अमेरिकाका नेपालीहरु आफ्नो उमेर भन्दा १० बर्ष कान्छाकान्छी जस्ता किन देखिन्छन ?

इनेप्लिज २०७३ जेठ २९ गते ३:०५ मा प्रकाशित

bijay

अमेरिका स्वर्ग जस्तै भएकोले होला अमेरिकाका नेपालीहरु आफ्नो उमेर भन्दा झन्डै १० बर्ष मुनि जस्ता कान्छाकान्छी देखिन थालेका छन् l अमेरिकाको व्यस्त तथा शिघ्र जीवनको कारण मानिस त्यहि रफ्तारमा हिड्नु पर्ने हुनाले त्यो चालले सबै कुरा तन्काई दिएको कारण शारीरिक रुपमा तन्दुरुस्त हुन् थालेका छन् l अमेरिकामा लामो समय सम्म जीवन यापन गर्ने पुरुष तथा महिला बिशेष गरिअलिक उमेर छिप्पिए पछि झन् स्वास्थ्य संग संबेदनशिल हुन्छन l

नेपालमा त्यहि उमेरका मानिस र अमेरिका छिरेका मानिसको तुलनात्मक रुपमा नेपालका मानिसका छिटो दात फुस्कने ,गाला चाउरी पर्ने तथा अन्य स्वास्थ्यको दृष्टिले कमजोरी देखिने हुन्छ भने अमेरिकामा त्यस्तो अलिक देखिदैन l

अमेरिकामा स्वास्थ्य बिमा गराउनु पर्ने हुन्छ l कम्तिमा पनि बर्षको एक स्वास्थ्य परिक्षण गराउनु पर्ने नै हुन्छ l नेपाल जस्तो थला परे पछि मात्र चिकित्सकलाई जचाउने र अस्पताल जाने भन्ने हुदैन l

झन् उमेरले डाडो काटन आँटे पछि अझ पुरुष तथा महिला चनाखो हुन्छन किनभने ३० बर्षे ऋण आफ्नो थाप्लोमा हुन्छ l आफु थला परे पछि साहु(बैंक )को ऋण तिर्ने भन्ने मनमा भय हुन्छ l मर्ता क्या नही कर्ता भन्ने हिन्दि उखान झैँ कसरत र स्वास्थ्य हुनको लागि योगा र अन्य चिजमा व्यस्त रहन अब नेपालीहरु पनि दुई कदम अगाडी भै सकेका छन् l

आफु स्वस्थ बन्न अमेरिकामा नियमित रुपमा बिभिन्न प्रकारका ओखती ,तागत आउने चक्की र गोलि खाने गरिन्छ l शरीरको लागि चाहिने पौष्टिक तत्व आदि अनिवार्य जस्तो सेवन गर्ने हुनाले पुरुष अलिक उमेर अनुसार अर्थात् उमेर काटे पनि झ्याउरे र महिला पनि उमेर छिप्पिए पनि चाउरी परेको जस्तो देखिदैनन l उमेरमा १० बर्ष कान्छाकान्छी जस्ता देखिन्छन l त्यहि पुरुषलाई पनि भाई भाई जस्तो र त्यही महिलालाई पनि बैनी बैनी जस्तो लाग्छ l

बिहान कुखुराको डाक देखि मध्ये रात मात्र नभई छर्लंग रात काट्ने गरि काम गर्ने स्वाभाविक हुने हुनाले शरीर छिटो ,छरितो र फुर्तिलो हुन्छ l तर तनाब पनि रही रहन्छ तर अमेरिकाको जीवन शैलीले त्यो कुरा भुलाई दिन्छ l अमेरिकामा छु भने गर्व हुन्छ l नेपालीहरु भित्र देखि गदगद हुन्छन l मन नै प्रफुल्ल हुन्छ l

विश्वको सबै भन्दा धनि तथा सम्वृद्धिशालि राष्ट्रमा छु भन्ने पनि आत्म संतुष्ठी हुन्छ l सन्तान पनि संगै भएकोले अझ मनमा शान्ति पनि हुन्छ l तर सबैका भने परिवार यहाँ हुदैनन् l कमाई आई रहने भएकोले एक प्रकारको आनन्द हुन्छ l यो भन्दा ठुलो र राम्रो देश जाने ठाउँ नभएकोले प्रफुल्लता हुन्छ l मनमा शान्ति भए पछि पुरुष बुढो र महिला छिटो बुढी नहुने हुन्छन l काम गर्ने कमाउनेले चिन्ता मेटाई दिन्छ l

मन प्रसन्न भए पछि अनुहारमा चहक हुन्छ l सुको नकमाउने पुरुष तथा महिलाको पनि चाँदी कटाई हुन्छ l अनि नशा नशा खुशी हुन्छ अनि छिटो चाउरी पर्ने त कुरा नै हुदैन l नेपाल जस्तो यहाँ पेटको रोग र जुका पर्दैन l पानी ,खानपिन र खाध्य अन्य पदार्थबाट हुने हुनाले त्यो समस्या छैन अमेरिकामा l

घर भित्र पस्यो घर वातानुकुलित (एयर कन्डिसन ) हुन्छ l काममा पनि सबै स्वास्थ्यको दृष्टिकोणले सरकारको नियम कानुन बनाईएकोले त्यहा पनि स्वास्थ्य राम्रो हुने हुन्छ l स्वाथ्यलाई प्रतिकुल असर पर्दैन l निजि गाडीमा पनि चिसो र तातोको व्यवस्था ,सार्वजनिक गाडीमा पनि वातानुकुलित व्यवस्था हुन्छ l

शरीरलाई कुनै हानि नपर्ने भएकोले पुरुष तथा महिला झर झराउदा भेटिन्छन l घामले पोल्ने र चिसोको कारण शरीर बिग्रिने भन्ने सम्भावना कम हुन्छ l प्रदुषित वातावरणबाट मुक्त छ ,अमेरिका l

अनि कामको भागदौड ,अधिकांस उभिएर काम गर्न प्रचलनले मानिसलाई फुर्तिलो ,छिटो छरितो बनाउनुको साथै स्वस्थ पनि बनाई दिने भएकोले अमेरिकामा उमेर देखिने भए पनि छिटो पुरुष झ्याउरे र महिला चाउरी नपर्ने हुन्छन l त्यसैले महिला तथा पुरुष १० बर्ष मुनि जस्ता कान्छाकान्छी देखिन्छन l

खानपिनमा नियन्त्रण , स्वाथ्यबर्धक खाना ,लामो समय सम्म काम गर्नु पर्ने अपरिहार्यता ,योगा,नियमित हिडडुल ,वातावरण ,हावापानी ,सुखद अनुभूति ,अन्तरआत्मा देखि नै खुशी जुनसुकै उमेरमा काम गर्ने परिपाटी आदि ईत्यादीको कारण देख्दा जेठो दाई या जेठी दिदि लागे पनि यी कारणबाट नेपाली पुरुष तथा महिला कान्छो भाई तथा कान्छी बैनी जस्ता लाग्दछन l १० बर्ष नै कान्छा कान्छी लाग्दछ l

यसको अतिरिक्त पुरुष तथा महिला दुवै स्वाथ्य सौन्दर्यताका कुराहरु प्रयोग गर्ने तथा अन्य चिजले गर्दा पाको उमेर भएता पनि पुरुष तथा महिला नेपालको तुलनामा कम उमेरका देखिन्छन l

यसको अर्थ यो हैन कि नेपालमा पनि स्वास्थ्य सम्बन्धि चेतना नआएको भन्ने कदापी हैन l नेपालबाट आएका पुरुष या महिला दुबै काम गर्ने भएकोले उनीहरुको कमाई पुगी सरि पनि आउने भएकोले स्वाथ्य राम्रो हुने भएकोले उनीहरु उमेरले डाडो काटे पनि पुरुष तथा महिला १० बर्ष कम उमेरका जस्ता देखिन्छन l

प्रतिक्रिया