नेपाली दुतावास र पर्यटन बोर्डको आयोजनामा वाशिंगटन डिसीमा नेपाल-प्रबर्धन कार्यक्रम

इनेप्लिज २०७३ असार ७ गते १५:२३ मा प्रकाशित

वाशिंगटन डिसी स्थित नेपाली दुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा  अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाल प्रबर्धन सम्बन्धी  एक भब्य-कार्यक्रम सम्पन्न भयो l वाशिंगटन डिसीको पांचतारे होटल  हिल्टन होटलमा यही जुन १७ तारिख सुक्रबार साँझ आयोजना गरिएको  यस “नेपाल प्रबर्धन कार्यक्रम” अन्तरक्रियात्मक तरिकाले गरिएको थियो l

कार्यक्रममा नेपाल देखी आएका पर्यटन सचिब प्रेम कुमार राई, अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्की र  नेपालको लागी पुर्ब अमेरिकी राजदुत स्कट डेलिसीले नेपालको पर्यटनजन्य  आकर्षण बारे बोलेका थिए l अमेरिकाको मिडिया र अमेरिकनहरु दर्शक भएको
उक्त कार्यक्रममा प्रस्तुत गरिएको यज्ञमान शाक्यको बज्रपानी नृत्य /  आकृती खनाल, अनु संग्रौला, मनषी संग्रौलाको शेर्पा-नृत्य र  रोशन प्रताप राणाको बाँसुरीको धुनले कार्यक्रमलाई रोचक (आकर्षक) गराएको थियो l

नेपाल पर्यटन बोर्ड तथा गोर्खाली फाउन्डेसनकि सद्भावना दुत नविना बस्नेत उप्रेतीले  अंग्रेजीमा संचालन गरेको कार्यक्रमको अन्तमा  रात्रिभोज र सबै अमेरिकनहरुलाई एक एक वोटा पश्मिनाको गलबन्दी, नेपाल घुम्न जाने ब्रुशरहरु भएको एक एक वोटा नेपाली झोला वितरण गरिएको थियो l

 

प्रतिक्रिया