ज्येष्ठ नागरिकलाई सम्मान

इनेप्लिज २०७३ असार ५ गते ७:०३ मा प्रकाशित

गुलरिया(बर्दिया),५ असार । बाँसगढी नगरपालिकाले बाँसगढीमा आज ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
बाँसगढी नगरस्तरीय ज्येष्ठ नागरिकले ८७ वर्ष पूरा भएकाहरुलाई नगद तथा दोसल्ला सहित सम्मान गरेको हो ।

ज्येष्ठ नागरिकले समाज र देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष सहित उनीहरुको केही मात्रामा भए पनि मनोबल वृद्धि होस् भन्ने हेतुले सम्मान गरिएको ज्येष्ठ नागरिक समाजले जनाएको छ । उनीहरुलाई जनही रु एक हजार तीन सय प्रदान गरिएको थियो ।

प्रतिक्रिया