नेपाल अमेरिका पत्रकार संघ नेजाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७३ जेठ २३ गते १०:०२ मा प्रकाशित
13396809_10154408469772122_1189873651_o
प्रेस विज्ञप्ति
न्युर्योक क्षेत्रमा क्रियासिल पत्रकारहरुसँग सञ्चारकर्मीका चुनौती र सहकार्यका विषयमा नेपाल अमेरिका पत्रकार संघ नेजाले आज (सनिवार) आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तिव्र गतिमा वदलिदै गरेको सञ्चार प्रविधिको स्वरुपले सञ्चारगृहमा परेको प्रभाव र पत्रकार माझ थपिदै गएको चुनौतीका विषयमा छलफल भयो ।
पत्रकारहरुको साझा संस्था नेजाको विगत देखि वर्तमानसम्मका गतिविधिको कार्यक्रममा समिक्षा समेत भयो । सहभागि पत्रकारहरुले राम्रा नराम्रा पक्षलाई  औल्याउदै सवै पत्रकारहरुको भावनाको प्रतिनिधित्व गर्ने संस्था वनाई राख्न नयाँ नेतृत्वलाई सुझाव दिनु भएको छ । विगतमा संस्थाका नाममा केही ब्यक्तिवाट भएगरेका कमजोरी अव हुन नदिन र सहकार्यको वातावरण वनाउन दण्डहिनाताको अन्तगरिनु पर्ने उहाँहरुको भनाई छ ।  निवर्तामान नेतृत्वमा रहेका एक ब्यक्तिको नामै लिएर कार्यक्रमका सहभागिहरुले संस्थाको लेटरप्याड दुरुपयोग गरेर नेपालवाट अमेरिका मानिस झिकाएको विषयमा छानविन गर्नु पर्ने माग गर्नु भयो ।
13383888_10154408469852122_363723058_o
 नेजालाई पत्रकारहरुको मात्र  संस्था वनाउन सदस्यता वितरणमा कडाइ गर्नु पर्ने र संस्थाका गतिविधि पारदर्सि वनाउन पनि सुझाव आएको छ । संस्थाका नाममा भए गरेका कुनै पनि कमीकमजोरी केलाउने र दण्डहिनताको अन्त गर्न नेजाले पहल गर्ने अध्यक्ष भोला आचार्यले बताउनु भयो । यसकालागि सवैको सहकार्य, सहमति र सहयोग अपरिहार्य हुने अध्यक्ष आचार्यको भनाई छ । आचार्यले कार्यसमितिमा छलफल गरी छानविनको विषयमा टुंगोमा पुग्ने बताउनु भयो ।
13383824_10154408469697122_128222307_o
कार्यक्रममा पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, संस्थपक सदस्य शैलेश श्रेष्ठ, पुर्व कोषाध्यक्ष गिता पन्त ,क्षेत्रिय संयोजक विष्णुहरी घिमिरे, कार्यसमिति सदस्य अनुज थापा, मच्छेदेवी गुरुङ, प्रशान्त ऐलुङ राई, ज्योती श्रेष्ठ विश्व शाह, अशोक पन्त, तेम्वा देम्वु हेल्मा, ङिमा पाख्रिन, राजु आचार्य, मनोज घिमिरे, लगायतका पत्रकारहरुले आफ्नो धारणा राख्नु भयो ।
तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया