हिलारी क्लिन्टनले ईतिहास रचे पछि अमेरिकाका नेपाली महिला खुसि ब्यक्त गर्दै यसो भन्छन :

इनेप्लिज २०७३ जेठ २८ गते १०:०२ मा प्रकाशित

FotoFlexer_Photo

हिलारी क्लिन्टन अमेरिकाको ईतिहासमा प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भए पछि उनि चर्चा र परिचर्चाको शिखरमा पुगेकी छिन् l अमेरिकाका राष्ट्रपति बराक ओबामाले समेत उनलाई समर्थन गरि सकेका छन् l हजारौ हजार नेपाली समुदायहरुले पनि मतदानमा भाग लिई सकेका छन् l

प्राथमिक निर्वाचन सकिएको छ भने अब नोभेम्बरमा आम निर्वाचन हुदैछ l अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेपलिजले अमेरिकाका बिभिन्न राज्यमा बसोबास अधिकांस कहिले पनि संचार माध्यममा नआउने केहि नेपाली मुलका महिलाहरुसंग हिलारी क्लिन्टनको बारेमा जिज्ञासा राखेको थियो l

अन्तर्वार्ता दिने सबैले आगामी अमेरिकाको राष्ट्रपति पदमा महिलाले नेतृत्व लिन पाउन भन्ने शुभ कामना समेत व्यक्त गरेका छन् l नेपाली मुलका महिलाहरुको भनाई जस्ताको तस्तै :

क्यालिफोर्नियाको लसएञ्जलसमा लक्ष्मी ब्युटी सेलुन सन्चालन गर्दै आएकी नेपाली मूलकी अमेरिकन ब्यबसायी लक्ष्मी पन्तले भनिन मलाई अमेरिकन राजनीतिको खासै गहिराइबाट ज्ञान छैन । महिला भएको नाताले विश्वको शक्तिसाली मुलुक अमेरिकाको राष्ट्रपतिमा हिलारी बिजय भएको हेर्ने चाहना रहेको बताइन l

उनले थप गर्दै भनिन उनको बिजयले संसारमा नारिलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउछ भन्ने विश्वाशले मैले हिलारीलाई प्राथमिक निर्वाचनमा मत हाले । र अब नोभेम्बरमा पनि मेरो मत उनलाई नै जान्छ भनिन l

यसै गरि सिकागो नेपाल हाउस कि संचालक कमला घिमिरेले हिलारी क्लिन्टन एक योग्य र क्षमतावान महिला भएकोले उनको यो बिजयले आफु अत्यन्तै हर्षित छु भनिन l अमेरिकामा एक पटक महिला नेतृत्व हुनु पर्छ भन्ने लागेको बताए l

यसै गरि कनेक्टिकट निवासी र नेपाल बिराटनगर घर भएकी बिभुति पौडेल भन्छिन अहिले सम्म महिला राष्ट्र पति हुन् नसकेको अवस्थामा आफु पनि महिला भएकोले हिलारी क्लिन्टन नै राष्ट्रपति हुनु पर्छ भन्ने मनमा लागेको बताइन l

बिराटनगर बाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजत जयन्ति समारोहमा सहभागी हुन् डिसी आएकी कवियत्री तथा साहित्यकार ईश्वरी गौतम भन्छिन नेपालमा हामीले भर्खर राष्ट्रपति महिला नै पाएकोले यत्रो ईतिहास हुँदा पनि महिला राष्ट्रपति हुन् नसकेकोले आफु पनि अमेरिकामा भएको बेलामा हिलारी क्लिन्टन नै राष्ट्रपति हुन् भन्ने मेरो चाहना रहेको बताईन l

यसै गरि डिसी महानगर क्षेत्रको भर्जिनियामा झन्डै दुई दशक भन्दा अगाडी देखि बसोबास गर्दै आएकी बिद्यालयमा कार्यरत भवानी शर्मा भन्छिन आफुले हिलारीलाई नै मतदान दिएको हु र भर्जिनियामा बाट उन्ले नै जितेकी पनि हुन् l महिला राष्ट्रपति देख्न पाउनु पर्छ जस्तो आफुलाई लागेको बताइन l हिलारीको जितले खुसीको सिमा नै छैन भनिन l

यसै गरि डिसी क्षेत्रको भर्जिनियामा बसोबास गर्ने बैंकमा कार्यरत महिला सरला पाण्डे भन्छिन अब ईतिहास रचिने छ जस्तो लागेको छ l हिलारी संग अनुभव छ र उनि योग्य छिन् भन्दै राष्ट्रपति हिलारी नै भएको हेर्न चाहेको बताईन l

यसै गरि टेक्सास हुस्टनमा केहि समय अगाडी देखि महिला शृङ्गार गृह (नेल्स) संचालन गर्दै आएकी भावना पाण्डे बिष्ट भन्छिन बिकशीत देश जहाँ महिला र पुरुष बराबर भनिन्छ र छन पनि l प्रजातन्त्रका लागि आफूलाई विश्वकै अग्रणी बताउने अमेरिकाले बल्ल आएर महिला राष्ट्रपति छान्न पाउनुले व्यवहारमा अमेरिका अन्य अल्प विकसित देशहरुभन्दा राजनीतिक रुपमा पछि परेको देखिएको थियो l

आशा गरौं ,अब प्रजातन्त्रको जननीका रुपमा चिनिएको अमेरिकी नागरिकहरुले पहिलो पटक महिला राष्ट्रपति चुनेर विश्वलाई महिला पुरुषभन्दा कुनै कुरामा पनि कमी छैनन् भनेर देखाउने सुभ अवसर प्राप्त गर्नेछ ।

यसै गरि क्यालिफोर्नियाकि महिला सशक्तिकरणमा अहम भूमिका निर्वाह गर्दै आएकी सामाजिक कार्यकर्ता तथा नेपालमा संघ संस्थाकि अध्यक्ष समेत भै सकेकी राम देवी पलिखे श्रेष्ठ भन्छिन हिलारी विश्वको लागि प्रतिष्ठाको बिषय हो भनिन l उनि एक क्षमतावान ,कुसल ,योग्य र अनुभवी महिला भएकोले उनि राष्ट्रपति हुनु पर्छ भन्ने सोच रहेको बताइन l

न्युयोर्क कि समाज सेवी मीठु थापा भन्छिन ,अमेरिकामा पुरुष तथा महिला समान भएको देश भएता पनि ईतिहास मै पहिलो पटक सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व हिलारी क्लिन्टनले गर्ने भएकोले उनि नै यो देशको राष्ट्रपति हुन् जस्तो मलाई लाग्छ भनिन l

प्रतिक्रिया