आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १३:१२
वासिङटन डिसी 03:27

अपाङ्गता भएका व्यक्तिहरुका चुनौतीहरु

इनेप्लिज २०७३ वैशाख ३१ गते १३:३७ मा प्रकाशित

अपाङ्गता हुनु भनेको कुनै रोग नभएर यो एक अवस्था मात्र हो । तर हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई केही पनि गर्न नसक्ने एक दम कमजोर अर्थात बिरामीहरु हुन भन्ने नकरात्मक दृष्टिकोणले हेर्ने परम्परा छ । अपाङ्गता हुनु कसैको पनि रहर हुदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुषोण तथा आमालाई कुनै दीर्घ रोग भएमा, गर्वास्थामा आमा कुनै दुर्घटनामा परेमा बच्चा जन्मजात पनि अपाङ्गता हुने गर्दछ ।

अपाङ्गताकै कारण हाम्रो समाजमा अधिकांश व्यक्तिहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई हेला गर्ने, कुनै पनि सामाजिक वा पारिवारीक कार्यहरुमा सहभागि नगराउने, घरबाट बाहिर नै जान नदिने गरेको पाइन्छ । किनकी हाम्रो समाजमा परम्परा देखि नै अपाङ्गता भएका व्यक्तिहरु कमजोर हुन्छन् ।

उनीहरुलाई खान खान दिए मात्र पुग्दछ । काम गर्न सक्दैनन् । यस्ता व्यक्ति देखेमा समाजमा घृणा गर्दछन्, इज्जत जान्छ भन्ने नकारात्मक सोचको कारण घर परिवारले उनीहरुलाई बाहिर ल्याउदैनन् । जसको कारण उक्त अपाङ्गता भएको व्यक्तिले घर परिवारको माया पाउनुको साटो तिरस्कार र घृणा प्राप्त गर्दछ ।

अपाङ्गतालाई पूर्व जन्मको पापको रुपमा लिने गर्दाले पारिवारीक तथा बाह्य कार्यहरुमा समावेश गरिदैन । घर परिवारको बोझको रुपमा लिने गर्नाले कति पय अपाङ्गता भएका व्यक्तिहरुले सडकमा जिवन विताउन बाध्य हुन परेका धेरै उदारहणहरु हाम्रो सामु छन् ।
अन्य नागरिकहरु जस्तै अपाङ्गता भएका व्यक्तिहरु पनि यो देशका नागारिक हुन । उनीहरुको पनि मन, आत्मा इच्छा चाहनाहरु हुन्छन् । तर पनि हाम्रो समाजमा रहेका अधिकांश अपाङ्गता भएका व्यक्तिहरुले मानविय व्यावहार पाएका छैनन् । अन्य नागरिकहरुले जस्तो राज्यले प्रदान गरेका सेवा सुविधाहरुको उपभोग गर्नबाट बञ्चित भएका छन् । हाम्रो समाजमा शारीरिक, दृष्टिविहीन, बहिरा, बोलाई सम्बन्धी, बौद्धिक, अटिज्म, डाउन सिन्ड्रोम, मानसिक लगाएतका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । शारीरिक अपाङ्गतामा पनि ह्वलिचियर प्रयोगकताृ, अन्य सहयोगी सामग्री प्रयोगकर्ता, मेरदण्ड पक्षघात भएका अपाङ्गता भएका व्यक्तिहरुलाई प्राकृत भौतिक अवरोध रहेको छ भने मानव निर्मित भौतिक संरचना तथा वातावरणले पनि उत्तिकै असर गरेको हुन्छ । प्राकृत भौतिक अवरोधको काराण् अन्य नागरिक जस्तै भनेको स्थानमा उक्त अपाङ्गता भएको व्यक्ति एक्लै जान सक्दैन र आफ्ना आवश्यक कार्यहरु सम्पन्न गर्न सक्दैन भने मानव निर्मित भौतिक संरचना जस्तै विद्यलय वा क्याम्पसहरु मार्फत आफुले चाहे अनुसारको शिक्षा आर्जन गर्न कठिन छ । ह्वीलचियर तथा अन्य सहयोगी सामग्री प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई प्रवेश द्धारमा रहेका खुडकिला तथा सढिीहरले अवरोध गर्दछन् भने विभिन्न संघर्ष र कठिनाईका साथ अध्ययन गरेता पनि रोजगारी दिने निकायहरुले अपाङ्गता देख्ने वित्तिकै यो मान्छेले त के गर्न सक्दछ र यसलाई हाम्रो कार्यलय सम्म आउन सक्ने बाटो छैन र यस्तो अपाङ्गता भएको व्यक्तिले काम पनि गर्न सक्दैन भनेर रोजगारी सहभागी नै गराउदैनन् । त्यस्तै गरेर स्वास्थ्य सेवा लिने निकायहरुमा पनि बहिरा तथा बौद्धिक अपाङ्गता, अटिज्म वा डाउन सिन्ड्रोम भएका व्यक्तिहरुलाई त्यस्तै समस्या हुन्छ । हाम्रो समाजमा बहिरा व्यक्तिहरुले साङ्केतिक भाषा प्रयोग गरी सञ्चार गर्दछन् भन्ने ज्ञानको अभावमा बहिरा व्यक्तिहरुले हरेक क्षेत्रमा सञ्चारको सामना गर्न परेको हुन्छ । शिक्षा लिने क्रममा होस वा स्वास्थ्य सेवा लिने क्रममा होस उनीहरुले हरेक समयमा सञ्चारको समस्याको कारण चुनौती गर्न परेको हुन्छ । त्यसै गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सिकाई प्रक्रिया अलि ढिलो हुन्छ । यस्तो अवस्थामा त झनै कठिनाई हुन्छ । अति असक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको अवस्था त झनै दर्दानाक छ । कति पय ठाँउहरुमा यस्ता अपाङ्गता भएका व्यक्तिहरु एउटौ कोठा भित्र सिमित रहत बाध्य छन् र हरपल उनीहरलाई सहयोगीको आवश्यकता हुन्छ घरक परिवार विहान बेलुकाको छाक टार्नको लागि कमाई गर्न जानु पर्ने हुन्छ यस्तो अवस्थामा अति असक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरु दिशा पिसाबमा पुरिएर बस्न बाध्य हुन्छन् । पछिल्लो समयमा अपाङ्गता सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरुको पहलमा अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको लागि केही कार्यहरु भएता पनि विकट र ग्रामीण क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा पूर्ण रुपमा सकारात्मक परिर्वतन आउन सकेको छैन । शहरी क्षेत्रमा अपाङ्गताको बारेमा केही जनचेताा फैलिएता पनि ग्रामीण र दुर्गम ठाँउहरुमा अपाङ्गताको बारेमा पूर्ण रुपमा जानकारी भएको पाइदैन । जसको कारण उनीहरुले दोस्रो दर्जाको नागरिकको रुपमा जीवन बिताउन परेको छ । अपाङ्गता मैत्री भौतिक संरचनाको अभावको कारण चाहे अनुसारको शिक्षा, स्वास्थ्य, रोजगारी पाउन सकेका छैनन् । जसले गर्दा गरीबी पनि बढ्दो छ । अपाङ्गता भएका व्यक्तिहरु प्रति सामाजिक दृष्टिकोणमा पूर्ण रुपमा सकारात्मक परिर्वतन हुन नसक्दा पनि हरेक पाइलामा समस्याहरुको सामना गर्न परेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा नै पुनस्र्थापना गर्नको लागि, उनीहरुको हक अधिकार सुनिश्चित गर्नको लागि राज्यले विभिन्न समयमा विभिन्न नीति नियम तथा कानूनहरु ल्याएको छ । साथै अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको लागि, निःशुल्क शिक्षा, स्वास्थ्य रोजगारको लागि छुट तथा विभिन्न सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेता पनि ती सेवा सुविधाहरु अधिकांश अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पुग्न सकेको छैन । यस बारेमा अपाङ्गता सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरुले काम पनि गरि रहेका छन् जसको कारण अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाका लागि विभिन्न कामहरुको सुरुवात भएता पनि त्यो पूर्ण हुन नसक्दा अति असक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले समस्याको सामना गर्न परेको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका यस्ता विभिन्न समस्या तथा चुनौतीहरुको समाधानको लागि अपाङ्गता भएका व्यक्तिहरु, अपाङ्गता सम्बन्धी काम गर्ने विभिन्न संघ संस्था र सरोकारवाला निकायहरु लागि परेर अगाडि बढ्न जरुरी छ ।

प्रतिक्रिया