क्यानन केपीए विवाह फोटो अवार्ड २०१६ हुदैं

इनेप्लिज २०७३ वैशाख २८ गते १२:५७ मा प्रकाशित

Canon KPA Wedding Photo Award 2016

काठमाडौं काठमाडौं फोटोग्राफर संघले चौथो पटक Canon KPA Weadding Photo Award 2016 गर्ने भएको छ ।

आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अवार्डको बारेमा जानकारी दिएको छ । अवार्डमा प्रोफेशनल स्टुडियो फोटोग्राफर तथा स्वतन्त्र फोटोग्राफरहरुले भाग लिने पाउने आयोजकले जनाएको छ । अवार्डमा भाग लिन १०ह१२ र ८ह१२ साईजको फोटो आवश्यक पर्नेछ । फोटो सहितको फर्म यहि जेष्ठ १४ गते सम्म बुझाउनु पर्ने आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

अवार्डमा प्रथम, द्धितिय र तृतियलाई Canon EOS DSLR 70D Kit, Canon EOS DSLR 750D Kit, Canon EOS DSLR 1300D Kit क्यामरा पाउने छन् । साथै चौथो र पाँचौ फोटोलाई Canon Selphy Compact Printer दिइने आयोजक संस्थाले जनाएको छ । साथै संघको आधाकारिक फेसबुक पेजमा राखिएको फोटोमा सबै भन्दा बढि लाईक आउने फोटोलाई दर्शक छनोट विधामा अवार्ड दिइने छ ।

अवार्ड विजेताको घोषणा जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिने भएको छ । त्यसैगरी उत्कृष्ट सय फोटोलाई जेठ ३०, ३१ र ३२ गते तिन दिनसम्म नेपाल कला परिषद् बबरमहलमा प्रर्दशनीमा राखिनेछ । उक्त प्रदर्शनीमा फोटोग्राफी सम्बन्धी विभिन्न स्टलहरु प्नि राखिने काठमाडौं फोटोग्राफर संघले जनाएको छ ।

अवार्डको शिर्ष प्रायोजक क्यानन क्यामरा र फोटो कन्सर्न र फोटो व्वाइन्टले संयुक्त रुपमा मुख्य प्रायोजक रहेका छन् । प्रितिका क्यामरा सेन्टर तथा सोहेता नेपाल सहप्रायोजकका रुपमा रहेका छन् । अवार्डलाई सिबी फ्रेमिङ सेन्टर, क्यामराजोन, यू सफ्ट कम्प्युटर, फोटो हलिवुड, काठमाडौं डिजिटल एक्सप्रेस र जी.एस. माउन्टले सहयोग गरेको छ ।

यस अवार्डमा हिमालयन टेलिभिजन, शुक्रबार साप्ताहिक, रंगीनसंसार डट कम र मूलधार साप्ताहिक मिडिया पार्टरको रुपमा रहेका छन् ।

काठमाडौं फोटोग्राफर संघ गोंगबु, काठमाडौं डिजिटल फोटो एक्सप्रेस सामाखुसी, फोटो हलिवुड कमलादी, सुपर डिजिटल बानेश्वर कलर ल्याव बानेश्वर, फोटो कन्सर्न न्युरोड, फोटो व्वाईट न्युरोड, क्वीक डिजिटल कलर ल्याव भक्तपुर, डिजिटल वल्र्ड जावलाखेल, पोखरा फोटाग्राफर संघ पोखरा, चितवन फोटोग्राफी संघ नारायणगढ र लुम्बिनी फोटोग्राफर संघ बुटवलमा फोटो तथा फर्म बुझाउन सकिने आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारि दिनु भएको छ । संघले यस अघि तिन वटा प्रतियोगीता आयोजना गरिसेको छ ।

प्रतिक्रिया