जनार्दन मिश्रको खुसीको खोजीमा बजारमा उपलब्ध

इनेप्लिज २०७३ जेठ १३ गते १४:०२ मा प्रकाशित

IMG_0480

हामी सम्पूर्ण मानबजगत अनन्तकाल देखि एउटा मात्र बस्तुको खोजीमा भौंतारिहेका छौँ र त्यो हो खुसि वा सुखको खोजि I चेसापिक, भर्जिनिया निबासी जनार्दन मिश्रको यो पुस्तक “ खुसीको खोजीमा “ पनि यहि बस्तुलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने बिसयमा आफ्ना बिभिन्न धारणाहरु ब्यक्त गरिएको पाइन्छ I

मानिसका इच्छा र चाहनाहरु असिमित हुन्छन र एउटा पुरा हुन पाएको छैन अर्को तुरून्त पैदा हुने हुनाले उ जिबन रहेसम्म यसैको माखे सांगलोमा अल्झिरहन्छ र यसबाट उम्कन असम्भब प्राय हुन्छ I तर लेखकले आफ्नो रचनामा त्यसबाट केहि मात्रामा भएपनि उम्कन सक्ने सरल अबधारणाहरु व्यक्त गर्न चाहेको देखिन्छ I लेखकले हुनसकेसम्म र सम्भब भएसम्म साधा र सरल जिबन जिउनाले मानिस खुसि रहन सक्छ भन्ने राय गरेको देखिन्छ I

लेखकका अनुसार सकिन्छ भने अरुलाई सहयाग गरौँ होइनभने आफ्नो कारणबाट अरुलाई कुनै पनि चोट वा दु:ख नपुर्याईकन काम गर्न सक्नुनै जिबनको सफलता हो I समाधान बिनाका समस्या हुँदैनन् र जे जस्तो भएपनि आकासै त खस्दैन नि भन्ने दृढ विश्वास सबैले राख्नु पर्ने धारणा व्यक्त गरिएको छ I यो पुस्तकमा रमाइला सिर्सक जस्तै झनक्क रिसाउने बानि कम गरौँ, जे भएपनि आकासै खस्दैन नि त, सकेसम्म हँसमुख हुन सिकौं, पहिले आफुले आफैलाई माया गर्न सिकौं, मेरो कुरा मात्र ठिक भन्ने लिंडे ढिपी कम गरौँ, आफुले आफैलाई गालि गर्न कम गरौँ, त्यो यो त्यो भएपछि खुसि हुने तर कहिले ? आदि जस्ता ३२ सिर्सक समाबेस भएको देखिन्छ I

यो पुस्तक ठुलो लिपिमा रहेको र सामान्य नेपाली लेखपढ गर्न जान्ने जो सुकैले पनि पढ्न र बुझ्न सक्छ I

प्रतिक्रिया