दुई नाल भरूवा बन्दुक बरामद

इनेप्लिज २०७३ असार ४ गते ७:१८ मा प्रकाशित

लहान, ४ असार । प्रहरीले गए राति सिरहाको गोलबजार नगरपालिका– १० स्थित घुर्मी जङ्गलबाट दुई नाल भरूवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले राति १० बजे जङ्गलमा गोली राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।

बरामद भएका बन्दुक इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र हतियार राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया