क्लासिक कलेज इन्टरनेसनल गौशालामा १०+२ को नयाँ भर्ना सुरु

इनेप्लिज २०७३ असार ६ गते १९:५० मा प्रकाशित

CLASS

काठमाण्डौको गौसाला स्थित तिलगंगा नजिकै अबस्थित शान्त बाताबरणमा रोजागारी मुलक बिषयहरु होटेल म्यानेजमेन्ट, कम्पुटर साइन्स, ट्राभल एण्ड टुरिजम, मास कम्युनिकेसन जस्ता बिषयहरु सहित कक्षा ११ मा भर्ना खुलेको छ।

१९९९ मा स्थापित १७ बर्ष पुरानो क्लासिक कलेज इन्टरनेसनलमा १०+२ देखि मास्टर सम्म पढाइ हुने कलेजको शैक्षिक गुणस्तरलाई  उकास्न दक्ष शिक्षक, भौतिक पूर्वाधार तथा प्रयोगात्मक कक्षाहरु सहित संचालनमा रहेको छ। कलेजले १०+२ मा बिज्ञान, ब्यबस्थापन र मानविकी संकायमा बिहान र दिउसको कक्षाको लागि नया भर्ना सुरु भएको छ।

क्लासिक कलेज इन्टरनेसनलका प्रिन्सिपल मणि कुमार पौडेलको भनाइ अनुसार शैक्षिक वातावरण, दक्ष शिक्षक, आधुनिक गुणस्तरीय  शिक्षा, सुलभ शुल्क, विगतको उत्कृष्ट नतिजा, अनुशासन, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, छात्रवृतिको ब्यवस्था लगायत विविध पक्ष र सुबिधालाई बुझेर मात्र विद्यार्थीले कलेजमा भर्ना गर्ने हुनाले क्लासिक कलेजले यी सबै पूर्वाधारमा बिशेष ध्यान दिएको छ।

CLASSIC1भर्खरै एस एल सी मा ३.०० जीपिए सहित उत्रिण भएका भक्तपुरका रंजन लामिछाने भन्छन अभिभावकले आफना छोराछोरीहरुलाई सल्लाह, सुझाव दिएर सहजकर्ताको भुमिका मात्र खेल्नु पर्छ। कतिपय अवस्थामा अभिभावकले आूफ्नो निर्णय छोराछोरी माथि लाद्न खोज्दा नराम्रो दुर्घटना समेत हुन सक्ने हुनाले छोरा छोरीले कुन बिषय अथवा कुन कलेज पढ्ने भनेर आफै छनोट गर्न दिनु पर्ने उनको तर्क छ।

त्यस्तै आफ्नो अभिभावकको सल्लाह लिएर मात्र आफुले कलेज छनोट गर्ने बताउछन काभ्रे देउपुरका उज्ज्वल ढकाल, अभिभावकको सल्लाह नै नलिई आफै मनोमानि कलेज छनोट नगर्न आफना साथीहरुलाई पनि सल्लाह दिन्छन।

उनले भने ”हामिले भर्खर त एस.एल.सी पास गरेका छौ, ठिक-बेठिक प्रस्टसँग छुट्याउने भई सकेका छैनौ। त्यसैले अभिभावकको सहयोग र सल्लाह बिना कलेज छनौट गर्दा कहिलेकाहिँ नराम्रो खाल्डोमा पनि पर्न सकिन्छ ।

क्लासिक कलेजका प्राध्यापक कृष्ण गुरागाई भन्नु हुन्छ अभिभावकले विद्यार्थीको प्रतिभा र चाहाना बुझेर काउन्सेलिङ गर्नु पर्छ। कलेज छनोट गर्नु पूर्व आफ्ना अभिभावक र आफूले पढेका स्कुल शिक्षकहरुवाट परामर्श लिन विद्यार्थीलाई सुझाव दिन्छन।

Classic College full pic

भर्खरै एस एल सी उत्रिण भएका बिध्यार्थीहरु कलेज जिवनले नै आफ्नो भविष्य निर्धारण गर्ने भएकाले कलेजमा उत्कृष्ट अंक ल्याउनु नै आफ्नो एक मात्र उदेश्य रहेको बताउछन। कलेजजिवन उपलब्धिमुलक हुनु पर्ने तथा कलेजले हामिलाई  किताबको पढाइमा मात्र सिमित नराखेर सामाजिक तथा ब्यक्तित्व विकाशका विभिन्न आयामहरु पनि सिकाइदिए राम्रो हुने आकांक्षा गर्छन।

यता क्लासिक कलेजका संचालक गौरीसंकर प्रधान भन्नु हुन्छ विद्यार्थीहरुको दुई बर्ष समय अवधि त्यसै खेर जान दिन नहुने कुरामा क्लासिक कलेज सचेत रहेको छ र विद्यार्थीहरुलाई किताबको मात्रै ज्ञान भन्दा पनि व्यक्तित्व बिकाश, अनुशासित, प्रयोगात्मक तथा ब्यबहारिक ज्ञान, सामाजिक किर्याकलापमा संग्लनता गराउने  तथा कलेजमा हुने अन्य कक्षा, काउन्सिलिङ क्लास, करियर क्लास तथा अतिरिक्त क्रियाकलापहरुमा कलेजले आफ्नो शैक्षिक तालिकामा यी सबै कुराहरुलाई बिशेष प्राथमिकताका साथ समाबेस गरेको भन्दै भर्खर एस एल सी पास गरेका नयाँ भाइबहिनीहरुलाई एकचोटी क्लासिक कलेजमा भौतिक तथा शैक्षिक बाताबरण हेर्न  आग्रह गर्नु भएको छ।

प्रतिक्रिया