डिसीमा नेपाल पर्यटन प्रबर्धन सम्बन्धमा बिशेष कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असार ४ गते २०:३८ मा प्रकाशित

वाशिंगटन डिसीमा नेपाली दुताबास तथा नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा नेपाल पर्यटन प्रबर्धन सम्बन्धमा बिशेष कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रमको लागि स्थानीय नेपाली समुदायका बिशेष व्यक्तिहरु ,बिदेशी अतिथि ,कुटनैतिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो l

कार्यक्रमको सुरुवात कलाकार यज्ञ मान शाक्यले बज्र पानी नृत्य प्रस्तुति गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए l

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले नेपालको सबै अतिथिलाई स्वागत गर्नु भएको थियो l र वहाले उक्त पर्यटन प्रबर्धन गर्ने कार्यक्रममा नेपालमा गत बर्ष भूकम्प ले नेपालले भोगेको पिडा बारेमा चर्चा गर्नु भएको थियो l

राजदुत कार्कीले नेपाल सबैलाई नेपाल को भ्रमण गर्न आग्रह गर्दै नेपाल बुद्धको देश र नेपाल हेर्ने पर्ने देश भएकोले अतिथिहरुलाई कार्यक्रम को रुपरेखा बनाउन आग्रह गरेका थिए l साथै नेपालको पर्यटन लाई बजारीकरण गर्ने हेतुले नेपालको श्रब्य दृश्य देखाईएको थियो l

यसै गरि यसै कार्यक्रमका लागि आएका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन सचिब तथा नेपाल पर्यटन बोर्डका सभापति प्रेम कुमार राई ले नेपालको पर्यटन सम्बन्धि चर्चा गर्नु भएको थियो l सचिब राईले अगाडी आफ्नो मन्तब्य राख्दै भूकम्प को समयमा बिदेशी संचार माध्यमले नकारात्मक समाचार प्रसार समेत गरेको उल्लेख गर्नु भयो l तर अब नेपाल पुन निर्माणमा लागि सकेको बताउनु भयो l उपस्थित हुने सबै बिदेशी अतिथि तथा पाहुनाहरुलाई बिशेष धन्यबाद दिदै एक पटक नेपाल भ्रमण गर्न बिसेष आग्रह गर्नु भयो l

प्रतिक्रिया