प्रेस-विज्ञप्ति नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार जाजरकोटका जनक के.सी.लाई

इनेप्लिज २०७३ जेठ ३ गते ११:५६ मा प्रकाशित

13219876_10156984992885694_668622560_n

नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले हरेक दुई वर्षमा नेपालमा प्रदान गर्दै आइरहेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष जाजरकोटका पत्रकार जनक केसीलाई दिने निर्णय गरेको छ ।
नेपाली रुपैयाँ एकलाख ११ हजार एकसय ११ राशिको पुरस्कारको लागि नाम छनौट गरी नेपाल पत्रकार महासंघका सभापति डाक्टर महेन्द्र विष्टको संयोजकत्वमा राष्ट्रिय समाचार समितिकी महा प्रवन्धक निर्मला आचार्य र नेजाका पूर्व सल्लाहकार प्रताप अधिकारी सदस्य रहेको तीन सदस्यीय समितिले कार्यसमितिमा सिफारिस गरेको थियो । पुरस्कार छनौट समितिबाट प्राप्त सिफारिसमा सल्लाहकार आङछिरिङ शेर्पाको संयोजकत्वमा गुणराज लुइँटेल र सुरेशचन्द्र पोखरेल सदस्य रहेको समितिले गरेको नामलाई कार्यसमितिले अनुमोदन गर्दै पाचौ अधिवेशनको समापन समारोहमा घोषणा गरिएको थियो ।
पुरस्कार विजेतालाई एक विशेष समारोहका बिच प्रदान गर्ने महॉसंघका सभापति डा वीष्टले जानकारी दीनुभयो ।

प्रतिक्रिया