अमेरिकामा स्पोर्ट्स क़ुइज र गल्फ टुर्नामेन्ट हुने

इनेप्लिज २०७३ वैशाख २५ गते १०:३१ मा प्रकाशित

nsi

नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनल को आयोजनामा आगामी केहि महिना भित्र केहि रोचक खेलकुद प्रतियोगिता ( गल्फ ) र हाई स्कूलका बिद्यार्थीहरूका लागि स्पोर्ट्स कुइज़ ( Sports Quiz) हुने भएको छ l

संस्थाको बार्षिक कार्यक्रम अनुसार ,आगामी जुन १२ तारिख २०१६ मा वाशिंगटन डिसी मेट्रो एरिया नजिकको आर्लिंगटन लाइब्रेरीमा हाइस्कूलका बिध्यार्थिहरूका लागि स्पोर्ट्स कुईज को आयोजना गरिएको छ l जसमा व्यक्तिगत रुपमा र समूहगत रूपमा पनि भाग लिन सकिने छ l यस प्रतियोगिता मा बिजयी हुने प्रथम , द्वितीय र तृतीय हुने टीम लाई नगद पुरस्कार र सहभागी सबै बिद्यार्थीहरूलाई प्रमाण – पत्र प्रदान गरिने छ l

यसै गरि, आगामी जुलाई ३० तारिख २०१६ मा, वाशिंटन डि सी मेट्रो एरिया नजिकै , लिटिल बेनेट गल्फ कोर्स , मेरिल्याण्डमा दोस्रो खुल्ला नेपाली एकता गल्फ टुर्नामेन्ट आयोजना हुन लागिरहेको छ l यस प्रतियोगितामा बिजयी हुने टीम हरूलाई ट्रफी र प्रमाण – पत्र र सहभागी सबै लाई प्रमाणपत्र प्रदान गरिने छ l

यसै गरि यहि मेमोरियल डे का अवसरमा नेपाल ब्लड डोनर्स अफ अमेरिका (BDA ) र सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस ( SANN )को संयुक्त आयोजनामा टेक्सासको ड़ालास मे २७, २०१६ मा हुने संयुक्त सम्मेलन मा नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनल ले मा आधा दिने गल्फ परिचयात्मक कार्यशाला गोष्टि ( driving range) को आयोजना गर्ने भएको छ l यस्मा भाग लिनका लागि संथा का पधाधिकारी तथा कार्यक्रमका संयोजकहरू सीता पाण्डे , मिलन राई ,केमिका भण्डारी , बिनय अर्याल , हरि पुडासैनी र प्रकाश नेपाल लाई सम्पर्क गर्न हुन अनुरॊध छ l

आयोजक

नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर्नेशनल

सीता पाण्डे – 646-702-4494
मिलन राई – 443-939-6064
केमिका भण्डारी -410-299-1299
बिनय अर्याल -703- 855- 8581
हरि पुडासैनी – 571 -215 -2422
प्रकाश नेपाल – 703 – 864 – 4141

प्रतिक्रिया