अहिलेको अमेरिकि तातो बहस​– — — — — — — — — — — नर्थक्यारोलिनाको बाथरुम "गे" निषेध कानुन काण्ड

इनेप्लिज २०७३ जेठ १९ गते ९:५० मा प्रकाशित

sanubabu silwal

अमेरिकाको नर्थक्यारोलिनाको राज्य संसद हाउस अफ रिप्रेजेन्टेभसले गत मार्चको २३ तारिखमा लेसबियन​, गे, बाइ सेक्सुवल​, ट्रान्सजेन्डर( कित्रिम लिङ्ग परिबर्तन​) एल जिबिटीका लागि बाथरुम​, चर्पि, शौचालय प्रयोगमा गरिएको चर्पि निषेधको कानुनले यति धेरै तहल्का, चासो, बिरोध र राजनैतिक तातो बहसको रुपमा आउला भनेर रुढिबादि र पुरातनबादि रिपब्लिकन नियन्त्रित नर्थक्यारोलिनाको राज्य संसद, सरकार र दलले समेत नसोचेको हुनुपर्दछ​। अचम्मै भयो र साच्चै भन्नुपर्दा अरु जल्दाबल्दा बिषयबस्तुको दाजोमा यो बिषयबस्तु त्यत्तिसारो जनसबाल नहुनुपर्दथ्यो पनि। एचबिटु अर्थात हाउस बिल टुको नाममा आएको उक्त कानुन नर्थक्यारोलिनाको संसदबाट पास भ​एकै दिन राति उक्त राज्यका गभर्नर प्याट म्याक्क्रोरिले हस्ताक्षर गरेपछि उक्त राज्यको कानुनको रुप लियो उक्त चर्पि निषेध बिषयले।

साचो अर्थमा भन्नुपर्दा के छ त उक्त कानुनमा यत्तिसारो चासो र बिरोध एबम आपत्ति हुनुपर्ने ट्रान्सजेन्डर ब्याक्तिहरु (जसले जन्मदा पुरुष र पछि महिला बने र जन्मदा महिला तर पछि जसजसले पुरुष बने)ले यस कानुन अनुसार अब आइन्दा सरकारि कर्मचारि, सरकारि कार्यालय​, बिश्वबिध्यालय​, कलेज​, सार्बजनिक बाथरुम​, सडकका छेउमा सुबिधाका लागि राखिएका रेस्ट एरियाका बाथरुम​, शौचालयहरुमा बाथरुम जान मन लागेमा हातमा जन्मेको प्रमाणपत्र बोकेर हिड्नुपर्नेछ​। उनिहरु जे जस्तो लिङ्गमा जन्मेका थिए मानौ पुरुषको रुपमा जन्मेको तर पछि शल्यचिकित्सा मार्फत महिला र महिला पुरुषको रुपमा परिबर्तन भ​एपनि उल्लेखित क्षेत्रमा रहेको बाथरुम प्रयोग गर्न जादा जे जस्तो रुपमा जन्मेको हो पुरुषको रुपमा जन्मेको भ​ए पुरुष शौचालय र महिलाको रुपमा जन्मेको भ​ए महिलाको बाथरुममा जानुपर्नेछ​। परिबर्तित लिङ्ग अनुसार महिला भ​ए महिलाको र पुरुष भ​ए पुरुषको बाथरुममा जान पाइने छैन​। यदि परिबर्तित लिङ्ग परिबर्तन अनुसार बाथरुम प्रयोग गरिएको पाइए वा जन्मप्रमाण पत्रको भन्दा बिपरित पाइए वा कसैले उजुरि गरे तुरुन्तै गिरफ्तार हुने र जेल जानुपर्नेछ अब​।

अमेरिकि मुल वा सघिय सरकार नर्थक्यारोलिनाको राज्य सरकारको उक्त कानुनले सघिय सिभिल राइटको कानुनठाडो उलघन गरेको बताइरहेको छ​। यतिमात्रै होइन उक्त कानुनले लेसबियन​, गे, बाइसेक्सुवल र ट्रान्सजेन्डर्सकोनिम्नतम र सरक्षित गर्ने अधिकारलाइ निमिट्यान्न पारेको मात्रै छैन कि छुवाछुत र पक्षपातलाइ बढावा दिएकोमाअमेरिकन​, सघिय सरकार र जस्टिक डिपार्टमेन्ट दुखि, चिन्तित र उक्त कानुन फिर्ता गराउन र लागु हुन नदिनदबाबमुलक ढङ्गले लागिरहेको छ​।

सघिय सरकार र जस्टिक डिपार्टमेन्टले निस्तेज गरि रिअपिल मार्फत उक्त कानुनलाइ फिर्ता गर्न मे ९ सम्मअन्तिम अल्टिमेटम दिएपनि नर्थक्यारोलिनाका गभर्नर प्याट र सभामुख टिम मोरले आनाकानि गरि उक्त अल्टिमेटम आउछ र जान्छ तर आफुहरु उक्त कानुन लागु गराएरै छोड्नेमा प्रतिबद्द छन​।

उक्त कानुन ल्याइएपश्चात उक्त छुवाछुत पुर्ण​, अमानबिय र अनैतिकपुर्ण कानुनको बिरुद्दमा सघिय सरकार​, डेमोक्रेटिक दल​, रिपब्लिकनका केहि, ब्यबसायका क्षेत्रमा कर्पोरेट हाउसहरु, फ्रेन्चाइज, खेलकुद​, सिभिल सोसाइटि, लेसबियन​, गे, बाइसेक्सुल र ट्रान्सजेन्डर्स अधिकाश धर्ना, प्लेकार्ड​, आन्दोलन र बिरोधमा उत्रिसकेका छन र अमेरिकन सचार माध्यमहरुको अधिकास समय यस बिषयबस्तुले ओगटेको देखिन्छ​। खेलकुदका निर्धारित खेलहरु, कर्पोरेट हाउसहरु यस राज्यबाट बाहिरिने, फ्रेन्चचाइजहरुले कर्मचारि कटौति गरि लगानिमा कमि, सघिय सरकारको यातायात बिभागले यस राज्यमा थप सडक नबनाउने, सघिय सरकारले बजेट रोक्ने अबस्थाका कारण यो कानुन नर्थक्यारोलिनाको राज्य सरकारलाइ महङ्गो साबित हुने देखिन्छ​। गभर्नर प्याटले यो कानुनले सबै ठाउहरु र सबै खालका बाथरुमहरुमा लागु नहुने भनेपनि यसको प्रत्यक्ष प्रभाब सबैतिर पर्नेछ​। यसरि बाथरुममा निषेध गर्नुमा बच्चाहरु जो बाथरुम जान्छन ति ट्रान्सजेन्डर्स ब्याक्ति वा लेसबियन, गे, बाइसेक्सुवल ब्याक्तिहरुबाट दुरुपयोग वा पिडित बन्न नपुगोस भन्ने नै मुल अभिप्राय देखिन्छ​। यसरि तोकिएरै निषेध गरिनु मानब अधिकार र नैसर्गित अधिकारको पुर्न हनन हो भन्ने बुझ्न सकिन्छ​।

उक्त एल जिबिटी समुदायबाट बाथरुममा बच्चाहरु पिडित​, असुरक्षित हुनसक्ने अबस्थालाइ सम्बोधन गर्न खोजिएपनि उक्त कानुनले उक्त प्रक्रितिका अपराधमा कमि ल्याउन नसक्ने दाबि गरेका छन​। अमेरिकामा स्वतन्त्रता र धनि मुलुकको दुरुपयोगको रुपमा लिन्छन मानब अधिकारबादिहरु। अमेरिकामा तेश्रो लिङ्गि, लेसबियन​, गे, बाइसेक्सुवल र ट्रान्सजेन्डर्सको ठुलो बाहुल्यता रहेको छ र नर्थक्यारोलिनाले उस्तै उस्तै लिङ्गबिचमा हुने बिबाहलाइ पहिले नै निषेध गरिसकेको छ​। यस कानुनले यदि एलजिबिटि समुदाय कुनै ब्यबसाय वा सेवाप्रदायक ठाउ वा क्षेत्रमा सेवा प्राप्त गर्न अस्विक्रित हुन सक्छन​। उदाहरणको लागि तेश्रो लिङ्गि, लेसबियन​, गे, बाइसेक्सुवल र ट्रान्सजेन्डर्स कुनै केक बनाउने ठाउमा बर्थ डे केक बनाउन अडर दिन वा केक किन्न खोजेमा केक बेच्नेवालाले उनिहरु तेश्रो लिङ्गि, लेसबियन​, गे, बाइसेक्सुवल र ट्रान्सजेन्डर्स भ​एकै कारणले म तिमिहरुलाइ केक बेच्न सक्दिन भन्ने अधिकार प्रत्यायोजित गरिएको छ​। यो सरासर गलत​, पक्षपात र अमानबिय हो भन्दा भयो।

यस्तो अबस्थामा धेरै सरकारि कर्मचारि, शैक्षिक क्षेत्र​, सार्बजनिक स्थल​, लगानि, सामाजिक भेदभादमा प्रत्यक्ष प्रभाब पर्नेछ​। अमेरिकाको राज्य सरकारहरु आफुले चाहेको, राज्यको आबस्यकता अनुसार आआफ्नो कानुन बनाउन वा तर्जुमा गर्न सक्छन तर बनाइने उक्त कानुनहरु सघिय सरकार​, सबिधान र बिल अफ राइटसग बाझिने वा काट्ने वा बिरोधाभाष भने हुनु हुदैन। जसबाट अन्तर शक्ति बिभाजन​, सबिधानले प्रत्यायोजित अधिकारमा अन्तर्बिरोध वा बाडफाड गरिएको शक्तिमा कानुन त अप्ठेरो स्थिति आउदा अमेरिकि सर्बोच्च अदालतले हस्तक्षेप गर्ने अबस्था सिर्जना हुनेछ​।

-बरिष्ठ वातावरण पत्रकार सिलवाल अमेरिका–नेपाल व्यवसायी संघका कार्यवाहक सभापतिका साथै

अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया