चितवनको कालिका नगरपालिकामा पशु स्वास्थ्य शिविर

इनेप्लिज २०७३ असार ४ गते १५:५५ मा प्रकाशित

DSC01386

चितवन ४ असार ।
पूर्वी चितवनको कालिका नगरपालिका – ८, गडुवामा आज शनिबार निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालय भरतपुर र कालिका नगरपालिकाको सहयोगमा भएको कार्यक्रम पशु सेवा केन्द्र खोलेसिमल र चतुर्मुखी सामुदायिक वनले समन्वय गरेका थिए ।

DSC01393सो निशुल्क स्वास्थ्य शिविरमा कुकुरलाई रेबिजको भ्याक्सिन, पशुको खोरेत रोगको भ्याक्सिन, बाख्राको पी.पी.ए. भ्याक्सिन र परजीवि नियन्त्रणको उपचार गरिएको थियो । शिविरमा ३ सय २५ वटा पशुहरुको निशुल्क परीक्षण एवम् निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

DSC01394कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामकुमार कार्की, पशु चिकित्सक अर्जुन थपलिया, पशु विकास अधिकृत शालिग्राम पौडेल, पशु सेवा केन्द्र खोलेसिमलका प्राविधिक हरि प्रसाद सुवेदी, नायव पशु स्वास्थ्य प्राविधिक मुकेश यादव, नेपाल पाराभेटरीनरी जिल्ला अध्यक्ष अमृत श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य शिविरमा पशुहरुको स्वास्थ्य परीक्षण गराएका थिए । सो कार्यक्रम चतुर्मुखी सामुदायिक वनका अध्यक्ष सरोज गुरुङ्गको सभापतित्वमा भएको थियो ।

DSC01395 DSC01398

 

प्रतिक्रिया