लागू औषध प्रयोगकर्ता युवा लक्षित सूूचना प्रविधि प्रयोग तथा साइवर सुरक्षा चेतनाबारेको कार्यक्रम हुने

इनेप्लिज २०७३ जेठ २५ गते ३:४३ मा प्रकाशित

us-nepal-cyber-security-awareness-team (1)

नेपाल सरकार गृह मन्त्रालय को लागू औषध नियन्त्रण विभाग को सहयोगमा लागू औषध बिरुद्धको सूचना प्रविधि सीप विकास तालिम कार्यक्रम एडु केयर नेपालको आयोजना र आइसिटी पत्रकार विकास मञ्चको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । पूर्व लागू औषध प्रयोगकर्ता युवा लक्षित कार्यक्रममा आधारभुत कम्प्युटर, सोसल मिडिया, ब्लग, फेसबुक पेज, ट्वीटर लगायत सामाजिक सञ्जालहरुको प्रयोग बारेको ज्ञान बारेको जानकारी निःशुल्क रुपमा दिइनेछ । सूचना प्रविधिको प्रयोगसँगै साइवर अपराध र चुनौतीहरु बढेर गएकोले साइवर सुरक्षा बारेको विशेष ज्ञान सहभागीहरुलाई गराइनेछ । साइवर सुरक्षा बारेको सचेतना साइवर सुरक्षा इन्टरनेशनल युएस नेपाल टिमले जेष्ठ २६ गते बिहान दिने कार्यक्रम तालिका रहेको छ । सूचना प्रविधि प्रयोग तथा साइवर सुरक्षाबारेको चेतना कार्यक्रमको उद्घाटन जेष्ठ २५ गते कपनको होप फाउण्डेसनको हलभित्र हुने कार्यक्रम आयोजक एडुकेयर नेपालले जनाएको छ । उद्घाटन समारोहमा कपनस्थित होप फाउण्डेसनको हलमा उपस्थितीको लागि सूचना प्रविधिका अगुवा, सरोकारवाला निकाय र स्थानीय संघ संस्था र सामाजसेवी व्यक्तिहरुलाई हार्दिक निमन्त्रणा यसै समाचार मार्फत गरिएको छ ।

कार्यक्रम तालिका

प्रमुख अतिथि : बीरेन्द्र कुमार मिश्र, महानिर्देशक/ सूचना प्रविधि विभाग
विशिष्ट अतिथि : धैुवराज न्यौपाने, अध्यक्ष/ जिल्ला खेलकुद विकास समिति काठमाडौ

उद्घाटन मिति  : २०७३ जेष्ठ २५ गते

स्थान :  होप फाउण्डेसन, कपन काठमाडौ नेपाल
समय :  बिहान ७.४५ बजे
कार्यक्रमको नाम :  लागू औषध बिरुद्ध सूचना प्रविधि प्रयोग सम्बन्धी तालिम
लक्षित वर्ग  : पूर्व लागूऔषध प्रयोगकर्ता युवाहरु
लाभान्वित संख्या  : १५ जना

ICT And Cyber Security Aware program nirm texas

प्रतिक्रिया