नेपाल अमेरिका पत्रकार संघ नेजाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७३ जेठ १२ गते २३:५६ मा प्रकाशित
मिति ०५–२५–२०१६
नेपाल अमेरिका पत्रकार संघ नेजाले  आगामी जुन ४ शनिवारका दिन न्युयोक क्षेत्रमा क्रियासिल पत्रकार र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम तय गरेको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाको वृहत्तर हितकालागि नयाँ कार्यसमितिले पत्रकारहरुकै राय, सुझाव र सल्लाह लिएर अगाडि वढ्न यो कार्यक्रम गर्न लागेको हो । संघका संस्थापक सदस्य, पुर्व अध्यक्ष र विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरु कार्यक्रममा सहभागि हनुहुनेछ । कार्यक्रममा संघका अध्यक्ष भोला आचार्य, उपध्यक्ष गुणराज लुइटेल, न्युयोर्क क्षेत्र संयोजक विष्णुहरी घिमिरे , सदस्य अनुज थापा लगायत कार्यसमिति सदस्यहरु उपस्थिति रहनुहुनेछ ।   नवनिर्वाचित कार्यसमितिले लसएन्जलसमा सिटी अफ आर्टएशियाका पदाधिकारीसँगको छलफल पछाडि न्यूयोर्कका पत्रकारसँगको अन्तरक्रियालाई दोस्रो कार्यक्रमको रुपमा अगाडि वढाएको हो । अमेरिका र क्यानडामा रहेका सवै पत्रकारलाई गोलवद्ध गर्ने एक मात्र संस्था नेजा भएका कारण विगतका राम्रा र नराम्रा पक्षको आपसमा समिक्षा गर्दै पेशगत साथै संस्थागत मर्यादा भित्र रहेर सवै सदस्यहरुको सक्रिय सहभागित वढाउदै लैजाने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।
स्थान– चौतारी रेष्टुरेन्ट, ज्याकसन हाइट
समय– ४ वजे
मिति– जुन ४ २०१६
तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ नेजा

प्रतिक्रिया