अमेरिकामा पिल्सीएका नेपालीको मन

इनेप्लिज २०७३ जेठ २५ गते ८:३९ मा प्रकाशित

Prem Bahadur Shahi

अमेरिकामा पिल्सीएका नेपालीको मन
प्रेमबहादुर शाही न्यूयोर्क

आज विश्वभर अमेरिका भन्ने शब्द आफैमा गौरव वान भएको छ । त्यहाँको डलरले आज विश्व बजार खाएको छ । उनीहरु नयाँ प्रविधिको आविष्कारमा दुई कदम अगाडी आफ्ना सफलताका पाईलाहरु चाल्दैं गएका छन । अमेरिकामा उत्पादिन हुने सामाग्रीहरुसँग अन्य देशका उत्पादन सामाग्रीहरुले प्रतिस्पर्दा गर्न सक्ने अवस्था पनि छैन । त्यसैले शु–सम्पन्न अमेरिकाले आफ्नो देशका नागरिकहरुलाई विभिन्न किसिमका सेवा सुविधा दिने गरेको छ । तर सोहि देशमा आई पुगेका आप्रवासीहरुको अर्थात विभिन्न किसिमको वाहाना बनाई अमेरिका भासिएकाहरुका मानिसको जीवन कस्तो होला ? सवैको मनमा यो कुराले कौतुहल्ता जगाउँने गरेको छ । एक दशक लामो मेरो पत्रकारिता पेसालाई आत्मसाथ गरी विभिन्न फरक–फरक विषय वस्तुमा मेरो कलम चलउँदै गर्दा, आज अमेरिकामा छरिएर रहेका नेपालीहरुको कथा, गाथा र त्यहाँका मानिसहरुले भोगेको पीडाका घाँउलाई फेरी एकपटक कलमको माद्यमबाट बल्झाउदंै छु । वाहिरबाट जसरी अमेरिका भनेर चिन्निने गरेको छ, त्यो भन्दा फरक छ, अमेरिकामा बासोवास गर्ने नागरिकहरुको पीडा । अझै वषौंदेखि शरणार्थी जीवन विताई अमेरिकामा रगतको पसिना बगाउनु परेकामा काहाली लाग्दो जीवनको पीडा कसैले कल्पना समेत गर्न सक्दैंन । अमेरिकामा पुगेका अन्य देशका नागरिकहरु मात्र नभएर आफ्नै देशका नागरिकप्रति राज्य कति उदासिन छ त्यसको ब्याख्या विश्लेषण गर्न गा¥हो छ । उनीहरु रात दिन आगोको रापमा पिल्सीए जस्तो गरी जीवन विताउनु परेको छ । अमेरिकामा रहेको सवैभन्दा ठूलो रङ्गभेद्का कारण संयौँ मानिसहरु सुरक्षित स्थानको खोजीमा चित्कारको आवाज निकाल्दै आफ्नो पुख्र्यौली थातथलो छोड्ने गर्दछन । मातृभूमिमा भईरहेको आन्तरिक द्वन्द्व र बाहिरबाट हुने आतंककारीको गतिविधिबाट जोगिन उनीहरुले अन्य देशहरुसँग शरण लिन पुग्ने गर्दछन । त्यतिकै त आफू जन्मेको हुर्केको ठाउँ छाडेर अर्को मुलुकमा शरणार्थी बन्ने चाहना कसैमा हुँदैन । रहेक मानिसको आफ्नो मुलुकसित छुट्टै नाता हुन्छ ।

त्यो नाताबाट विछोडिनु परेको पीडा कति चर्को छ ? अहिले अमेरिकामा यस्तो पीडा छ, भन्दा विश्वास नलाग्न सक्छ, तर बास्तविकता त्यहि छ । न देशको वातावरण नै राम्रो छ, न बुढौलिमा बाबुआमाले छोराछोरीको सुखको कमाई खान लाउन समेत पाउँदैनन् । जीवनको अन्त्यसम्म पनि आफ्नै पाखुरा बजारेर बाँच्नु पर्ने कष्टकर जीवन छ, त्यहाँका नागरिकको । अमेरिकामा यस्तै–यस्तै दर्दनाक पीडाको जाँतोमा पिल्सीएर बस्न माध्य छन, नेपालीहरु । त्यसैले त उनीहरु जुन नेपाल र नेपाली भन्ने वित्तिकै मन हर्षित हुने गरेको बताउछन । एउटै घरमा बासोवास गर्ने नेपाली भएपनि हप्तौ महिनौसम्म भेटघाट समेत हुन पाउँदैन । जीवनको यात्रामा भोगेका सुख दुःखका कुराहरुले मन भरिएको हुन्छ । त सवै एक आपसमा आदान प्रदान गर्न नपाउँदाको पीडाले उनीहरु झनै छट्पटाई रहेका हुन्छन । कहिले काही भेट भयो भने, प्रदेशमा भएपनि मन स्वदेशमै भएको जस्तो गरी एक आपसकमा अंगला हालेनर आफ्नो अनुभूतिलाई साटासाट गर्ने गरेका छन । पछिल्लो समयमा नेपालीहरुले पाएको सुख र दुःखको विषय बस्तुमा सवैले संचारमाध्यबाट देख्न, पढन र लेख्न पाएका छन । उनीहरुको घाउँमा मल्हम पट्टी बाध्ने काम संचार जगतले गरेको छ । मनमा घुम्सीएर रहेका कुराहरुलाई आफ्न्तसम्म पु¥याई उनीहरुको दैनिक जीवनमा भएका सत्य र तथ्य कुरालाई बाहिर ल्याउन गतिलो हतियार भएको छ, संचारमाध्यम । केही अघिदेखि आफुहरुले भोगका दुःखका घटनालाई समाल्न नसकि आत्महत्याको बाटो रोच्नेहरुको संख्या पनि बढ्दै गईरहेको छ । त्यसमा अमेरिकी नागरिकमात्र नभएर बाहिरबाट गएका गैर नागरिकहरुको संख्या धेरै रहेको सरकारी तथ्यहरु सार्वजनिक भईरहेका छन । त्यहि पीडाको घाँउमा मलहम लगाउनको लागि अमेरिकी समाजमा नव धनाढ्यहरुको बहुल्यतासँगै आफ्नो नेपालीको अस्तित्व खोज्ने प्रयासमा भईरहेको छ । नेपाली कला संस्कृतलाई सधै माया गरी त्यसको जगेना गर्ने तर्फ पछिल्लो पीडीहरु अग्रसर भएर लाग्ने गरेका छन । अमेरिकामा नेपाली जति खुसी छन, उत्ति नै बेखुसी पनि हुने गरेका छन । सुविधासम्पन्न आधुनिक जीवन जीउन पाउँदा जति खुसी छन, त्यति नै दुःखी पनि छन, त्यहाँको रहन सहन, रितिरिवाज, चालचलन र कला संस्कृति देखेर नेपालीहरु वाक्क दिक्क हुने गरेका छन ।

त्यसैले अमेरिकामा वर्षौ÷वर्षसम्म वसेर राम्रो आर्थिक हैसियत बनाएका नेपालीहरु पनि रात दिन आफ्नो प्यारो जन्मभूमिलाई सम्झि रहेका हुन्छ । गरिवीले मानिसलाई अन्य देशमा जती गुलामी गर्नुपर्ने  बाध्यता बनाए पनि आफ्नो नेपाली हुनुको गौरव र जन्मभूमिलाई कहिल्यै विसिएका हुदैनन् । जीवन जीउँनका लागि संसारको जुन कुनामा गएपनि सवै नेपालीहरुको अन्तिम चाहाना आफ्नो देशमा दहत्याग्न नेपालमै पाईयोस भन्ने रहेको छ । त्यसैले त उनीहरु नेपाली भएर जन्मनु र नेपालमै देहत्याग्न पाईयोस भनेर प्रथना गर्दछन । हामी जहाँसुकै कुना कन्दरामा भएपनि हामी नेपाली हौं नेपाली भएर जीउँनु पर्दछ भन्ने गरेका छन । जति सुख दुःखको जीवन विताए पनि नेपाली कला, संस्कृति, सामाजिक संस्कारलाई त्यति नै माया गर्दछन भने कहिल्यै पनि तीनलाई विसिर्न सक्दैनन् । देशको विकराल अवस्थाबाट उकुस मुकुस भएर विदेशीन बाध्य भएका नेपालीहरु पनि त्यहाँको सामाजिक संस्कारले छिट्टै नै आफ्नो देशको स्मण गराउने गर्दछ । अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन । अमेरिकामा जस्तो हात, पाखुरा र बुद्धि चलाएर काम गर्ने हो भने आफै देशमा नुनदेखि सुनसम्म हुने बताउँछन उनीहरु । अमेरिकामा गएका नेपालीहरु कडा मिहिनेतमा कमाएको रुपैयाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन । अव त्यसको लागि राज्यले उनीहरुको लागि सहज वातावरण बनाई विदेशमा बसोबास, मेहेनत गरी व्यापार व्यावसाय गर्न त्यहाँको कानुनी धेरै अप्ठारो भएकाले स्वदेशमै लगानी गर्नको लागि प्रोत्साहन दिई अमेरिकामा रहेका नेपालीलाई मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीहरुलाई आफ्नै देशमा फकर्ने वातावरण राज्यले बनाई संसारभर रहेका नेपालीहरुले पनि आफ्नो काम, कर्तब्य र अधिकार के हो ? भन्ने कुराको बोध गरी जन्मभूमि फर्किने सोच गर्नु अति आवश्यक छ ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन

 [email protected]

प्रतिक्रिया