म पात्र मा डुबेकि हुदी रहेछु अनि छोराले पटक पटक प्रश्न गर्दा पनि उत्तर नदिने रहेछु :लेखिका नीलम कार्की निहारिका

इनेप्लिज २०७३ जेठ २१ गते १०:३० मा प्रकाशित

nilam

महाभारतको बिसयलाई बर्तमान संग जोडेर लेखिएको उपन्यास चिरहरण अहिले नेपाली साहित्य वृतमा चर्चामा छ | उपन्यासकार बिगत नौ बर्स देखि अमेरिकामा रहदै आउनु भएको छ | प्रस्तुत छ चिरहरणकि लेखिका नीलम कार्की निहारिका संगको कुसारी  :

कसरी लेख्नु भयो ? बिसाल पुस्तकले सजिलो पक्कै भएन होला ?

गह्रो भन्नु नमिल्ला  तर सजिलो भएन पनि भएन |

पुरुष को तुलना मा महिला साहित्यकारलाई लेखन असहज भन्ने सुनिन्छ ,के भन्नु हुन्छ ?

समयको हिसाबले भन्नु भएको हो भने यो कुरा मा सत्यता छ | यहाँ निर  नारी र पुरुष साहित्यकारमा स्पस्ट भिन्नता नाप्न सकिन्छ | कोहि पुरुस साहित्यकारहरुको भन्नु हुन्छ म हप्ता पन्ध्र या महिना दिन रिसोर्टमा गएर एकान्त मा लेखे | तर हामि नारिले त  घर परिवार कामबाट समय निकाल्ने हो | तरकाली  काट्दै ,या बच्चालाई स्तनपान गराउदै प्लट तयार पार्ने पनि हुन् सक्छ  |एक पुरुस साहित्यकार  घरमा  लेख्नु बस्नु भएको छ भने ३ पटक चिया बनाएर लेख्ने ठाउमा ल्याई दिने हुन् सक्छन  ,महिला साहित्यकार ले भने लेख्न बसेको छ भने पनि तिन पटक उठेर चिया बनाएर दिनु पर्ने  हुन् सक्छ  |..कठिन छ | अति कठिन | लेखि रहदा कति पटक मलाई अति ग्लानि पनि भयो | म पात्र मा डुबेकि हुदी रहेछु अनि छोराले पटक पटक प्रसं गर्दा पनि उत्तर नदिने रहेछु |कि यति है हो हो भनि दिने रहेछु | एक पटक छोरा आफुलाई रेस्पोन्स नगरेको भनेर  रोयो  नै ,त्यस पछी भने म छोराहरु स्कुल बाट आएपछि ,घरमा भएको  बेला र रात मा पनि  उनीहरु नानिदाउँदा सम्म सिर्जना गर्दिन भनेर कसम नै खाए | र  एक नीद पछी उठेर लेख्ने मेरो दैनिकी बन्यो |

महाभारत कै कथा भित्र पसेर लेख्ने योजना कसरी बनाउनु भयो ?

म गाउमा हुर्किएकी हु | पाल्पा को झडेवा भन्ने ठाउँ | त्यहा मेरो आमा सिक्षिका हुनु हुन्थ्यो | आमाले राति सुत्ने बेला कथा भन्नु हुन्थ्यो | कथामा महाभारत हुने गर्थ्यो |ति  कथा र गाउका केहि घटनाहरुले मेरो मन मस्तिस्कको एक हिसा  कब्जा नै गरेका रहेछन | यो बिसयमा पहिला नै  लेख्छु भनेकी थिए तर आट गरिन  | या भनु समय जुरेको थिएँन | तर लामो समय देखि पात्रलाई भने साथ साथै बोकी हिडेकी थिए |अब भने पाठकको जिम्मा लाएकी छु | अलि हल्का भएकी छु |

चिरहरण भन्दा त द्रोपदीको चिरहरण भन्ने बुझिन्छ झट्ट सुन्दा ?

हो महाभारतको कुरा गर्दा द्रोपदीको चीरहरण छुट्ने बिसय नै होइन | त्यो छ | मुख्य रुपमा  नै छ | तर द्रोपदी को अन्य  हरण पनि  छ |

माईल स्टोन हुन् सक्छ भन्ने जस्ता अभिब्यती पाठकबाट नै पनि सामजिक संजालमा  आएका छन | यहाँ कतिको असाबादी हुनुहुन्छ ?

मलाई बिस्वास छ , रुची पुर्बक पढ्नु हुन्छ | जति पाठक को हात मा परेको ,पढी रहनु भएको छ ,पढी सक्नु भयो उहा हरु बाट अति सकरात्मक प्रतिक्रिया पाएकी छु | तर म यो पनि स्पस्ट भन्छु सबै लाई उसै गरि मन पर्ला भन्न म सक्दिन | रोजाईमा पृथकता  हुन्छ | उदाहरण -मेरा दुई छोरा छन् |उनिहरुकै  टेस्ट फरक छ | एउटालाई त्यो उमेरमा हेरी पोटर मन पर्ने गर्थ्यो, अर्कोलाई अहिले डायरी अफ विपी किड |

हिजो आज पुस्तक बजारमा आए पछी हुने हल्ला या बिज्ञापनलाई कुन रुपमा लिनु हुन्छ ?

तपाईले उपभोक्ताको लागि कुनै नया  कुरा उत्पादन गर्नु हुन्छ भने ,त्यो समान बजारमा आएको छ भन्ने कुरा थाहा पाउन जरुरि छ | तर फरक के छ भने एउटा क्रिमको बिज्ञापन गर्दा हप्ता दिनमा निखार आउछ भनी सुन्दरी स्त्रीको चम्किलो अनुहार देखाए जस्तो हुनु  अस्वभाविक हुन्छ  | घात पनि हो | पुस्तक प्रकासन भए पश्चात नया पुस्तक बजारमा आएको कुरा पाठकले थाहा नै नपाई कसरी पाठक सम्म पुग्ने र ? त्यो जानकारी दिनु पनि पर्छ , पाठकले पाउनु पनि पर्छ | त्यति सम्म हुनु अति जरुरि छ | तर अरु त पाठक कै हातको कुरा हो |

nilam

प्रतिक्रिया