अमेरिकामा भात ,भाडो र भान्छा पुरुषका दुश्मन 

इनेप्लिज २०७३ जेठ २२ गते १:३३ मा प्रकाशित
bijay 1
नेपालमा लागेको बानीले अमेरिकामा पिरल्दो रहेछ l पेट पूजाको लागि एकल या दुकल या बहु परिवार भए पनि आखिर सबैले पकाउ नै पर्छ र माम खानै पर्छ l खानाको लागि ३ वटा ‘भ’ अति महत्वपूर्ण हुन्छन l भात ,भाडो र भान्छा l नेपालमा पुरुष जातीले यस्मा त्यति चिन्ता गर्दैनन् l
 
देश फरक ,चलन फरक र संस्कार फरक हुनाले पुरुष अलिक अल्छी हुन्छन यो मामला मा l छिरिक्क भान्सा नहेर्ने पुरुषहरु अत्यधिक हुन्छन l केवल भाडोमा भात पकाई दिए र पस्किए खान जागर चलाउने पुरुषहरु पनि भेटिन्छन कलि युगमा l यो पंक्तिकार पनि यहि वर्गमा पर्दछ l अल्छे तिघ्रो स्वादे जिब्रो भैएको छ ,अमेरिकामा l 
 
जति सुकै जे गरे पनि आखिर जीवन संगिनी तथा महिला वर्गले भान्सा हेरी दिए हुन्छ भन्ने लाग्दछ l नेपालमा दलाएर खाने स्वभाव भएका पुरुषलाई अमेरिकामा उकुस मुकुस हुने गर्दछ l दुख गर्नु नपरोस भनि बनि बनाऊ छिटो तात्तातो खाने पनि अत्यधिक गर्ने चलन छ l यस्ता खालका भोजनायालयले अमेरिका ढाकेको छ l जति सुकै जे गरेता पनि आखिर मानिस किनेर खाएको बाट वाक्क हुन्छन l बाहिर ज्यादा खाने गर्दा घाटी बाट नै नछिर्ने हुन्छ किनभने हाम्रो स्वाद नै फरक हुन्छ l हामीलाई पिरो र अमिलो मन पर्छ l 
 
नेपालमा स्त्री जातिले पकाई दिने र मान्छे राख्ने चलन हुनाले पुरुष वर्ग नेपालमा अल्छी भै दिन्छन l तर मुग्लानमा भने कुरा फरक हुन्छ l काम गर्नै पर्छ l पुरुषका ३ दुश्मन भात ,भाडो र भान्छा ले पानी र जमिन  मुनि गए पनि छोड्दैन र धर नै पाईदैन l 
 
नखाए ज्यान जाला जस्तो हुन्छ l भात खान को लागि भाडो चाहिन्छ l भाडो भान्सामा हुन्छ l पकाउन भान्सामा जानै पर्छ l यी तीन भात ,भाडो र भान्साको सम्बन्ध परापुर्व काल देखि प्रगाढ छ l जीवन चलुन्जेल मानिसलाई यस्ले छोड्दैन l नछोड्ने हुनाले पुरुषलाई छोड्ने त कुरै भएन l यस्मा ज्यादा महिला वर्ग निपुण छन l मानौ उनीहरु को पुर्पुरोमा भात ,भाडो र भान्सा लेखेर नै आएको हुन्छ l
 
अमेरिकाको दौड धुप तथा व्यस्त जीवनको कारण लोग्ने मानिसलाई भान्सामा जान जागर चल्दैन l महिलाले नै चौका चुला गर्ने भन्ने मानसिकता बोकेका पुरुष महिलाको भर पर्दछन l महिलाले जति सुकै थकित र गले पनि उनीहरुले नै पकाई दिए हुन्छ जस्तो लाग्दछ l पुरुष लाई पकाउन झर्को लाग्छ l तुलनात्मक रुपमा पुरुष महिलाको दाजोमा मिठो पनि पकाउदैनन l 
 
आफु मिठो पकाउदिन भने पछि महिला ले पकाउने पर्यो l पुरुषहरुले भात भाडो र भान्साको सवालमा  हात उठाई दिए पछि महिलाले बाध्य भएर भान्सा हेर्ने पर्ने भएको छ l नेपालमा पनि अमेरिकामा पनि महिलालाई भात ,भाडो र भान्साले पिछा कहिले छोडेको छैन l जीवन भर छोड्ने छैन l अमेरिकामा पुरुष हरुले यी तीन ‘भ’हेरी दिए भने महिला वर्गलाई ठुलो राहत पनि हुन्छ l महिलाले नै भान्सा हेर्नु पर्नेभन्ने कुनै शास्त्रमा लेखेको छैन l पुरुष वर्गले बनाएको र जबर्जस्त लादिएको कथित चलन मात्र हो l बलजफ्ती मात्र गरेको हो l
 
जे भनेता पनि पुरुषका लागि यी तीन चिज भात ,भाडो  र भान्सा साच्चै कै दुश्मन हुन् l पुरुष यस्मा उम्किन खोज्दछन l अल्छीपन देखाउद्छन l अनि महिला घर मै हुने हुनाले दलिने हुन्छन l तर अब अमेरिकामा पुरुष फुत्कने ठाउँ नै छैन l पुरुषहरु पकाउन उस्ताद हुन् थालेका छन् l महिला भन्दा मिठो र स्वादिलो बनाउन थालेका छन् l पुरुषहरु ठुला भोजनालय तथा चमेना गृहमा  ज्यादा भान्सेमा काम गर्न थालेका छन् l अमेरिकामा भान्सेको चाँदी कटाई पनि हुन्छ l
 
यस्तो भएता पनि घर परिवारमा आफ्नी जीवन  संगिनी ,दिदीबहिनी ,आमा तथा महिला वर्गले जाँगर चलाई दिए हुन्छ भन्ने सोचाईको कारण अझ पनि महिला नै भान्साको नेतृत्व लिन बाध्य छन् l रमाएर भए पनि पुरुष वर्गलाई आत्मा सन्तुष्ट गरेकै छन् l महिलाले आफ्नो धर्म निभाएका छन् l पुरुषहरु छट्टु भएको कारण स्त्रिजातीले सास्ती पाएका पाएकै छन् l 
 
पुरुषलाई भात ,भाडो र भान्सा काउसो जस्तै भएको छ l पकाउन पर्ने भए पछि शरीर भर काँडा उम्रिन थालेको छ l हे दैव ! पुरुषको लागि ३ चिज अझ पनि दुश्मनको दुश्मन नै भएको भयै छ l

प्रतिक्रिया