भुकम्प पिडितको लागी अमेरिकामा Re-Build Mission Nepal को अन्तरक्रिया

इनेप्लिज २०७३ असार ६ गते ४:३० मा प्रकाशित

वाशिंगटन डिसी ,गत बर्ष महाभूकम्प बाट घरहरु पूर्ण रुपमा क्षति भएका जिल्ला तथा गाउँमा एक हजार घर बनाई दिने लक्ष्य बोकेको मिसन रिबिल्ड नेपालले आज एक कार्यक्रम बिच हाल सम्म ५ सय घर निर्माण गरेको जानकारी दिएको छ l

वाशिंगटन डिसीमा गैर मुनाफा संस्थाको रुपमा दर्ता भएको मिसन रिबिल्ड नेपालले नेपाल पुनर्निर्माणमा अद्वितीय रुपमा बिबिध प्रकारको सहयोग गर्ने दात्रि संघ तथा संस्था तथा स्वयम् सेवकलाई सम्मान कार्यक्रममा उक्त जानकारी गराएको हो l अहिले सम्म १ हजार घर निर्माण गर्ने क्रममा पूर्ण रुपमा ५ सय घर निर्माण गरि सकेको छ भने २ सय ५० वटा घर निर्माणाधीन अवस्था रहेको जानकारी दिएका छन् l र २ सय ५० वटा घर निर्माणको लागि सबैलाई सहयोग गर्न कार्यक्रममा आब्हान गरेको छ l

प्रतिक्रिया