पैसा छापेर देश विकास गर्न नसक्ने लाचार सरकार भन्दै एकोहोरो फलाक्न थाले गाउँका हजुरबा – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ १३ गते १३:०२ मा प्रकाशित

prakash

म जव ९/१० कक्षामा पढ्दै थिए र पढ्दै जाने क्रममा वरापरीको आर्थिक-सामाजिक-राजनैतिक परिवेशले मलाई एक्कासी मनमा तरंग आईयो की किन हाम्रो देशमा चाहेजति विकास हुन सकिरहेको छैन र हाम्रा बाबाहरुले, काकाहरुले आफ्नै देश भित्र पर्याप्त काम नपाएर आफ्ना लालाबाला र परिवार छोडेर बाटे खर्च चर्को व्याजमा साहुबाट ऋण काडेर मुंग्लान पसेका छन्, छिमेकीको दाई रामे किन रोजगारीको लागी जर्मन र कोरिया हानिए, पल्लो गाउँको दाई जिवन चलाउन अर्काको भारी बोक्थे, हलो जोत्थे तर त्यो काम छोडी एकाएक किन साउदी हानिए, मेरो आमाले किन मागे जति पैसा मलाई दिन सक्नु हुन्न, गाउँको सामान्य खानेपानी योजना, कुलो निर्माण , बाटोघाटो, स्वास्थ्यचौकी, स्कुल भवन निर्माण लगायतका सानातिना परियोजनाहरु पार्नको लागी नेता, मन्त्रीहरुको सामु गाउँका भलाद्मीहरु राजधानी काठमाण्डौ डेलिगेसन गएर योजना पार्छन्, किन भने अनुसार सबै ठाउँमा विकास हुन सकेको छैन र यस्तै सयौ प्रश्नहरु मेरो मस्तिष्कमा तंरगित भयो र मनमनै सोचे यी सबका लागी प्रशस्त पैसा चाहिन्छ र पैसा छाप्ने र निकाल्ने काम सरकारको मातहत एवं प्रत्यक्ष नियन्त्रणमा रहेको नेपाल राष्ट्र बैकले गर्छ तर भने जति र आवस्यकता अनुसार किन पैसा छाप्दैन, कसले रोक्छ त्यो चाहे जति परिमाणमा नोट छाप्ने काम गर्न , राजा सर्वेसर्वा मानिएको यो वेला( बहुदल नआउँदै ) उनको बोलीमा गोली भन्दा बढि शक्ती हुन्छ त्यही पनि यो नोट छाप्ने काममा त्यो शक्तीले किन काम गरेको देखिदैन ।

चाहे जति छापेर जनताको आवस्यक समस्या समाधान र विभिन्न विकासका कामहरु गरे भैहाल्यो नी भन्ने जस्ता कुराहरु मनमा उव्जेर मैले कलासमा केही मिल्ने सहपाठी साथीहरुलाई यसबारे कुरा राखे र उनीहरुबाट जवाफ आयो छोड्दे यी सब कुरा पछि क्याम्पस पढेपछि थाहाँ होला, अहिले टाउँको नदुखाई खुरु खुरु पढ राम्ररी एस.एल.सी. पास गर । यति सुनेपछि पनि मेरो जिज्ञासा शान्त हुन सकेन मनमा यो कुरा गडिरहेको थियो बारम्बार यसले मानसपटलमा घच्घचाउने रह्यो । जसरी पैतलामा विशालु काँडा गडिरहेको हुन्छ र सियो उनेर निकाल्न खोज्दा पनि निकै गारो हुन्छ त्यस्तै भएको थियो मेरो मनमा यो पैसा छाप्ने बारे आवस्यक ज्ञान नहुँदा तर मलाई थाहाँ थिएन यो कुरा किन यसरी मनमा गडिरहेको छ । त्यसपछि यो खुल्दुली बारे मैले मेरो हजुरबालाई गफैगफ चलिरहेको बेला प्रसंग मोडेर यसबारे सोधे सरकारले कसरी कुन आधारमा पैसा निकाल्छ भनेर मैले प्रश्न गरे वास्तवमा उहाँ त्यति पढेको व्यक्ती हुनुहुन्थेन तर पंचायतको पालामा वडा सदस्य-अध्यक्ष भएर सामाजिक काममा सकृय भने भईरहनु हुन्थ्यो र उहाँले भन्नु भयो बाबु मेरो विचारमा कुल राष्ट्रिय उत्पादनको आधारमा सरकारले पैसा छाप्छ जतिपाई त्यती पैसा छाप्न पाईदैन । मैले खासै यसबारे बुझिन र यो कुल राष्ट्रिय उत्पादन भनेको के हो त्यो पनि बुझिन किनका ९/१० कलासमा मेरो मेजर विषय अप्सनल म्याथ र साईन्स थियो, सायद यस बारे ईकोनोमिक्स मेजर हुनेलाई केही जानकारी हुन्थ्यो होला । उहाँले देशमा संचालित सम्पुर्ण उद्योगको उत्पादन र कृषि उत्पादनको कुल जोडलाई कुल राष्ट्रिय उत्पादन हो भनेर मलाई बुझाउने कोसिस गर्नु भयो तर मलाई त्यो ज्ञान प्राप्त भएन र यत्तिकै मनको कुरा मनमै रह्यो कतैबाट मेरो जिज्ञासा मेटिएन र त्यतिवेला अहिले जस्तो ईन्टरनेटको जमना थिएन जसलाई सर्च गरेर आवस्यक जानकारी लिन सकियोस् र सदरमुकाम एवं शहरहरुमा आएर त्यो जिज्ञासा मेट्ने किसिमका कितावहरुनै प्राप्त गर्न सकियोस् । त्यसैले त्यो यत्तिकै मनमै थाती रह्यो ।

जव प्रमाणपत्र तहको अध्ययन शुरु गरे र मैले अर्थशास्त्र र एकाउन्ट विषय पढ्न थाले पुन मेरो मनमा त्यही नोट/पैसा निकाल्ने सरकारी तौरतरिका र प्रावधानको बारे जिज्ञासा मनमा उव्जियो मैले यसबारे एकोहोरो सोच्न थाले र सोच्दा सोच्दै मेरो कलासको पढाईलाई खासै महत्व दिन छोडे र कयौ पटक अर्थशास्त्र र एकाउन्ट विषय पढाउने सरहरुलाई यसबारे सोधे तर उहाँहरुबाट चित्त बुझ्दो जवाफ पाउन सकिन । मेरो मनमा उब्जेको त्यो प्रश्नको जवाफ पाउनको लागी मैले पोखरा, काठमाण्डौ गएको मौकामा पुस्तक पसलहरुमा मौद्रिक र बैंकिंग सम्बन्धी केही किताबहरु पनि किनेर ल्याएर पढे । ती किताबहरु बाट मुद्रा निष्कासन सम्बन्धी सिद्धान्तहरु र नेपालमा मुद्रा निष्कासन गर्दा अवलम्वन गरिने सिद्धान्त बारे र त्यस्तै मुद्रा संकुचन एवं मुद्रास्फीति बारे त्यस्तैगरि विश्व मुद्रा कोषको काम, कर्तव्य बारे सामान्य जानकारी पाए । त्यसको साथमा सरकारी प्रत्याभूतीहरु, ट्रेजरी बिलहरु निष्कासन सम्बन्धीबारे पनि जानकारीहरु मिल्यो । त्यस्तै विश्व अर्थतन्त्रमा मुद्रा संकुचनले देखिएको व्यापक आर्थिक मन्दी खासगरि सन् १९२९/३० ताकाको र त्यसले पारेको विश्व जगतमा पारेको प्रभाव त्यस्तै व्यापक मुद्रास्फीतिले पारेको आर्थिक एवं सामाजिक समस्याहरु बारे मोटामोटी ज्ञान हुन सक्यो । त्यतीबेला एउटा कुराको माईन्ड मेकअप के भयो भने पैसा जथाभावी न त छाप्न पाईन्छ न त छापेर नै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ, बरु उल्टो वस्तु तथा सेवाको मुल्य आकाशिएर मुद्राको मुल्य दिन दिनै अवमुल्यन हुँदैजाने र यसले अर्थतन्त्र एवं दैनिक जीवनमा नकारात्मक प्रभाव पार्ने हुँदोरहेछ भन्ने जानकारी थाहाँ भयो । त्यस्तै राष्ट्रिय उत्पादनको तुलनामा दैनिक चलन चल्तीमा प्रयोग गरिने मुद्राको मात्रा अधिक हुँदा मुद्रास्फीति बढ्ने, बैकहरुले साख सृजना अधिक गर्दा मुद्रास्फीति बढ्ने, बैकहरुको व्याज र अन्य बैंकिंग निती र राष्ट्र बैकको मौद्रिक नितीले पनि मुद्रास्फीतिमा प्रभाव पार्ने, आर्थिक कारोवारमा मुद्राको चलनचल्तीको गति, मात्रा एवं राष्ट्रबैकमा रहने विदेशीमुद्राको संचितीले पनि यसलाई प्रभाव पार्ने जस्ता धेरै आर्थिक चरहरुले मुद्रास्फीति र मुद्रासंकुचनलाई नियमन गर्न प्रभाव पार्ने जस्ता कुराहरु बारे हल्का जानकारी भयो । अमेरिकी डलर र अन्य विदेशी मुद्रा किन पावरफुल भए र ती मुद्रा अन्तर्राष्ट्रिय व्यापार-व्यवसायको प्रचलनमा किन सबैले मानेका छन् भन्ने बारे पनि अभगत भयो । त्यस्तैगरि भारतिय मुद्रा नेपालमा चल्ने तर नेपाली मुद्रा भारतमा नचल्ने त्यहाँ एककिसिमले कागज सरह हुने के कारण हो त्यस तिर पनि मोटामोटी जानकारी हुन सक्यो तर पनि व्यापकरुपमा राष्ट्रबैकले नेपाली मुद्रा निष्कासन के कसरी के को आधारमा कुन कुन प्रावधान र मान्यताका आधारमा गर्छ । मुद्रा निष्कासन गर्दा राखिने सुरक्षण प्रत्याभूतीहरुको नियमन कसरी गर्छ, सुरक्षण वा जमानत राष्ट्रबैकको सुरक्षण कोषमा नराखी नोट निष्कासन गर्न सक्छ वा सक्दैन र सक्दैन भने किन सक्दैन, कुन कुराले त्यसो गर्न रोकेको हुन्छ ।

मुद्रा/नोट निष्कासनमा अन्तराष्ट्रिय मौद्रिक निकायहरु, विश्व मुद्रा कोषको कुनै हस्तक्षेपकारी भुमिका हुन्छ वा हुँदैन, त्यस्तो भुमिकामा के के कुरा पर्छन् र के कसरी नियमन गरिरहेको हुन्छ । मुद्रा निष्कासन सम्बन्धी चासोको विषय नितान्त आफ्नो राष्ट्रको मात्रै हो की अन्तर्राष्ट्रिय जगतको पनि हो भन्ने यस्तै यावत कुराहरु मसिनो रुपमा मैले बुझ्ने गरि सम्पुर्ण कुरा समावेश भएको नेपाली कितावहरु बजारमा भेट्न भने सकिन । त्यस्तै प्रमाणपत्र तह उत्तिर्णगरि स्नातक तह र स्नातकोत्तर तह सम्म पढ्ने क्रममा पनि यस सम्बन्धी आर्थिक लेखहरु र कितावहरु पढ्ने कोशिस गरिनै रहे तर मैले स्नातक तह र स्नातकोत्तर तहमा मुल विषय अर्थशास्त्र लिएर पढिन र व्यवस्थापन तहमा अर्थशास्त्र पढ्नु पर्ने भएपनि विस्तृत रुपमा विभिन्न अर्थशास्त्रको सिद्दान्तहरु पढ्ने मौका मिलेन । यद्यपि मुद्राको विभिन्न सिद्धान्त सम्बन्धी जानकारी लिन अर्थशास्त्रका मुद्रा, बैंकिंग सिद्धान्त समेटिएका कितावहरु भने थोडाबहुत अध्ययन गरे । यसबाट मोटामोटी ज्ञान त मिल्यो तर एउटा कुरा भने अहिले सम्म पनि जिज्ञासाको रुपमा रहेको पाईयो की मुद्रा निष्कासन सम्बन्धी व्यापक जानकारी सर्वसाधरणहरुले लिने गरि खासै आर्थिक लेखहरु, सरल भाषाका नेपाली माध्यममा छापिएका कितावहरु बजारमा आएको मलाई त्यती जानकारीमा छैन । नेपालमा धेरै अर्थविद्हरु छन् तर उनीहरु बाट यति संवेदेनसिल आधुनिक समयको अर्थतन्त्रमा हरेक क्षेत्रमा गाँसिएर आउने चिजको बारे यथोचित जानकारीहरु समेटिएका आर्थिक लेख, पुस्तिकाहरु, रिपोर्टहरु सार्वजनिक भएको त्यतिसारो देखिदैन । हुनत: त्यस्ता लेख र जानकारीयुक्त कितावहरु प्रकाशित भएर पनि म जस्तै कतिपय सर्वसाधारणहरुको पहुँचमा नआएको हुनसक्छन्, जे होस् यसबारे जानकारहरु र विज्ञहरुबाट लेखकै रुपमै भएपनि समय समयमा सार्वजनिक रुपमा जानकारी गराउन सके सबैजनालाई आफ्नो खुल्दुली मेटाउन सजिलो पर्ने थियो र यसै आलेख मार्फत पनि अनुरोध गर्न चाहे कि त्यस्तो लेखहरु आगामी दिनहरुमा पेपर र अनलाईन मिडियामाहरु समेतमा पढ्न पाईयोस् ।

यो मुद्रा निष्कासन सम्वन्धी एउटा रमाईलो घटना पनि छ । जसलाई आधार बनाएरै यो आलेखको शिर्षक राख्ने प्रयास भएको छ । केही बर्ष पहिला एकदिन गाउँमा हामी साथीभाईहरु चियापसलमा चिया पिईरहेका थियौ र त्यहाँ अन्य गाउँका गन्यमान्य व्यक्तीहरु पनि चिया पिउँदै चियागफ गरिरहेका थिए । त्यहाँ सरकारले किन सही स्थानमा विकास गर्न चासो नदिएको होला, गाउँमा पर्याप्त बजेट किन नआएको होला भन्ने चर्चा परिचर्चा चलिरहेको थियो र त्यसै विचमा एकजना उमेरले ७५ काटिसकेका हजुरबा फ्याट्ट बोली हाले की यो काँग्रेसको सरकारले भटाभट पैसा छापेर किन विकास नगरेको होला हाम्रो एमाले पार्टी ९ महिना सरकारमा बस्दा भटाभट पैसा छापेर वृद्धा भत्ता दियो । खै यो सरकारले न त वृद्धाभत्ता बढाउन पैसा छाप्न सक्छ न त आजकलका यत्रा ठिटाहरु यसै हल्लिएर हिडेका छन् न त यी ठिटाहरुलाई काम दिएर भटाभट पैसा छापेर धेरै पैसा दिन सक्छ, नकचरो सरकार बरु फेरी हाम्रै एमाले सरकारमा गयो भने त भटाभट पैसा छापेर सबैलाई बाँड्ने पनि थियो, कोही कामका लागी भारत र अरव जान पनि पर्ने थिएन, साईलाको छोरो झै डिभी हो की टिभी भरेर पनि गाईको मासु खाने कुहिरेको देशमा जान पर्ने थिएन, बाटोघाटो बनाउन, खानेपानी घरघर ल्याउन, स्कुल-क्याम्पसको भवन बनाउन, कुलो खन्न पनि जति पैसा पनि सरकारले बाँड्न सक्ने थियो, आफ्नै गाउँ आफै बनाउ भनेर जतिचाहेको पैसा गाउँमा पठाउने थियो आदी इत्यादि भन्दै फतफताउन थाले र मेरो ध्यान ती कुराहरु सुन्न तिर मोडियो किनकी बर्षौ देखिको मेरो मनमा उठेका कुराहरुलाई कहिकतै उठाएझै गरि बोलिरहेको जस्तो लाग्दै थियो र वास्तवमा उनले आफुमा रहेको अनविज्ञतालाई ईमान्दार बनि हामी सामु राखिरहेका थिए की मानौ कहिकतै सरकार सम्म उनको विचार र भनाई पुग्छ की भनि ठानिरहेका थिए । तर उनलाई के कसरी बुझाउ यो सबै कुरा सरकारको कावुको कुरा हैन भनेर । सरकारले आफ्नो राजस्व संकलन देखि वैदेशिक अनुदान र ऋणको अनुमानको आधारमा बार्षिक खर्चको बाँडफाँड प्रस्तुत गरेर बजेट अनुमान तयार गर्छ भन्ने कुरा मैले बुझाउन सक्ने स्थिती थिएन र बुझाउन खोज्दा पनि पक्कै उनमा परेको छाप जुन किसिमको थियो की हरेक काममा सरकारले खर्च गर्दा प्रिन्टिंग प्रेसमा पैसा छाप्दै बाँडेर खर्च गर्छ भन्ने, त्यसलाई त्यसरी हैन भनेर बुझाउन सक्ने खुबी म मा थिएन ।

यसो त उनलाई यसरी मनपरी सरकारले पैसा छाप्न मिल्दैन, यसबारे आफ्नो नियम कानुन र तरिका हुन्छ भन्दा उनले तिमी जस्ता पढेलेखेका भनाउँदाको यस्तै सोचले देशले विकास गरेन, अमेरिका, बेलायतहरुले भटाभट पैसा छापेर विकास गरेर विश्वभरि आफ्नो रवाफ र हैकम पनि देखाएका छन् तिमीहरुलाई यतिपनि थाहाँ छैन भनेर उल्टो जवाफ दिए र यो विषयमा बढि कुरा गर्नु सान्दर्भिक लागेन । एक त यो विषयमा सामान्य ज्ञान भएकाले बुझाउने विषय पनि परेन अर्को आर्थिक विषयवस्तुमा खासै जानकारी नभएको व्यक्तीसँग नचाहिने बहस गर्न राम्रो पनि ठानिन र कुरा अगाडी बढाईन । तर पनि यो घटनाले झन् मनमा एक किसिमको हुण्डरी मच्चायो किनकी मैले त्यतिवेला मा.वि तह, ११ र १२ कक्षाहरुमा नयाँ पाठयक्रममा समेत आर्थिक एवं बैंकिंग विषयवस्तुका च्याप्टर र नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारका सम्बन्धमा लेखिएका कुराहरुमा पैसा छपाई सम्बन्धी प्रावधान र तौरतरिका, विद्यमान नियम- कानुन र प्रकृया सम्वन्धी कुराहरु स्पस्ट राखिएको पाईन । त्यस्तै पाठ्यक्रमहरुमा नेपाल राष्ट्रबैकको एेनहरुमा भएका नोट निष्कासन सम्बन्धी प्रावधान बारे समेत त्यतिसारो उल्लेख गरेको भेटिएन । तसर्थ यस्ता कुराहरु विद्यालय तहका पाठ्यसामाग्रीमा समेत स्पस्ट बुझ्ने गरि राख्नु आवस्यक छ देखिन्छ ।

विदेशी स्कुलहरुमा सानो kindergarten(KG) तहमा पढ्ने विद्यार्थीले समेत यो यो चिज खाँदा शरिरलाई यो यो तत्व मिल्छ र यो यो चिज खानु राम्रो हैन भनेर व्यवहारिक शिक्षा पाईसकेका हुन्छन्, ४/५ कलास पढ्दा विश्व ईतिहास र संस्कारको बारे जानकार भईसकेका हुन्छन्, ६/७ पढ्दै गर्दा देशको आर्थिक, बैंकिंग गतिविधीका बारे जानकार भईसकेका हुन्छन् तर हाम्रोमा सैदान्तिक ज्ञान बढि पढाईन्छ तर वास्तवमै दैनिक व्यवहारमा देखिने समसामयिक समस्या समाधान सम्बन्धी ज्ञान अझै व्यापकरुपमा पठनपाठनको पाठ्यक्रममा समावेश हुन सकेको पाईदैन । तसर्थ शैक्षिक पाठ्यक्रम निर्धारण र लागु गर्ने निकायले यस बारे पनि आवस्यक ध्यान पुराउन आवस्यक छ । त्यस्तै विद्यालयमा सानै कलास देखि व्यवहारिक शिक्षा र प्राक्टिकल ज्ञान बढि दिनु आवस्यक छ । पाठ्यक्रमका विभिन्न विषयवस्तु सँग सम्बन्धित कुरालाई व्यवहारिक तवरबाट प्रदर्शित गरेर देखाउने साथै त्यस्ता विषयवस्तुलाई स्पस्ट पार्न मद्दत पुग्नेगरि छोटो खाले शैक्षिक टुरमा विद्यार्थीलाई लैजाने गर्नु पर्छ । अझै शहरी क्षेत्रमा त एकदिनमै विद्यालयको दैनिक समयतालिकामा नै भ्याउने गरि त्यस्ता बिषयगत शैक्षिक प्राक्टिकल सिकाईलाई टेवा पुग्नेगरि “टुर” समय -समयमा आयोजना हुनसके विद्यार्थीहरुलाई विषयगतरुपमा सिकाई प्रभावकारी हुन सक्छ ।

बाल्टिमोर अमेरिका

प्रतिक्रिया