शिविरमा ८ सय १५ जनाको स्वास्थ्य परीक्षण

इनेप्लिज २०७३ जेठ १५ गते २०:१८ मा प्रकाशित

13301409_1083844895022011_8857085116258216478_o

चितवन, रत्ननगर जेठ १५ ।
पूर्वी चितवनको कालिका नगरपालिका ५, जुटपानीमा आज शनिबार निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शक्तिखोरका स्थानीय समाजसेवी सोर बहादुर अधिकारीको पूण्य स्मृतिमा आयोजित शिविरमा बाल रोग, छाला, पाठेघर, मुटु, हाड जोर्नी लगायतका रोगको निशुल्क परीक्षण र औषधी समेत निशुल्क वितरण गरिएको थियो । पुष्पाञ्जली सामुदायिक अस्पताल भरतपुरको सहयोग र अधिकारी परिवारको आयोजनामा भएको कार्यक्रममा शक्तिखोर, सिद्धि र जुटपानीका विपन्न समुदायको उपचार गरिएको अस्पतालका डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।

13305060_1083844665022034_1636086921650211458_o सो शिविरमा उपचार गराएका बिरामीहरुलाई पुष्पाञ्जली अस्पतालको सबै सेवामा ३० प्रतिशत छुट दिने अधिकारीले बताए । विपन्न वस्तीका बिरामीहरुलाई लक्षित गरी आफुले सो छुट दिन लागेको र सो क्षेत्रमा बढी मात्रामा छाला र पेटका बिरामी पाइएकोले पुनः छालाको निशुल्क स्वास्थ्य शिविर राख्ने लक्ष्य रहेको उनले बताए । सो शिविरमा डा. मुक्ति देवकोटा, डा. रामसुन्दर तोयना, डा. शुशिल अधिकारी, डा. दिक्षा श्रेष्ठ, डा. यूगनिधि बस्यौला लगायतका ८ जना डाक्टर सहित १५ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको अस्पतालका कार्यक्रम प्रमुख गोपाल पौडेलले जानकारी दिए । कार्यक्रममा स्थानीय गोपी श्रेष्ठ, लक्ष्मी नारायण चौलागाई, बीरेन्द्र अधिकारी, डा. भोजराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

13308503_1083844745022026_3390445199259839434_o 13316902_1083844818355352_4881991643819264818_o

प्रतिक्रिया