विषालु च्याउले एकै घरका आठ जनाको ज्यान लिएको सो गाउँमा यस्तोे परिवर्तन ल्याउने काममा सडक दुर्घटनामा परेर नौ महिना भित्र आफ्ना दुई छोरा गुमाएका विष्णुप्रसाद गौतमको भूमिका महत्वपूर्ण छ। गौतमको सक्रियतामा देश विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर कान्दामा गत वर्ष छात्रावास तयार भएको हो। कान्दामा रहेका सबै ८५ घरमा सौर्य उर्जा र जस्ताको छानो पुर्याउने योजना पनि उनैको हो।
‘कान्दाका सवै ८५ घर र त्यो वरपरका गाउँका १३३ घरमा सौर्य विद्युत वितरण भएको छ। ५९ घरलाई जस्ता र आवश्यक सामाग्री दिएको हो। छानो सवैले छाए तर ३२ घरले गाह्रो पनि लगाएर लिपपोत गरेर चिटिक्कको घर बनाएका छन्,’ गौतमले भने। सौर्य उर्जा नहुँदा कान्दामा मट्टी तेल बाल्ने अवस्था पनि थिएन। सूर्यास्त नहुँदै चाँडै खाना खाएर सुत्ने गर्दथे कान्दालीहरु ।
त्यो कान्दा: विस २०६७ सालअसार चार गते बिहान कान्दाको कान्देश्वरी राष्ट्रिय प्रथामिक विद्यालयमा पढ्ने आफ्ना छोरालाई पुर्याउनआएका एकजनाअभिभावक। विद्यार्थीले मैलो गञ्जिसम्म लगाएपनि कट्टु छैन ।
‘गाउँ यस्तो होला भनेर सपनामा पनि सोचेको थिएन। सपना त धेरै देखियो तर गाउँमा यस्तोसम्म होला भन्ने कुराको सपना कहिल्यै आएन’, स्थानीय रत्नबहादुर चेपाङले भने। कान्दामा चेपाङहरु मात्रै बस्छन्। सदरमुकाम भरतपुरदेखि पूर्वोत्तर दिशामा रहेका कान्दा पुग्न पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट उत्तर कच्ची बाटोमा लगभग तीन घण्टा जीपमा हिँडेर हात्ती ढाप भन्ने ठाउँमा पुग्नुपर्छ।
त्यो कान्दा: विस २०६७ सालअसार चार गते बिहान कान्दाको कान्देश्वरी राष्ट्रिय प्रथामिक विद्यालयमा पढ्ने आफ्ना छोरालाई पुर्याउनआएका एकजनाअभिभावक। विद्यार्थीले मैलो गञ्जिसम्म लगाएपनि कट्टु छैन ।
हात्ती ढापमा जीपबाट झरेपछि कान्दा पुग्न कम्तिमा छ घण्टा पैदल हिँड्नु पर्छ। नाकै ठोकिने ठाडो कष्टकर उकालो पाँच घण्टा हिँडेपछि बल्ल केही सजिलो पहाडी बाटो आउँछ। यस्तो कष्टकर बाटो पार गरेर पुगिने कान्दामा सुविधा सम्पन्न छात्रावास, जस्ताले छाएका घर, सौर्य बत्तीको चमक देख्दा आश्चर्य नै लाग्छ। प्रभावकारी परिवर्तनको उदाहरण बनेको छ कान्दा।
सञ्चारकर्मीदेखि समाजसेवीसम्मको लगाव
कान्दाको परिवर्तनमा सञ्चारकर्मीदेखि सन्तानवियोगको पीडा भोग्न समाजसेवामा हात हालेका समाज सेवीको निरन्तर लगावको भूमिका छ। विंस २०६७ साल जेठ १४ गते कान्दाका बाबुराम चेपाङले ल्याएको च्याउ खाएर उनका छोरा, बुहारी नाति नातिना र श्रीमतीसहित आठ जनाको ज्यान गयो। एकजना नौ महिनाका बालक मात्रै च्याउ नखाएका कारण बाँचे।
घटनाको समाचार संकलन गर्न तीनजना पत्रकार सोही वर्षको असार ३ गते कान्दा पुगेका थिए। समाचार संकलन गर्दा त्यहाँ देखेको दर्दानाक अवस्था अन्त्य गर्न पत्रकार एकल सिलवालले संगठित अभियान सुरु गरे। उनले मित तथा कलाकार रविन्द्रसिंह बानियासँग मिलेर मितेरी फाउण्डेसन नामक संस्थादर्ता गरेर कान्दा रुपान्तरणको औपचारिक अभियान सुरु गरे।
मितेरी फाउण्डेशनलाई पत्रकार रविन्द्र मिश्रको पनि साथ रह्यो। विंस २०६७ चैत्र १५ मामितेरी दर्ता भएसँगै मिश्रले आफ्ना किताबबाट पाउने रोयल्टी संस्थालाई दिएका छन्। उनको कितावबाट आउने लेखश्वले मितेरीले स्थानीय कान्देश्वरी प्रथामिक विद्यालयलाई एकजना शिक्षकको व्यवस्था गरेको छ । १५ जना बालबालिकालाई काठमाडौं किर्तिपुरमा राखेर पढाएको छ ।
रत्ननगरमा पाँचजना र अन्त्योदय आदिवासी विद्यालयमा तीन जना पढेका छन्। विभिन्न तीनवटा स्कुलमा खाजा कार्यक्रम चलेको छ। जंगली च्याउ खाएर मान्छे बितेको गाउँमा नयाँ आशा सञ्चार गर्न स्याउ खेतीको सम्भावना सुरु भयो। यही सम्भावनाको खोजीगर्दा मितेरी र विष्णु गौतमको भेट भएको हो ।
दुई छोरा बिते सयौं छोरा भेटिए
आफ्ना छोराहरुको वियोगको पीडा भुल्न विष्णु गौतमको परिवार समाजसेवाका तल्लिन भएको एकलका मित रविन्द्रले सुनेका थिए। विष्णु गौतमलक्ष्मी प्रतिष्ठान नामक संस्था खोलेर विभिन्न सामाजिक काममा सक्रिय थिए। उनीसँग भेट भएपछि कान्दामा स्याउ रोप्न जुम्लाका प्राविधिक श्रीबहादुर भण्डारीसँग सल्लाहा भयो। भण्डारीले हुन्छ भनेपछि मितेरी र लक्ष्मी प्रतिष्ठानको सहकार्यमा स्याउ रोपियो कान्दामा।
कान्दामा सुरुमा विष्णुका कान्छा छोरा पुगेकाथिए। छोराले गाउँका कुरा सुनाएपछि त्यहाँको अवस्था हेर्न उनी आँफै जाने निधो गरे। जब कान्दापुगे छानो कुहिएको घर, कपडा बिनाका मान्छे देखेर उनीनिकै भावुक भए । कान्दामा सकेको प्रयास गरेर त्यसको स्वरुप बदल्ने निधो गरे विष्णुले । सवै घरमा सोलार बत्ती र जस्ताको छाना बनाउने निधो उनले त्यही बेला गरे ।
विंस २०७० सालभदौदेखि घर निर्माणको अभियान सुरु भयो । ८५ मध्ये अहिलेसम्म ५९ घरले समान पाएका छन् । जस्ता, किल्ला, काँटी र किन्नु पर्ने अन्य साना ठूला सवै सामान लक्ष्मी प्रतिष्ठानले किन्छ। घर बनाउनलाई थप १० हजार रुपैयाँ खाजा खर्चपनि प्रतिष्ठानले बेहोरेको छ। १० देखि २० वाटसम्मको सोलार सवै कान्दावासीको घरमा छ ।
काठमाडौं बस्ने गौतमले नौ महिनाको बीचमादुई भाइ छोरा गुमाएका थिए। सन् २००८ को डिसेम्बर २७ मा छोरा कुमारको काठमाडौंमा भएको मोटर साइकल दुर्घटनामा परेर ज्यान गएको थियो। त्यसको पीडामा रहेका गौतमका अर्का छोरा बलरामको पनि सन् २००९ को अक्टुबर तीन मा अमेरिकामा भएको सडक दुर्घटानामा परेर ज्यान गएको थियो।
छोराहरुको स्मृतिमा कान्दामा छात्रावास बनाउने योजना उनको मनमा फुर्यो। कान्दामा ७१ सालको मंसिरमा छात्रावासको शिलान्यास भयो । गतवर्षको असार चार गते विद्यार्थी नै बस्न लागे त्यसमा । ‘कान्दाका बालबालिका शिक्षित भए, अन्य उचित अवसर पाए गाउँको अनुहार उनैले फेर्छन भन्ने लाग्यो । दुई छोरा गुमाएको पीडा भुल्न अरु सयौं छोरा पढाउने आँट गरें,’ विष्णु गौतमले भने।
छात्रावासमा खाने, बस्ने, पढ्ने, कापी, किताब, औषधि, पोशाक सवैको व्यवस्थालक्ष्मी प्रतिष्ठानले गरेको छ। कान्देश्वरी प्रथामिक विद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्थ्यो। यो वर्ष देखि कक्षा ६ पनि सुरु भएको छ । विस्तारै कक्षा बढाउँदै लैजाने उनको योजना छ। छात्रावासमा १२३ जना छन् । अधिकांश विद्यार्थी चेपाङ हुन् । पाँच बजे उठ्ने र नौ बजे सुत्ने विद्यार्थीले अनेक सिर्जनशिल क्रियाकलाप गर्छन् ।
छात्रावास प्रमुख मनोज श्रेष्ठका अनुसार छात्रावासको ५४ रोपनी जग्गा छ । १० रोपनीमा छात्रावासको १३ वटा ब्लक छन् । १० रोपनीमा छात्रावासलाई चाहिने तरकारी खेती हुन्छ । पुसबाट फागुनसम्म बाहिरबाट केही बढी तरकारी ल्याउनु पर्छ । नभए अरु महिना त्यहीको उत्पादनले ७० प्रतिशत धान्ने गरेको छ। तरकारी खेतीकालागि जेटिए श्रीबहादुर भण्डारी नै खटेका छन्। बाख्रापालनपछि त्यही छ ।
छात्रावासमा बस्ने विद्यार्थीले तेक्वान्दो सिक्दै छन्। काठमाडौंबाट गएका प्रशिक्षक सुमन दाहालले उनीहरुलाई तेक्वान्दो सिकाउँदै छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय तहमाप्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनगर्ने लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले बताए ।
विदेश बस्ने नेपालीको सहयोगले हौसला मिल्यो
लक्ष्मी प्रतिष्ठानले जे जतिकाम गरेको छ त्यसको कुनै स्थायी स्रोत भने छैन। ‘पहिला त मेरै पैतृक सम्पति पनि बेँचे। काम बढ्दै गएपछि सहयोगको अपिल गरें। सहयोगको पुरै सदुपयोग गर्छ भनेर होला साथीहरुले पत्याएका छन् । देशमा बस्ने र विदेशमाकामगर्ने नेपालीहरुले माग्ने वित्तिकै रकम पठाउँछन्’, अध्यक्ष गौतमले भने। छात्रावास बनाउने ५० लाख रुपैयाँभन्दा धेरै खर्च लाग्यो।’
गाउँलेका घर बनाउनेदेखि छात्रावास बनाउने खर्च सवै विदेशमा बस्ने नेपालीले जुटाएर पठाएको उनले बताए। ‘सिन्धुपाल्चोक घर भएर लण्डनमा बस्ने सुरेन्द्र श्रेष्ठले २१ लाख रुपैयाँ उठाएर छात्रावास बनाउन पठाउनु भयो । अमेरिकामा बस्ने माधव आत्रेय, रामप्रसाद बाँस्तोला, एलिना कार्की जस्ता सयौंको यसमा देन छ’, गौतमले भने। गौतम पनि बेला बेलामा अमेरिका बेलायत जाने आउने गर्छन्।
पछिल्लो पटक अमेरिका जाँदा उनले छवटा सहरमा कान्दाको अवस्था सुनाए, भिडियो देखाए जसबाट प्रभावित भएर ४० लाख रुपैयाँ संकलन भएको गौतमले सुनाए। ‘छात्रावासको सञ्चालन खर्च मासिक छ लाख रुपैयाँ छ । यो धान्न गाह्रै छ । बेला बेलामा सहयोग जुटे सजिलो हुने हो’, अध्यक्ष गौतमले भने ।
गौतमले कान्दामापर्यटकको सम्भावना देखेका छन्। गाडी गुड्ने बाटो निर्माणमा उनको जोड छ। स्थानीय सिताबहादुर चेपाङ बाटो आए गाउँमा साग, अमिला फलफुल, गेडागुडी फलाएर बेच्न लैजाने सजिलो हुने बताउँछन् । ‘व्यवसायिक खेतीमार्फत अभिभावको जिवनस्तर उकास्ने र छोरा छोरीलाई शिक्षत बनाए परिवर्तन सम्भव छ भनेर लागेको हो। हेरौ ंकति सफल भइन्छ’, गौतमले भने ।
कान्देश्वरी प्रथामिक विद्यालयका प्रधानअध्यापक वालकृष्ण थपलिया तिनै व्यक्ति हुन जस्ले च्याउ खाएर थलिएकाहरुलाई उपचारका लागि भरतपुर र काठमाडौंसम्म पुर्याए। गाउँमै तीन जनाको मृत्यु भएको थियो। अस्पताल पुर्याएपनि अरु पाँचजना समेत बाँचेनन्। तर कान्दापुगेका सञ्चारकर्मीबाट सुरु भएको परिवर्तन यात्रा झनपछि झनमौलाउँदै गएको देख्दाउनीत्यो बेलाको पीडा भुल्दै छन् ।
नागरिक न्युज बाट
प्रतिक्रिया