अमेरिकनलाई अग्ली भन्दा झन्डै बाघे झापु

इनेप्लिज २०७३ जेठ १० गते १:०८ मा प्रकाशित

bijay thapa

महिलाहरुको उचाई सामान्य भन्दा ज्यादा भयो भने अग्ली भन्ने गरिन्छ l अग्ली भनेको बिकाशे मूला झैँ हलक्क बढेकीलाई जनाउदछ l पुरुषलाई अग्लो भनिन्छ l

नेपाली महिलाहरु औसत भन्दा अग्ला छन् भने छक्क परेर एक पटक नजर लगाईन्छ l नेपाली महिलाहरुको उचाई औसतमा कम नै हुन्छ l जातै जम्दार भने झैँ नेपाली महिलाहरुको उचाई बिदेशी महिला संग दाज्दा होचा नै हुन्छन l तर सबैमा लागु हुदैन l

७ फिट उचाइ भएकी रुमेसा गेल्गीले गिनिज विश्व पुस्तकमा नाम लेखाएकी छिन् l नेपालमा सिरहा घर भएकी उर्मिला कुमारी चौधरी नेपाल कि सबै भन्दा अग्ली महिला बन्न पुगेकी छिन l उनको उचाई ७ फित २ इन्च छ ,तर उनको टाउकोमा ऐजेरु (ट्युमर) पलाएको कारण एक्कासि अग्ली भएकी हुन् l अंग्रेजीमा टल भन्ने गरिन्छ l तर अंग्रेजी बोलिने राष्ट्रमा अग्लि भन्दा झाको पनि झारिन्छ l

Untitled

महिला हल्लक बढेको देख्यो भने नेपाली समुदायले अग्ली शब्द प्रयोग गर्छन l तर बिदेशी महिलाको अगाडी अग्ली भनि दिनु भयो भने अर्थ को अनर्थ हुन जान्छ l

अंग्रेजीमा युजीएलवाई (अग्ली ,UGLY) अर्थ कुरुप ,नराम्री ,भद्धा ,डर लाग्दी ,भयङ्कर आदि भन्ने बुझिन्छ र यस्तो अर्थ लाग्दछ l

अमेरिका आएको बर्ष दिन नहुदै एक नेपाली समुदाय वाशिंगटन डिसीको अमेरिकी राष्ट्रपति भवन ,व्हाइट हाउस घुम्न जादा अग्ली अफ्रिकन अमेरिकन महिला देखे पछि उनकै शब्दमा ओहो ! कस्ती अग्ली भनेकी मात्र के थिइन् ? त्यी साच्चै कि अग्ली आईमाईले खाऊला झैँ गरि झन्डै बाघे झापु हानेकी l वरपरका मनिस आएर पंचायती समेत गर्नु पर्यो l यस्ता घटना कम घट्ने हुन्छ तर घट्यो l त्यी अग्ली महिलालाई सम्झाउनु पर्यो l

अमेरिकामा जे जस्तो रुप भए पनि सुन्दरी भन्ने चलन छ l नराम्रो भन्दा अस्वाभाविक ठानिन्छ l कसैलाई पनि कुरुप भन्ने चलन नै हुदैन l त्यस्तो भने मुद्धा पनि दायर हुन् सक्छ l अग्ली शब्द बिदेशी महिलाहरुको अगाडी प्रयोग नगर्दा नै उत्तम हुन्छ l नेपालीमा उचाई देखेर कस्ती अग्ली भनेता पनि उनीहरुले अंग्रेजीको अग्ली उच्चारण मात्र सुन्ने हुनाले कहिलेकाही साढे सातको दशा लागेको छ भने नभरेको बन्दुक पनि पड्कन्छ भने झैँ दशा आई लाग्द्छ l

केवल अग्ली भन्ने शब्द मुख बाट फुत्त निस्कदा अनायास तनावमा पर्न सक्छ l यस्तै शब्द प्रयोग गर्दा अनायास के के कुरा सुन्नु पर्छ l अग्ली शब्दले विवाद बनाएको यो शब्द बोल्दा होस् पुर्याउनु पर्ने हुन्छ l

FotoFlexer_Photo

                                                  वाउ ! कस्ती अग्ली …व्हाट ? UGLY …..

कैयौ यस्ता शब्द छन् जसको प्रयोगले अनावस्यक झन्झट निम्त्याउछ l अनुसन्धान तथा खोज गर्दै जादा यस्ता कैयौ शब्द भेटिन्छन जसले विवाद ल्याई दिन्छ l अहिलेको युगमा अग्ली शब्द संग जो कोहि पनि परिचित हुन्छ l तर अर्थको अनर्थ पनि हुने हुनाले साबधान हुनु नै बेश l नेपाली समुदायको संगतले अमेरिकामा काले भन्ने शब्द अफ्रिकन अमेरिकन (अस्वेत)ले पनि कतै कतै बुझ्ने भएकोले प्रयोग नगर्दा कुनै दुर्घटना बाट बचिन्छ l

अमेरिकामा अग्ली शब्द प्रयोग गर्दा विवाद घट्न पुगेकोले साबधान अपनाउदा नै बुद्धिमानी होला l अमेरिका आउने तरखरमा हुनु हुन्छ भने दायाँ ,बायाँ ,पुर्व ,पश्चिम ,उत्तर र दक्षिण हेरी अग्ली शब्द प्रयोग गर्नु भयो भने महिला संगको झगडा बाट बच्न सक्नु हुन्छ l र विवादमा आईदैन l

यस्ता शब्द प्रयोग गर्दा एक पटक घोत्लिएर बोल्दा नै उत्तम होला कि ?

प्रतिक्रिया