समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना श्रृङ्खला ६

इनेप्लिज २०७३ जेठ २१ गते १६:३० मा प्रकाशित

shanker upreti

अहिलेसम्म त एउटा सबैभन्दा ठूलो रहस्यको भाँडोको रुपमा रहेको कम्प्युटरको आजभन्दा २० वर्षअघिको हाइदुहाई झन कस्तो थियो होला ?पश्चिमाहरुले आविश्कार गरेको त्यस विचित्रको भाँडोप्रति तेस्रो विश्वको पनि पिछडिएको नेपालजस्तो देशमा उपलब्धता नहुनु स्वभाविकै थियो । त्यसमा पनि नेपालको सरकारी विद्यालयमा सात कक्षामा अध्ययन गरिरहेको एक बालकले कम्प्युटरप्रतिको धारणा कस्तो बनाएको थियो होला ? यस्तै एक बालकले दुर्लभ मानिएको त्यो कम्पुटर आफ्नो सरको कोठामा देख्यो , सेतो पर्दाले बडो जतनसित छोपेर राखिएको र सेतो पर्दा खोलेर यसो हे¥यो । एक त कल्पना बाहिरको त्यो चमत्कारिक मेसिन र त्यसमा पनि उसले देख्यो नेपाली अक्षर । कम्पुटरमा उसले देखेको पहिलो शब्द हो- स्वागतम् । कम्युटरमा नेपाली अक्षर देखेको उसको दिमाग पनि त्यही विचित्रको भाँडोमा कसरी धेरै भन्दा धेरै नेपाली अक्षर भर्ने भनेर नै घोत्लिन थाल्यो । नेपाल र नेपालीप्रतिको यो अगाध माया र त्यस कौतुहल दिमागले आज नेपालमा मात्र नभएर संसारभरि नै नेपाली कखरा छाउन सम्भव भएको छ । संसार डिजिटल हुदैछ र हातहातमा स्मार्ट फोन प्राप्त छ । अब त तिनै बालकको स्वागतम शब्दको जिज्ञासाले अमेरिकामै बनेको एप्पल फोनदेखि सारा स्मार्ट फोनमा नेपाली पात्रो हेर्न नै सम्भव भएकोछ । यस्तो कल्पनालाई सफलतामा उतार्नसक्ने एकजना मेधावी नेपाली विद्यार्थी शंकर उप्रेतीको छोटै समयको प्रगतिलाई आजको यो शृंखलामा समेट्ने प्रयास गरिएको छ ।

एक्काईसौ शताव्दिमा सूचना प्रविधिको फडकोले मात्र समृद्धि हासिल गर्न सक्छ । तसर्थ अमेरिकाको सूचना प्रविधिको राजधानी सिलिकन भ्यालीमा क्रियाशील उप्रेतीलाई समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला ६ मा निम्त्याएका छां । उप्रेतीसँग मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु :

तपाईलाई आम जनमानसले कसरी चिन्ने ?
म एक सामान्य नेपाली,जसले हाम्रो पात्रो भन्ने एप्स निर्माण गरयो । साथमा हाम्रो नेपाली कि वोर्ड ,नेपाली शब्दकोष जस्ता एप्स मार्फत सेवा दिईरहेको छ , मलाई यसरी नै चिनाउनु हुँदा सन्तोष लिने गरेको छु ।

हाम्रो पात्रो नामको एप्स निर्माण गर्ने सोच कसरी आयो ?
जब म सन् २००८ मा अध्ययनको लागि अमेरिका आए । त्यसपछि कतिपय कुराहरु प्रवासमा मिस हुने रहेछ, यसरी मिस हुने कुरा मध्ये चाडपर्व एक हुन् । ठूलो चाडपर्व त याद हुने तर मुख्य चाड पर्वहरु जस्तै ः आमाको मुख हेर्ने,तीज जस्ता सम्झिनु पर्ने तर खोजेर नपाईने अनि चाडहरु आएको गएको थाहै नहुने भयो , अनि आफनै प्रयोगको लागि एउटा सफटवेयर वनाएको थिए, पछि साथीहरुले यो हामीलाई पनि काम लाग्छ भन्न थाले । त्यसपछि साथी भाईहरुको वीचमा शेयर पनि भयो,त्यही साथी भाईहरुको सल्लाहमा यसलाई सवैको लागि खुला राख्ने निर्णय गरियो । हामीहरुले खोज्दै जाँदा थाहा लाग्यो कि एप्पल कम्पनीले ९९ डलर शुल्क लिएर एप्स रजिष्टर्ड गर्छ भन्ने त्यसपछि रजिष्टर्ड गरियो । यसरी अहिले सवैको हातमा यो सजिलै प्रयोग गर्न पाइएको छ ।

अहिले तपाईको एप्स डाउनलोड गर्ने कति जति छन् ?
हामीहरुको तीनवटा एप्स छ, पहिलो हाम्रो पात्रो, नेपाली शब्द कोष हाम्रो नेपाली कि वोर्ड,यी सवै गरेर पचास लाख प्रयोग कर्ता छन् ।

तपाईलाई के लाग्छ ? सूचना प्रविधि नेपाल जस्तो देशको लागि समृद्धि हासिल गर्न कसरी सहयोगी वन्न सक्छ ?
अहिलेको युग सूचना प्रविधिको युग हो,विश्वको द्रुत विकासमा यसले महत्वपूर्ण फडको मारेको छ, त्यसमाथि नेपाल जस्तो देशलाई छिटो गतिको विकासमा लैजाने हो भने सूचना प्रविधि नै मुख्य अस्त्र हो । किनकि अहिले कुनै विकासको सोच आयो भने त्यसलाई कागजमा उतार्ने चरणमा नै सूचना प्रविधि प्रयोगमा आउँछ । मलाई लाग्छ, नेपाल जस्तो विकट भौगोलिक वनोट भएको देशको आर्थिक विकासमा सूचना प्रविधिले महिनौ नहुने काम एक छिनमा गर्न संभव छ । त्यसैले समृद्ध नेपालको सपनामा सूचना प्रविधि एक महत्वपूर्ण उपकरणको रुपमा रहन सक्छ ।

यसको कार्यान्वयनमा तपाईले देख्नु भएको समस्या के के छन् त ?
खासमा अरु समस्या भन्दा पनि म सूचना प्रविधिको समस्याको वारेमा भन्न चाहन्छु । हामीहरुको अझै पनि सूचना प्रविधिको लागि आवश्यक पर्ने पूर्वाधार नै तयार भईसकेका छैंनन् । त्यो भित्र ऊर्जा देखि उच्च गतिको ईन्टरनेट सेवा समेत पर्दछ । अर्को जनशक्तिको पनि अभाव रहेको छ । दक्ष र व्यावसायिक जनशक्ति सूचना प्रविधिको महत्वपूर्ण अस्त्र हो । कुनै राम्रो कम्पनीले भोलि आउटसोर्सिङ्ग मात्रै गर्दा पनि एकै पटक हजार जना खोज्न सक्छ तर हामीकहाँ त्यस्तो जनशक्ति छैंन् ।
यसै गरी नेपालमा कतिपय अवस्थामा उत्पादन र लागतको तादम्यता मिलेको छैंन्, अर्थात जुन एप्स विकास गरिन्छ त्यसको वजारको सानो भईदिनाले लागत मूल्य अनुसारको आम्दानी नभएको अवस्था छ ।

यी समस्या समाधानको लागि के गर्नुपर्छ ?
यदि नेपालले सूचना प्रविधिको क्षेत्रमा फडको मार्ने हो भने ई कमर्समा जाने सोच वनाउनु परयो । त्यो भनेको हरेक कुराको भुक्तानी गर्ने प्राविधिक क्षमताको विषयलाई स्वीकार गर्ने, अर्थात पेमेन्ट गेटवे ( अन्तर भुक्तानी संयन्त्र) । यो गेटवेको आधारमा तपाई हरेक क्षेत्रको क्रियालापमा प्रविधि जोडिन आउँछ ।
मलाई के लाग्छ भने जसरी हामी अमेरिकामा विल भुक्तानीको माध्यम आफनो ईमेल वा अनलाईन मार्फत गरेर हरेक वस्तु र सेवा खरिद गर्न सक्छौं । त्यस्तै प्रविधिले मात्र हाम्रो अर्थतन्त्रमा योगदान दिन सक्छ । त्यो जोडनका लागि अव सरकारी तवरवाट समय सापेक्ष नीति नियम आउन सक्नु पर्छ ।
साथै सूचना प्रविधि उच्च तवरको प्रतिस्पर्धा हुने क्षेत्र भएकाले विश्वको आवश्यकता अनुसारको प्रविधि विकास गर्ने र त्यसलाई मजवुत मार्केटिङ्गको पनि खाँचो रहेको छ । त्यसका लागि हाम्रा विश्वविद्यालयहरुले ठोस अवधारणा सहित जनशक्ति उत्पादनको सोचमा जानु पर्छ ।

तपाईको सोचमा प्रविधि नअपनाएर नेपालले आम्दानीको हिस्सा गुमाईरहेको छ ?
निश्चिय नै, अहिले हेर्नु त नेपालीहरु रकम खर्च गरेर स्मार्ट फोन वोकिरहेका छन् । तर त्यसको उपयोग गर्न सकेको खोई ? तपाई हामी वसेको ठाउँमा एउटा स्मार्ट फोनले हरेक कुराको संभव भएको छ । खाने, तिर्ने,हिडने देखि सवै कुरा ।
खासमा नेपालमा यातायात, स्वास्थ्य लगायतका क्षेत्रमा त्यस्तो खालको एप्स निर्माण गरेर जोडने हो भने नागरिक तहमा पनि धेरै सुविधा हुने थियो । त्यो केही मात्रामा प्रयास त भएको छ
,तर सरकारले पेमेन्ट गेटवेको अवधारणामा नगएको कारणले कठिन भएको अवस्था छ । आखिर अर्थतन्त्र गतिशिल वनाउने ईकमर्स ले नै हो ।

तपाईले नेपालमा गर्नु भएको या आगामी दिनमा गर्ने सोच वनाउनु भएको कुनै योजना छ ?
हामी साथी भाई मिलेर लागि रहेका पनि छौं, मेरो पहलमा काठमाण्डौंमा एउटा अफिस पनि सञ्चालनमा आएको छ । साथै नेपालमा भएका युवाहरुलाई विभिन्न अन्र्तक्रिया तथा तालिममा दिने काममा पनि सहभागी भएको छु । त्यस्तै खालको अलि ठूलो दायराको तालिम लैजाने सोचमा रहेको पनि छु । मलाई सूचना प्रविधि ठूलो अवसरको क्षेत्र हो जस्तो लाग्छ । यसमा पोख्त हुनका लागि युवाहरुलाई मेहनत गर्न अनुरोध गर्दछु । किनकि मेहनतले खोजी गराउँछ, खोजीले सृजना वढाउँछ । जहाँ सृजना हुन्छ त्यसमा मूल्य प्राप्ती हुन्छ ।

Madhukar Adhikari_final Sologan_final Logo of patner agency_final

प्रतिक्रिया