्रिया