समर पिकनिक तथा दोश्रो साधारण सभा

इनेप्लिज २०७३ असार ७ गते २२:०४ मा प्रकाशित

कृयटिभ नेपाल युथ अर्गनाइजेशनले हरेक समरमा आयोजना गर्दै आएको “कृयटिभ समर पिकनिक” यस पल्ट भने दोस्रो साधारण सभा समेत एकै पल्ट गर्ने निर्णय भएको कुरा यहाँहरुलाई अबगत गराउन चाहन्छौ।

यस कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन संस्थापक अध्यक्ष  तथा सल्लाहकार नुरिन बरालको नेतृत्वमा २१ सदस्य पिकनिक आयोजक कमिटी तथा सस्थाका अध्यक्ष तेज लिम्बुको नेतृत्वमा साधारण सभा आयोजक कमिटी गठन गरिएको छ |

यस समर पिकनिक तथा दोस्रो साधारण सभामा यस सान फ्रान्सिस्को वे एरियाका सम्पूर्ण नेपालीहरुलाई उपस्थिति भइदिनहुन हार्दिक अनुरोध गर्दछौ |

कार्यक्रमको थप जानकारी

मिति :- १७ जुलाई २०१६ ( आइतबार )
समय :- १ देखि ६ बजे सम्म
स्थान :- 900 Dornan Dr , Richmond
प्रवेश :- निशुल्क
धन्यवाद !

पुण्य कार्की
सचिब
कृयटिभ नेपाल युथ अर्गनाइजेशन

image1

प्रतिक्रिया